
२०८१ पौष ७ पोखरा
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकमा सुशासन कायम गर्न सञ्चार जगतलाई व्यवस्थित एवं मर्यादित बनाउनुपर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासंघ कास्कीमा नव नर्वाचित कार्यसमितिको शपथ ग्रहण तथा पदस्थापना कार्यक्रममा उनले राजनीतिक अस्तिरताले नीतिगत स्थायित्व नहुने र सरकारका कुनै पनि अंगले राम्रोसँग काम गर्न नसक्ने बताउदै आमसञ्चार विधेयक बन्ने प्रकियामा रहेकाले सरोकारवालासँग छलफल गरेरमात्र विधेयकलाई संसदमा पेश गरिने बताए ।


साथै नेपाली कांगे्रस कास्कीका सभापति किशोरदत्त बरालले पत्रकारको स्वाभिमान कमजोर हुँदा लोकतन्त्र कमजोर हुने बताउदै लोकतन्त्र बलियो बनाउन पत्रकार स्वाभिमानी हुनुपर्ने कुरामा जोड दिए ।
त्यसैगरि माओवादी केन्द्र कास्कीका इन्चार्ज विश्व प्रकाश लामिछानेले सुशासन र सामाजिक न्यायका लागि पत्रकारले कलम चलाउनुपर्ने बताए ।

नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष एवं गण्डकी प्रदेशका प्रेस रजिष्टार बिमला भण्डारीले आफ्नो कार्यकाल सफल बनाउन आफ्नो नेतृत्वको कार्यसमितिलाई धन्यवाद दिदै नँया कार्यसमितिलाई बधाई एवम सफल कार्यकालको शुभकामना दिइन ्।
त्यसैगरि पत्रकार महासंघ कास्की अध्यक्ष पदका प्रतिस्प्रधी तथा सल्लाहकार राजेन्द्र अधिकारीले वर्तमान कार्यसमितिको सहि निर्णयमा आफ्नो साथ र सर्मथन हुने तर गलत निर्णयमा खबरदारी गर्ने कुरा बताउदै आफु अंक गणितमा हारे पनि आफुले जितेको बताए ।
नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष माधव प्रसाद बरालले महासंघलाई सबै पत्रकारको साझा संस्था बनाइ गरिमा उच्च बनाउन प्रतिबद्घ रहने बताए ।
निवार्चन समितिका संयोजक पुण्य पौडेलको अध्यक्षतामा संचालित कार्यक्रममा निवार्चन समितिका सदस्य रवीन्द्र बास्तोलाले स्वागत गरेका थिए भने अधिवक्ता गोविन्द पौडेलले कार्यक्रम संचालन गरेका थिए ।




