पत्रकार महासङ्घको अध्यक्षमा शर्मा निर्वाचित

-


     केन्द्रीय आवाज    
     पौष १ गते २०८१ मा प्रकाशित


पौष १ गते पोखरा
नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा विजयी भएकी छन् । महासंघको केन्द्रीय निर्वाचन समितिले आइतबार अबेर सार्वजनिक गरेको मतपरिणामअनुसार शर्माले ४ हजार २ सय ८२ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी रमेश विष्टले ३ हजार २ सय ३ मत प्राप्त गरे । अध्यक्षका अर्का उम्मेदवार देवीप्रसाद सापकोटाले २ सय ७० र लालसिंह लामाले ९६ मत पाए ।
वरिष्ठ उपाध्यक्षमा दीपक आचार्यले ४ हजार २ सय ३० मत प्राप्त गरी निर्वाचित हुँदा निकतम प्रतिस्पर्धी रोशन पुरीले र्२ हजार २ सय ८६ मत प्राप्त गरे । उपाध्यक्ष महिलामा नितु पण्डितले ४ हजार ७ सय ५ मत प्राप्त गरी विजयी हुँदा गङ्गा पौडेल बरालले २ हजार ६ सय ४४ मत प्राप्त गरिन् ।
उपाध्यक्ष समावेशीमा उमिदप्रसाद बागचन्दले ४ हजार २ सय ९२ मत प्राप्त गरी विजयी भए । उनका निकतम प्रतिद्वन्द्वी सुभाषप्रसाद साहले २ हजार ८० मत प्राप्त गरे ।
महासचिवमा रामप्रसाद दाहालले ४ हजार ८४ मत प्राप्त गरी विजयी हुँदा निकतम प्रतिद्वन्द्वी लेखनाथ न्यौपानेले १ हजार ९ सय २९ मत प्राप्त गरे । सचिव खुलामा रमेश खतिवडाले ३ हजार ४ सय मत प्राप्त गरी जित निकाले । सचिव महिलामा सोनी शर्माले ४ हजार ३ सय ४७ मत प्राप्त गरी विजयी भइन् । त्यस्तै, सचिव आदिवासी जनजातिमा सविन प्रियासनले ३ हजार ५ सय ३५, सचिव मधेशीमा अशोककुमार तिवारीले ३ हजार ८ सय ५८ मत प्राप्त गरी विजयी हुनुभयो । सचिव दलिततर्फ प्रकाश धौलाकोटीले ४ हजार १ सय १०, सचिव एशोसिएटतर्फ बैकुण्ठराज पराजुलीले ३ हजार ६ सय ४५ मत प्राप्त गरी जित हासिल गरे ।

कोषाध्यक्षतर्फ रामकृष्ण अधिकारीले ३ हजार ८ सय ४७ मत प्राप्त गरी विजयी भए । कोशी प्रदेशतर्फबाट केन्द्रीय सदस्यमा कमल रिमालले ५ सय २७ मत र शङ्कर खरेलले ४ सय ४२ मत, मधेस प्रदेश सदस्यमा राजु विश्वकर्मा २ सय ९७ मत र राजेशकुमार कर्णले ३ सय ७६ मत प्राप्त गरी विजयी भए ।

बागमती (उपत्यका बाहेकका) केन्द्रीय सदस्यमा नवराज पथिकले तीन सय ६८ र नारायणप्रसाद अधिकारीले चार सय ५० मत प्राप्त गरी विजयी भए । गण्डकी प्रदेश सदस्यमा कृष्ण केसी तीन सय ३० मत, केवी रानाले तीन सय ८१ मत प्राप्त गरे भने लुम्बिनी प्रदेश सदस्यमा रामराज पोखरेलले पाँच सय ६० मत र विकास बन्जाडेले चार सय ७३ मत प्राप्त गरी विजयी भए ।

कर्णाली प्रदेश सदस्यमा तुलाराम पाण्डेले २ सय ८८ र नगेन्द्रप्रसाद उपाध्यायले ३ सय २१ मत प्राप्त गरी जित निकाले । सुदूरपश्चिम प्रदेश सदस्यमा योगेन्द्रबहादुर बलायरले ३ सय ९७ र सुरेश पन्तले ३ सय मत प्राप्त गरी विजयी भए । उपत्यका प्रदेश सदस्यमा अर्जुन पन्तले ४ सय ५९ र सूर्य सुवेदीले ६सय ६८ मत प्राप्त गरी विजयी भएका निर्वाचन समितिले जनाएको छ ।

प्रतिष्ठान प्रदेशतर्फ वीरेन्द्र ओलीले ४ सय र सविता शर्माले ४ सय ८७ मत प्राप्त गरी विजयी भए । संस्थागत प्रदेश (एशोसिएट) तर्फ पवित्रा मुडभरीले २ सय ९ र मनुका कुँवरले ३ सय १ मत प्राप्त गरी जित निकाले । खुला सदस्यमा छविलाल तिवारीले ३ हजार ४ सय ७०, भूपेन्द्र आचार्यले ३ हजार ५सय ८२, मुकुन्दप्रसाद भण्डारीले ३ हजार ७ सय २१, रामेश्वर कार्कीले ३ हजार ६सय ३० र लवदेव ढुङ्गानाले ३ हजार ८ सय ३० मत प्राप्त गरी निर्वाचित भए ।

मधेसी महिलातर्फ रुवीकुमारी रौनियारले ४ हजार १ सय ८५, आदिवासी जनजाति महिलातर्फ माला पालुङ्वाले ३ हजार ७ सय ३७ मत, खस आर्य महिलामा लिला शाह योगीले ३ हजार ८ सय १० मत प्राप्त गर्दा दलित महिलातर्फ भने यसअघि नै रीता बुढाथोकी निर्विरोध निर्वाचित भएकी थिइन् ।

दलित सदस्यमा सिकेन्द्र पासवानले ३ हजार ३ सय १६ मत प्राप्त गरी विजयी हुँदा दलित सदस्यमा सावित्री रसाइली (निर्विरोध) निर्वाचित भएकी थिइन् । आदिवासी जनजाति सदस्यमा भरत जर्घा मगरले ४ हजार ५० मत प्राप्त गरी विजयी भए भने आदिवासी महिला सदस्यमा देविका घर्ती मगर निर्विरोध निर्वाचित भएकी थिइन् ।

मधेसी सदस्यमा राजकरण महतोले ३ हजार ८ सय ९३, मधेसी सदस्य महिलामा ललिताकुमारी साहले ४ हजार ४ सय ९मत प्राप्त गरी निर्वाचित भए । अपाङ्गता भएका सदस्यमा भूपराज बस्यालले ३ हजार ५ सय ५७, अल्पसङ्ख्यक सदस्यमा लक्ष्मण थामीले ४ हजार ३ सय ७३ मत प्राप्त गरी विजयी भए ।

लेखा समिति संयोजकमा केवी लामिछानेले ४ हजार १ सय ९४ मत प्राप्त गरी निर्वाचित हुँदा सोही समितिको सदस्य खुलामा केशवप्रसाद बोहराले ४ हजार १ सय २५ र लेखा समिति सदस्य महिलामा रुक्मिणि पोखरेलले ४ हजार ८९ मत प्राप्त गरी जित निकाले । महासङ्घको निर्वाचन यही मंसिर २८ गते सम्पन्न भएको थियो ।