
१ पौष पोखरा
नेपालको ग्रामिण यात्रा गर्न रुचाएका भारत केरलाका ३० बर्षिय युवा दिल्लीबाट ५४ दिनको साईकल यात्रा गर्दै सोमबार पोखरा आईपुगेका छन । उनी केरलाबाट दिल्ली सम्म रेलको यात्रा गरी आएका थिए भने दिल्लीबाट उत्तरप्रदेश उत्तरागड हुदै नेपालको बनवासा महेन्द्रनगर दिपायल दैलेख,रुकुमकोट, बाग्लुड. हुदै ८ दिन भारतको यात्रा र ४६ दिनको नेपालको यात्रा पछि आफु पोखरा आईपुगेको मुस्फिरले बताए ।

मेकेनिकल ईन्जिनियर रहेका मुस्फिर सानो डेलिभरीको काम गर्ने गरेको बताउछन । आफु बढि मात्रामा अफरोडसाईकल यात्रा गर्न रुचाउने भएको र साईकल यात्राका ब्लगहरु समेत बनाएर हाल्ने गरेको बताउदै आफुले काम बाट बचाएको थोरैे रकम संकलनले नेपालमा सस्तोमा यात्रा गर्न सकिने सोचका कारण नेपाल आएको उनले बताए । साथै नेपालमा जतिपनि दिनहरु उनले बिताए सवै दिन निकै रमाईलो तरिकाले बिताएको र नेपालीहरुको आतिथ्यता प्रति आभारी रहेको समेत उनले बताए ।
आफ्नो कामाईबाट बचत गरेको दश हजार भारु लिएर नेपालको लागि साईकल यात्रामा निस्केका उनी आफुले खाने सुत्ने सवै सरसामान आफु संग नै साईकलमा लिएर हिडेको बताउछन ।
उनी आफु महंगो होटेलमा बस्ने नभई आफैले ल्याएको टेन्ट मेटेक्स र स्लीपीड.बेडमा रात बिताउदै आएको बताए । साथै खान पिनका लागि पनि आफुले सानो बुटेन ग्याँस र चुलो लिएर आएको बताउछन उनी । नेपालीहरुको दयालु पनका कारण र ग्रामीण भेगको यात्रा भएको हुंदा सुर्खेत देखि पोखरा सम्म आईपुग्दा १६ दिनमा आफ्नो जम्मा दुई हजार रुपैया मात्र खर्च भएको उनले बताए । सवै तिर बास बस्ने ठाउमा स्थानिय नेपाली दाजुभाईहरुले आतिथ्यताका साथमा सत्कार गरेको कारण आफुले पैसा खर्च गर्न नपरेको उनले बताए ।
जाडो मौसमका कारण साईकलमा लामो समय यात्रा हिडेका कारण उनको स्वास्थमा प्रतिकुलता देखिएपछि चिकित्सकले साईकल नचलाउने सल्लाह दिएपछि उनी साईकल पोखरा मै राखेर पोखरा देखि लिफ्ट माग्दै काठमाड.ौ पुगेका छन ।
पोखरा बाट पृथ्वी राजमार्ग हुदै काठमाड.डौ जाने र काठमाड.डौ बाट धुलिखेल हुदै नेपालको उत्तरी भेगको सडक प्रयोग गरेर ईलाम पुग्ने उनको योजना रहेको छ । ईलाम बाट दार्जलिड. जाने उनको योजना भएतापनि पोखरामा साईकल छोडेर गएका कारण उनी ईलाम बाट पोखरा आएर स्वदेश फिर्ता हुने बताए ।
पहाडी भेग को यात्रामा आफुलाई रुची भएका कारण यो यात्रा तय गरेको तर स्वास्थका कारण साईकल यात्रालाई निरन्तरता दिन नसकेको उनले बताए । बिना गाईड ,बिना साथी एक्लै गुगल म्यापको सहायताले उनी साईकल यात्रामा निस्केको उनले बताए । साथै आफुलाई यात्राका क्रममा कहिं कसैले पनि नकरात्मक तरिकाले नहेको सवै ले आफुलाई सहयोगीे मनले सहयोग गरेको स्मरण गर्दै नेपालीहरुको दयालु पन र महानता लाई आफुले कहिल्यै नभुल्ने उनी बताउछन ।





