समाचार

सूर्यदर्शन सहकारी बचत अपचलनस् प्रतिवादीहरूको थुनछेक बहस जारी

२०८१ पौष २४ पोखरापोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा जारी छ । उक्त मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा भइरहेको हो ।मङ्गलबार लामिछाने तर्फका कानुन व्यवसायीको बहस सकिएपछि अन्य प्रतिवादीहरूको बहस सुरु भएको अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए । सोमबार र मङ्गलबार लामिछाने पक्षका कानुन व्यवसायी वरिष्ठ अधिवक्ताहरू सुशीलकुमार पन्त, रमणकुमार श्रेष्ठ, सुरेन्द्र थापा लगायतले बहस गरेका थिए ।यसअघि… पुरा पढौ

महोत्सव भित्र कृषि मेला प्रर्दशनी, कृषकको पनि बन्यो महोत्सव

लेखनाथ, २४ पुस ।पुस १८ गतेदेखी कास्कीको लेखनाथमा जारी २० औं संस्करणको लेखनाथ महोत्सवमा कृषक र कृषि उत्पादनले राम्रो स्थान पाउन सफल भएको छ । महोत्सवमा कुल ३ सय ३६ स्टलहरुमध्ये कृषि उत्पादनका मात्रै २४ स्टलहरु रहेका छन । त्यतिमात्रै हैन महोत्सवमा बृहत कृषि मेला प्रर्दशनीको पनि व्यबस्था मिलाईएको छ । जहाँ पोखरा महानगरपालिका भित्रका ३३ वटै वडाका ७२ भन्दा वढि किसानहरुले विभिन्न किसिमका कृषि उपजहरु प्रर्दशनीमा राखेका छन ।पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखा र आयोजकको समन्वयमा राखिएको… पुरा पढौ

लेखनाथ महोत्सवमा हाजिरी जवाफ प्रतियोगिता

लेखनाथ, २१, पौष ।कास्कीको लेखनाथमा जारी २० औ संस्करणको लेखनाथ महोत्सवमा आमा तथा महिला समुह विच हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिएको छ ।प्रतियोगितामा सोधिने महिला हक, अधिकार, कानुनका र समसामयिक प्रश्नमा उनिहरुको जवाफले माहोल निकै रोचक बन्ने गरेको छ । कुनै बेला आउने अप्रत्यासित जवाफ र झटारो जवाफले कार्यक्रम झनै रोचक बनेको हो ।घरमा आफना बाबु नानीहरुको गृहकार्य सिकाउन ब्यस्त हुने आमाहरु अहिले महोत्सवमा आयोजित आमा तथा महिला समुहका विचको हाजिरी जवाफ प्रतियोगितामा सहभागि भएर साँझ विहान त्यसको तयारीमा समेत… पुरा पढौ

पोखरा फोटोग्राफर संघले नवनिर्वाचित कैलाशका पदाधिकारीलाई स्वागत सम्मान ग¥यो ।

पौष २१,पोखरापोखराको अग्रणि संस्था पोखरा फोटोग्राफर संघ पोखरा नेपालले फोटोग्राफरहरु द्धारा संचालित कैलाश वचत तथा ऋण सहकारी संस्थाका नवनिर्वाचित पदाधिकारीहरुलाई तथा संचालक समितिका सदस्यहरुलाई स्वागत तथा सम्मान कार्यक्रमको आयोजना ग¥यो ।सम्मान कार्यक्रममा नवनिर्वाचित कैलाश वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष संचालक समितिका सदस्यहरु तथा लेखासमितिलाई सम्मान पत्र तथा खादाले सम्मान गरेको हो । पोखरा ४ स्थित टुंडाको पाटनमा रहेको संस्थाको आफ्नै भवनमाका कार्यक्रम आयोजना गरिएको थियो ।पोखरा फोटोग्राफर संघका अध्यक्ष भक्त तामाङको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका संरक्षक गणेश छवि,पूर्व अध्यक्ष… पुरा पढौ

स्याङ्जाली दिदीबहिनी एकता समाजको तेस्रो वार्षिक साधारण सभासम्पन्न ।

पुष २१ ।स्याङ्जा घर वा माइत भैँ पोखरामा विभिन्न पेसा व्यवसाय तथा बसोबास गर्दै आएका महिला दिदी बहिनीहरू आबद्ध स्याङ्जाली दिदी बहिनी एकता समाजको तेस्रो वार्षिक साधारण सभा तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ ।साधारण सभाको उद्घाटन गर्दे पोखरा महानगरपालिका वडा नम्बर १७ का वडाध्यक्ष राधिका शाही योगीले महिलाहरूको नेतृत्व विकासको लागि यस्तो समाजले महत्त्वपूर्ण भूमिका खेल्ने बताईन । उद्यमी बन्न चाहने ३० जना महिलाहरूलाई वडाले तालिम प्रदान गर्न लागेको उनले बताईन । महिलाहरूलाई हरेक क्षेत्रमा नेतृत्व लिन आग्रह गर्दे… पुरा पढौ

लेखनाथ महोत्सवमा शनिबार दर्शकको भिड, १ करोडको कारोबार

लेखनाथ २०, पौष ।‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने नाराका साथ सुरु भएको २० औं संस्करणको लेखनाथ महोत्सवमा शनिबार दर्शकहरुको उत्साहजनक उपस्थीति रहेको थियो । शनिबार बिदाको दिन समेत परेकाले महोत्सवमा अवलोकन गर्ने दर्शकहरुको संख्यामा वृद्धि भएको हो ।महोत्सवको तेश्रो दिन शनिबार २५ हजार दर्शकहरुले अवलोकन गरेको र १ करोड बराबरको कारोबार भएको महासचिव एवं महोत्सव प्रचार प्रसार समितिकी संयोजक जानुका पराजुली अधिकारीले जानकारी दिईन ।महोत्सवमा शनिबार लोकदोहोरीतर्फ बालचन्द्र बराल, शान्तीश्री परियार, ध्रुव जिसी, तुलसा जिसी, नेत्र… पुरा पढौ

सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा सबै एक हौँ ः प्रचण्ड

पौष १९ गते काठमाडौंनेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा सबै एक भएर अघि बढ्नुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सरकारमा हुँदा पनि र बाहिर गएपछि पनि आफूले एउटै कुरा गरेको बताए । अध्यक्ष प्रचण्डले पछिल्लो कार्यकालमा भ्रष्टाचार र सामाजिक विभेदविरुद्ध तथा सुशासनको पक्षमा इमान्दारितापूर्वक देशलाई राहत दिने पक्षमा काम गरेको जिकिर गरे । उनले एकले अर्कोलाई दोषारोपण गरेर मात्रै हुँदैन भन्नेमा आफू सहमत रहेको बताए । “एकले अर्कोलाई… पुरा पढौ

लेखनाथ महोत्सवमा आर्कषणको केन्द्र बन्दै बुद्धको प्रतिमा

लेखनाथ, १९, पौष‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने नाराका साथ सुरु भएको २० औं संस्करणको लेखनाथ महोत्सवमा राखिएको बुद्धको प्रतिमा दर्शकहरुको आर्कषणको केन्द्र बनेको छ ।हरेक संस्करणमा केही न केही नयाँ प्रयोगको माध्यमबाट दर्शकहरुको ध्यान तान्न सफल महोत्सवले यसपटक भने विश्व शान्तिको कामनाका साथ महोत्सव परिसरमा भगवान गौतम बुद्धको आर्कषक प्रतिमा स्थापना गरेको हो ।महोत्सवमा स्थापना गरिएको उक्त प्रतिमाले बालबालिका देखि वृद्ध वृद्धाहरुसम्मको ध्यान खिच्न सफल भएको छ । प्रतिमामा सँगै फोटो खिचाउने देखि टिकटिक बनाउनेसम्मको भिड… पुरा पढौ

२० औं लेखनाथ महोत्सव सुरु

लेखनाथ, १८ पुस‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ गत बर्ष झै यस बर्ष पनि २० औं संस्करणको लेखनाथ महोत्सव आज देखि सुरु भएको छ ।लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन भएकोे महोत्सवको आज एक समारोहका विच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घघाटन गरे । उद्धघाटन पश्चात शुभकामना मन्तब्य राख्दै मुख्यमन्त्री पाण्डेल पोखरा र आसपासका क्षेत्रमा भईरहेका यस किसिमका महोत्सवहरुले आन्तरिक मात्र नभई बह्य पर्यटकहरु समेत पोखरामा भित्रयाउन सहयोग… पुरा पढौ

अमेरिकी पूर्वराष्ट्रपति कार्टरको निधनप्रति राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

२०८१ पौष १५,काठमाडौंराष्ट्रपति पौडेलले आज सामाजिक सञ्जाल एक्समार्फत कार्टरको निधनप्रति दुःख व्यक्त गर्दै शान्ति, मानव अधिकार र परोपकारमा कार्टरको योगदान विश्वका लागि प्रेरणा बनेको उल्लेख गरेका छन् । राष्ट्रपति पौडेलले उनको परिवार र अमेरिकी जनताप्रति समवेदनासमेत प्रकट गरेका छन् ।अमेरिकाका ३९औँ राष्ट्रपति कार्टरको १०० वर्षको उमेरमा आइतबार जर्जियाको सानो सहर प्लेन्समा रहेको आफ्नै घर होस्पिस केयरमा निधन भएको हो । उनकी श्रीमती रोजालिनको सन् २०२३ नोभेम्बरमा ९६ वर्षको उमेरमा निधन भएको थियो ।८० को दशकमा कूटनीतिक मिसनहरू सञ्चालन गरेका कार्टरले… पुरा पढौ