पोखरा फोटोग्राफर संघले नवनिर्वाचित कैलाशका पदाधिकारीलाई स्वागत सम्मान ग¥यो ।

-


     तुलसी राम सुवेदी    
     पौष २१ गते २०८१ मा प्रकाशित


पौष २१,पोखरा
पोखराको अग्रणि संस्था पोखरा फोटोग्राफर संघ पोखरा नेपालले फोटोग्राफरहरु द्धारा संचालित कैलाश वचत तथा ऋण सहकारी संस्थाका नवनिर्वाचित पदाधिकारीहरुलाई तथा संचालक समितिका सदस्यहरुलाई स्वागत तथा सम्मान कार्यक्रमको आयोजना ग¥यो ।
सम्मान कार्यक्रममा नवनिर्वाचित कैलाश वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष संचालक समितिका सदस्यहरु तथा लेखासमितिलाई सम्मान पत्र तथा खादाले सम्मान गरेको हो । पोखरा ४ स्थित टुंडाको पाटनमा रहेको संस्थाको आफ्नै भवनमाका कार्यक्रम आयोजना गरिएको थियो ।
पोखरा फोटोग्राफर संघका अध्यक्ष भक्त तामाङको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका संरक्षक गणेश छवि,पूर्व अध्यक्ष जयन्द्र राजभण्डारी, पूर्व अध्यक्ष तथा सल्लाहकार बलराम शर्मा पूर्व अध्यक्ष घनश्याम पौडेल, पूर्व अध्यक्ष तथा सल्लाहकार दुर्गा प्रसाद पौडेल पूर्व अध्यक्ष तथा सल्लाहकार रविनाथ दाहाल पूर्व अध्यक्ष तथा सल्लाहकार जनक राज तिवारी निवर्तमान अध्यक्ष रामचन्द्र पोख्रेलको उपस्थितिरहेको थियो ।
संरक्षक गणेश छविले पोखराका फोटोग्राफरहरु मिलेर खोलिएको कैलाश वचत तथा ऋण सहकारी संस्था र पोखरा फोटोग्राफर संघको बिच नङ र मासुको सम्वन्ध रहेको बताए ।
यसैगरी कैलाश वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खडानन्द अधिकारीले फोटोग्राफरहरुको हितमा सहकारीले काम गर्ने प्रतिवद्धता समेत जनाए ।
सहकारीका लेखा संयोजक विजय पहारीले आर्थिक रुपमा फोटोग्राफरहरुको हितमा काम गर्ने संस्था भएकोले यसको लेखा चुस्त र दुरुस्त राखिने कुरा जनाए ।
साथै कार्यक्रममा संस्थाका आजिवन सदस्य तथा पूर्व कोषाध्यक्ष नारायणहरि अधिकारी बैदेशीक रोजगारका लागि जापान जान लागेको अवसर पारेर सुखद यात्राको कामना सहित बिदाई गरिएको थियो ।
साथै बैदेशिक रोजगारीमा जान लागेका नारायणहरि अधिकारीले पोखरा फोटोग्राफर संघले संचालन गरेको फोटोग्राफर राहत कोषमा रु ५ हजार ५ सय पचपन्न रुपैया कोषाध्यक्ष अग्निधर तिमिल्सिनालाई हस्तान्तरण गरेका थिए ।
पोखरा फोटोग्राफर संघका अध्यक्ष भक्त तामाङको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष नन्दकला पौडेलले गरेकी थिइन भने कार्यक्रम संचालन संस्थाका सचिव लक्ष्मीपति पौडेलले गरेका थिए ।