समाचार

शनिबार लेखनाथ महोत्सवमा हालसम्मकै सर्वाधिक कारोबार,दर्शकको ओईरो ।

लेखनाथ, २७ पुस‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ पुष १८ गतेबाट लेखनाथमा शुरु भएको २० औं संस्करणको लेखनाथ महोत्सवमा शनिबार हालसम्मकै सर्वाधिक कारोबार भएको छ ।‘शनिबार बिदाको दिन समेत परेको र समापनको मिति पनि नजिकिदै गर्दा किनमेल गर्ने दर्शकहरुको संख्यामा पनि वृद्धि भएको हो, जसले गर्दा कारोबारमा पनि उल्लेख्य वृद्धि भएको छ’–महोत्सवका मुल संयोजक बिनोद श्रेष्ठले भने । महोत्सवमा हालसम्म पाँच करोड ८५ लाख वरावरको आर्थीक कारोबार भएको छ । महोत्सवको १० औं दिन… पुरा पढौ

पोखरा महोत्सवमा दर्शकको भीड, आइतबार प्रकाश दुतराज र उर्गेनको प्रस्तुती रहने

२७ पौष पोखरापोखराको अमरसिंह चौरमा जारी १३ औं पोखरा महोत्सवमा दर्शकको भीड लागेको छ । महोत्सवको तेश्रो दिन शनिवार महोत्सवमा दर्शकले उल्लेख्य सहभागीता जनाएका हुन । महोत्सवमा दर्शकको भीड संगै महोत्सवमा राखिएका स्टलमा समेत ब्यापार वढेको छ ।महोत्सवको तेश्रो दिन शनिवार लोक तथा दोहोरी गायक सम्झना लामिछानेको प्रस्तुतीमा दशकले भरपुर मनोरन्जन लिए । लामिछाने संगै लोक तथा दोहोरी गायक पुरुषोत्तम न्यौपाने, चोलेन्द्र पौडेल, तुलसा क्षेत्री, अमर धिताल, सविना गुरुङ, डिप्लप खाती, नविना सुवेदी नवु, सनम तामाङ लगायतको प्रस्तुतीमा दर्शकले भरपुर… पुरा पढौ

नेपाल रेडक्रस सोसाईटी पोखरा १० उपसाखाको साधारण सभा सम्पन्न ।

२७ पौष नेपाल रेडक्रस सोसाईटी पोखरा १० उपसाखाको साधारण सभा सम्पन्न भएको छ ।कार्यक्रमका प्रमुख अतिथी पोखरा महानगर पालिका वडा नं १० का वडा सदस्य परमेश्वर बहादुर कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।नेपाल रेडक्रस सोसाईटी पोखरा १० उपसाखाकी सभापती जीवन श्रेष्ठको सभापतित्वमा संचालन भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी पोखरा १० उपसाखालाई बिशेष योगदान पु¥याए बापत उपसाखाका बिशिष्ठ सदस्य तथा रामबजार यूके सोसाईटीका संस्थापक अध्यक्ष राम बहादुर गुरुड.लाई सम्मान समेत गरिएको थियो ।कार्यक्रममा उपसाखाका सचिव बिन प्रसाद गुरुड.ले उपसाखाको… पुरा पढौ

‘अपाङ्गता भएका व्यक्तिहरू समतामूलक समाजको हिस्सा हुन्’– प्रदेश प्रमुख भट्टनेत्रदान गर्ने प्रतिवद्धता

पोखरा, २६ पुस गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले अपाङ्गता भएका व्यक्तिहरू समाजका अभिसाप नभई समतामूलक समाजको हिस्सेदार रहेको बताउनुभएको छ । कास्की नेत्रहीन संघको आयोजनामा भएको सम्मान कार्यक्रममा प्रमुख अतिथि भट्टले मुलुकमा समग्र जनसंख्याको दुई प्रतिशत बढी अपाङ्गता भएका व्यक्तिहरू रहेको तथ्यांक रहेकाले अपाङ्गता भएका व्यक्तिभित्रको विविधताको सम्मान गर्दै नीति तथा योजना निर्माणमा उनीहरुको सार्थक सहभागिताको सुनिश्चितता गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । अपाङ्गता भएका व्यक्तिहरूले आत्मसम्मान र पहिचानसहित स्वतन्त्र रुपले हिँडडुल गर्न पाउने अधिकार रहेको उल्लेख गर्दै उहाँले उनीहरूलाई… पुरा पढौ

पोखरा महोत्सवमा युनाईटेड छात्राबासका लागि सहयोग आउने क्रम शुरु

२६ पौष पोखरा ।पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा युनाईटेड क्लबले पोखराको लेखनाथ स्थित अर्चलेमा निर्माण गरिने युनाईटेड छात्राबास निर्माणको सहयोगार्थ सहयोग आउन शुरु भएको छ । युनाईटेड क्लबको परियोजना युनाईटेड छात्राबास निर्माणका लागि ५१ हजार सहयोग प्राप्त भएको हो ।कास्की पोखरा १६ अर्मलाकोट पुरानो घर भइ हाल पोखरा १२ अन्नपूर्ण टोल निवासी स्वर्गीय छोेरा देव गुरुङको स्मृतिमा बाबा कमल बहादुर गुरुङ आमा रनसुबा गुरुङले युनाईटेड क्लब पोखराको परियोजना युनाईटेड छात्राबास निर्माण सहयोगार्थ ५१ हजार दान स्वरुप पोखरा महोत्सव आयोजक… पुरा पढौ

संगीत र पर्यटन विषयक गोष्ठी सम्पन्न,संगीतबिना पर्यटन अधुरो

पोखरा, २६ पुस राष्ट्रि«य संगीतकर्मी संघ गण्डकी प्रदेशको आयोजनामा संगीत र पर्यटन विषयक गोष्ठी सम्पन्न भएको छ । नेपालको पहिलो होम स्टे सिरुबारीमा शुक्रबार भएको उक्त गोष्ठीको उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले संगीतबिना पर्यटन अधुरो हुने बताए । उनले भने, ‘हामीले जानेको ज्ञान, विद्या अरुलाई बाँड्नुपर्छ । संगीतामार्फत पर्यटनको विकासमा अघि बढ्नुपर्छ ।’ संविधानसभा सदस्य समेत रहेका उनले गाउँ विकासका लागि सधैं दत्तचित्त रहेको बताउँदै बिदा उनेवित्तिकै सिरुबारी आउने गरेको उल्लेख गरे । संस्कृतिविद् प्राडा… पुरा पढौ

१३ औं पोखरा महोत्सव आजबाट शुरु

२५ पौष पोखरा१३ औं संस्करणको पोखरा महोत्सव शुरु भएको छ । युनाईटेड क्लबको आयोजनामा पोखराको अमरसिंह चौरमा शुरु भएको पोखरा महोत्सवको सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गरे । महोत्सवको उद्घाटन गर्दै मन्त्री गुरुङले पोखरा महोत्सवको आयोजना गरि युनाईटेड क्लबले गरेको सामाजिक कामको प्रसंशा गर्दै पोखरामा खुल्ला चिडियाखाना निर्माणको थालनी गरेको र उक्त कार्य सरकारले अपनत्व लिएको बताए । नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले पर्यटनको राजधानी घोषणा भइसकेको पोखरामा धेरैभन्दा धेरै पूर्वाधार बन्नुपर्नेमा जोड दिए… पुरा पढौ

सूर्यदर्शन सहकारी प्रकरण ः सात जनासँग दुई करोड १६ लाख रुपैयाँ धरौटी माग

२०८१ पौष २५पोेखराको सूर्यदर्शन सहकारीको रकम अपचलन, सम्पत्ति शुद्धीकरण, संगठित अपराध मुद्दामा जिल्ला अदालत कास्कीले सातै जनालाई धरौटीमा छाड्न आदेश दिएको छ। बिहीबार साँझ अदालतका न्यायाधीश नीतिज राईको इजलासले यस्तो आदेश दिएको छ ।जसमा सबैभन्दा धेरै पूर्वडीआइजी छविलाल जोशीसँग ८८ लाख रुपैयाँ धरौटी माग गरिएको छ । उनी गत असोज २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।उनलाई कास्की प्रहरीले हिरासतमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएकामा अदालतले बिहीबार धरौटीमा छाड्न आदेश दिएको हो ।यसैगरी अदालतले पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)… पुरा पढौ

काठमाडौंका कैदीबन्दीलाई नुवाकोट कारागारमा स्थानन्तरण गरिने कार्य जारी ।

पुस २४ काठमाडौं नुवाकोटमा सञ्चालनमा ल्याइएको केन्द्रीय कारागारमा कैदीबन्दी थप गर्ने क्रम जारी रहेको छ । दोस्रो चरणअन्तर्गतका भौतिक संरचना निर्माणको काम पूरा भएसँगै गत भदौ १५ देखि सञ्चालनमा ल्याइएको कारागारमा अहिले सात सय ५८ जना कैदीबन्दी राखिएको शाखा अधिकृत इन्द्रबहादुर खतिवडाले जानकारी दिए ।उनका अनुसार जिल्ला कारागार नुवाकोटका एक सय ४८ कैदीबन्दी स्थानन्तरण गरेर सञ्चालनमा ल्याइएको थियो । हाल यस आसपासका जिल्लाबाट कैदीबन्दी ल्याउने क्रम जारी छ । उनले भने, “अबको केही दिनमा पूर्ण क्षमतामा कैदी व्यवस्थापनका लागि आवश्यक… पुरा पढौ

भोलि देखि पोखरा महोत्सव सुरु ,सम्पुर्ण तयारी पूरा, टिकटक प्रतियोगिताको विजेताले ५० हजार रुपैया पाउने

पुस २४,पोखरा युनाईटेड क्लब पोखराको आयोजनामा भोलि पौष २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने १३ औं संस्करणको पोखरा महोत्सवको सम्पुर्ण तयारी पूरा भएको युनाईटेड क्लब पोखराले जनाएको छ ।शिक्षा, स्वास्थ्य, खेलकुद , पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षण संगै पोखरामा खुल्ला चिडियाखाना निर्माणमा पहलकदमी थाल्दै आएको युनाईटेड क्लब पोखराले १३ औं संस्करणको पोखरा महोत्सव देखि युनाईटेड छात्राबास निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने युनाईटेड क्लबका पोखराका महासचिव तथा प्रचार प्रसार संयोजक दिनेश सुनारले जनाए ।१३ औं… पुरा पढौ