समाचार

पोखरामा मौलिक नाटक ‘सपना डिलक्स कोच’ मञ्चनको तयारी

१ माघ पोखरा,पोखरामा नयाँ मौलिक नाटक ‘सपना डिलक्स कोच’ मञ्चन हुने भएको छ । यही माघ ११ गतेदेखि सपना डिलक्स कोचको मञ्चन सुरु हुने जनाइएको छ । यतिबेला नाटकको रिहर्सल पोखरा नदीपुर स्थित निर्माणाधीन हंसध्वनि नाटकघरमा भइरहेको छ । उक्त नाटकघर चर्चित कलाकार अनुप बरालको सक्रियतामा निर्माण भईरहेको छ ।नाटकको प्रदर्शकन इन्द्रेणी थिएटरले गर्ने थिएटरका अध्यक्ष केदारनाथ पौडेलले जानकारी दिए । उक्त नाटक ईन्द्रेणीको छैटौ प्रस्तुतीमा निर्माण हुन लागेको हो । नाटकको लेखन केदारनाथ पौडेलले नै गरेका हुन् । झण्डै… पुरा पढौ

पोखरा महोत्सवमा दर्शकको भीड, ज्योती मगरले तताईन स्टेज

२९ पौष पोखरापोखराको अमरसिंह चौरमा जारी १३ औं संस्करणको पोखरा महोत्सवमा दर्शकको भीड लागेको छ । महोत्सवमा दर्शकको भीड संगै महोत्सवमा राखिएको स्टलहरुमा समेत ब्यापार बढेको छ । महोत्सवमा राखिएको जाडो मौसमको कपडाको स्टल, घरायसी सामाग्रीको स्टल, ताजा तरकारीको स्टलमा दर्शकहरुको भीड लागेको हो ।महोत्सवमा सोमबार लोकदोहारी गायक ज्योती मगरको प्रस्तुतीमा दर्शकले भरपुर मनोरन्जन लिए । ज्योती मगर संगै सोमबार शंकर विरही गुरुङ, चोलेन्द्र पौडेल, माया गुरुङ, टेक क्षेत्री, कृष्ण सुवेदी, तुलसा जिसी, कमला गैरे लगायतको प्रस्तुती मार्फत दर्शकहरुले मनोरन्जन… पुरा पढौ

२० औं लेखनाथ महोत्सव १२ औं दिनमा लक्ष्य नजिक

२९ पुस लेखनाथ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ पुष १८ गतेबाट लेखनाथमा शुरु भएको २० औं संस्करणको लेखनाथ महोत्सव सञ्चालनको १२ औं दिनसम्म आईपुग्दा लक्ष्यनजिक पुगेको आयोजकले दावी गरेको छ ।महोत्सव अवधिभर २ लाख ५० हजार दर्शक र ९ करोड कारोेबार गर्ने लक्ष्य लिएको आयोजकले महोत्सव सकिन १ दिन बाँकी छँदासम्म २ लाख ४५ हजार दर्शक भित्राउन सफल भएको छ भने ७ करोड ९५ लाखको कारोबार गर्न सफल भएको छ । महोत्सवको सोमबार मात्रै… पुरा पढौ

प्रेस चौतारी कास्कीको नवौं अधिवेशन माघ २२ गते हुने ,स्थापना दिवसमा अन्तक्र्रिया, पत्रकार सम्मान र पुरस्कृत गरिँदै

२९ पौष पोखरा,प्रेस चौतारी कास्कीको नवौं अधिवेशन आगामी माघ २२ गते मंगलबार हुने भएको छ । संस्थाका कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारीको अध्यक्षतामा बसेको बैठकले प्रेस चौतारी नेपाल स्थापना दिवसका दिन माघ २२ गते अधिवेशनको मिति तय गरेको हो ।स्थापना दिवसका अवसरमा शुभकामना आदानप्रदानसहित अन्र्तक्रिया कार्यक्रम र प्रेस चौतारी पत्रकारिता सम्मान र पुरस्कार अर्पण पनि गरिने सचिव रञ्जन अधिकारीले जानकारी दिए ।साथै अधिवेशन सम्पन्नार्थ विभिन्न उपसमितिहरू पनि गठन गरिएको छ । प्रतिवेदन लेखन समितिमा कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारी, सचिव रञ्जन अधिकारी… पुरा पढौ

भूमि समस्या समाधान आयोग कास्कीमा बैनबहादुर गुरुङ नियुक्त

पौष २९ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आयोग कास्कीको अध्यक्षमा गुरुङलाई नियुक्त गरेका हुन् । मन्त्री अधिकारीले गुरुङसहित ७१ जिल्लामा भूमि आयोग गठन गरेका हुन् । मन्त्री अधिकारीले ७१ वटै जिल्ला अध्यक्षलाई सोमबार सपथग्रहण समेत गराए । मन्त्री अधिकारीले अहिले बनेको आयोग इतिहासकै अन्तिम आयोग हुने भन्दै यसले गर्ने काम भूमि व्यवस्थापनको इतिहासमा कोसेढुंगा साबित हुने दावी गरे । उनले सरकारले जतिसुकै विरोध सहेर पनि भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गरेरै छाड्ने… पुरा पढौ

दुतराजको दमदार प्रस्तुतीले रन्कियो पोखरा महोत्सव, सोमबार ज्योती मगर र डि फिरन्तेको प्रस्तुती रहने

२८ पोखरापोखराको अमरसिंह चौरमा जारी १३ औं संस्करणको पोखरा महोत्सवमा आइतबार प्रकाश दुतराजको प्रस्तुतीमा दर्शकले भरपुर मनोरन्जन लिएका छन । युवाहरुमाझ लोकप्रिय प्रकाशको प्रस्तुती मार्फत दर्शकहरुले भरपुर मनोरन्जन लिएका हुन । चोली मैलो भो भन्ने बोलको गीतबाट आफ्नो प्रस्तुती सुरु गरेका दुतराजले बैनी झ्यालैमा, घरकता हो बैनीको, जुन माया, लाहुर जाने रेलैमा, रिमै, रेशम लगायतका दर्जन बढी गीत प्रस्तुत गरे ।प्रकाशको प्रस्तुतीमा युवा देखि बृद्ध हरुले भरपुर मनोरन्जन लिए । आइतबार दुतराज संगै चोलेन्द्र पौडेल, कृष्ण अखेली, सीता परियार, जीवन… पुरा पढौ

हाइकर्स क्लब नेपालको प्रथम वार्षिक साधारण सभा सम्पन्न ः

पोखरा, २८ पुसहाइकर्स क्लब नेपालको प्रथम वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ ।सभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले स्वास्थ्य र पर्यटनका लागि हाइकिङ अभियानले लामो समयको अनुभव र निरन्तरता पछि सस्ंथागत रुप पाएकोमा खुसि व्यक्त गर्दै गाउँको पुराना पदमार्गलाई पर्यटन संग जोड्दै पर्यटन प्रवद्र्घनको दुतको रुपमा हाइकर्स क्लबको भूमिका महत्वपुर्ण हुने बताए ।कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले पर्यटकको बसाइ लम्व्याउनका लागि र पोखरामा आउने पर्यटकलाई गाँउठाँउको रहनसहन देखाउदै भुलाउनको लागि हाइकिङ उत्तम माध्यम… पुरा पढौ

पाँच महिनामा नेपाल भित्रियो ६ खर्ब ४० अर्ब रेमिट्यान्स

पौष २७ काठमाडौंनेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म पाँच महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण (रेमिट्यान्स) भित्रिएको जनाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार, समीक्षा अवधिमा विप्रेषण आप्रवाह चार दशमलव चार प्रतिशतले वृद्धि भएको हो ।चालू आर्थिक वर्षको पाँच महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४ दशमलव दुई प्रतिशतले बढेको थियो ।अमेरिकी डलरमा विप्रेषण आप्रवाह दुई दशमलव पाँच प्रतिशतले वृद्धि भई चार… पुरा पढौ

कोन सहकारी अध्यक्षमा सिग्देल

२७ पौष पोखरापोखरा १३ अवस्थित कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको २६ औं वार्षिक साधारण सभा नवौं निर्वाचनबाट माधवप्रसाद सिग्देल अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । उपाध्यक्षमा शान्त कुमार श्रेष्ठ निर्वाचित सचिवमा सुरेन्द्र प्रसाद सिग्देल, कोषाध्यक्षमा जय प्रसाद सापकोटा र सहसचिवमा केदार राज सिग्देल चयन भएका छन् ।सभाबाट सदस्यमा क्रमशः बजिरमान श्रेष्ठ, शारदा पराजुली, खड्क बहादुर गुरुङ र अम्बिका गुरुङ चयन भएका छन् । यसैगरी लेखा सुपरीवेक्षण समितिमा ज्ञानेन्द्र प्रसाद सिग्देल संयोजकमा चयन भएका छन् भने सदस्यमा इन्द्र प्रसाद… पुरा पढौ

शुक्लागण्डकी एफ.एम.को साधारणसभा एवम् अधिवेशनसन सम्पन्न अध्यक्षमा पौडेल सर्वसम्मत

२७ पौष तनहुंतनहुँ मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित शुक्लागण्डकी एफ.एम. ९७.६ मेगाहर्जको नवौं वार्षिक साधारणसभा एवम् छैटौं अधिवेशन सम्पन्न भयो ।तनहुंको शुक्लागण्डकी नगरपालिका – ९ स्थित सुरौदी दोभानमा शनिवार आयोजित कार्यक्रममा अध्यक्षमा शिव पौडेल सर्वसम्मत चयन भए त्यसै गरि उपाध्यक्षमा आनन्द सुन्दर श्रेष्ठ, सचिवमा टिकाराम श्रेष्ठ, कोषाध्यक्षमा राजेन्द्र पौडेल, सहसचिवमा विवेक वाग्ले रहेका छन् । सदस्यहरुमा तिर्थराज खनाल, विर्सना श्रेष्ठ प्रविण श्रेष्ठ, विपिन रिमाल चयन भए । लेखा समिति संयोजकमा मुक्ति प्रसाद शर्मा र सदस्यहरुमा कलमचन्द्र लम्साल र धर्मराज पोख्रेल (विनोद)… पुरा पढौ