समाचार

महोत्सवको ११ औं दिन, रचना रिमालले झुमाईन दर्शक ।

६ माघ,पोखरापोखराको अमरसिंह चौरमा जारी १३ औं संस्करणको पोखरा महोत्सवमा रचना रिमालको प्रस्तुतीमा पाखरेलीहरुले भरपुर मनोरन्जन लिएका छन । महोत्सवको ११ औं दिनमा रचना रिमालको सुगम संगीत प्रस्तुतीमा युवाहरु झुमेका हुन ।रचनाले उनको प्रीति, फोटो फिरिममा, मिनरल वाटर, चाहान्छु, तिमि त पोखरेली, ढुंगेधारा लगायत एक दर्जन बढी गीत प्रस्तुती मार्फत दर्शकहरुलाई नचाएकी थिईन । त्यसैगरी सांझको लाइभ कन्सर्ट तर्फ पूर्ण राई एण्ड दाजुभाईको प्रस्तुतीमा युवाहरु झुमेका थिए ।महोत्सव समापनको संघारमा आइपुग्दा महोत्सवमा दर्शकको चाप वढ्दै गएको छ । महोत्सवमा दर्शकको… पुरा पढौ

पोखरा महोत्सवमा दर्शकको भीड बढ्दै

५ माघ पोखरापोखराको अमरसिंह चौरमा जारी १३ औं संस्करणको पोखरा महोत्सवमा दर्शकको भीड बढेको छ । महोत्सवको दशौं दिन महोत्सव स्थल संगै दर्शकको भीड अमरसिंह चोक देखि महोत्सव स्थल सम्मको सडक भरिएको थियो । दर्शकको भीड लाग्दा महोत्सव आयोजकलाई समेत दर्शकलाई सम्हाल्न गाह्रो परेको थियो । शनिवार दिउसो मात्र नभई सांझको कन्सर्टमा समेत युवाहरुको बाक्लो उपस्थिती रहेको महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।शनिवार दर्शकको बाक्लो उपस्थिती संगै महोत्स्व स्थलमा राखिएको स्टलहरुमा समेत उल्लेख्य कारोबार भएको महोत्सवका अर्थ… पुरा पढौ

माछापुच्छ्रे सिधिङमा माघ ३० गते देखि खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने

५ माघ,कास्कीकास्की माछापुच्छ्रे« गाउँपालिका वडा न.–९ सिधिङमा सविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । सिधिङ युनाईटेडले क्लबको वार्षिक उत्सवको अवसर पारेर प्रतियोगिता आयोजना गरेको हो ।माछापुच्छ्रे« गाउँपालिका सामाजिक विकास समिति संयोजक एवं वडा न.९ का अध्यक्ष हरि ब. क्षेत्रिले प्रतियोगिताले समग्र माछापुच्छ्रे« गा.पाको खेलकुद क्षेत्रको विकास संगै कला, संस्कार र संकृतिको जगेर्ना गर्ने विश्वस ब्यक्त गरे ।माघ ३० गते देखि फागुन ३ गते सम्म चल्ने प्रतियोगितामा प्रथम हुनेले नगद रु ८५ हजार, द्धितियले नगद रु ५०… पुरा पढौ

मिस तामाङ पोखराको ट्यालेण्ट राउण्ड सकियो, माघ १२ मा ग्राण्ड फिनाले हुने

पोखरा, ५ माघमिस तामाङ पोखराको ट्यालेण्ट राउण्ड सम्पन्न भएको छ । बैदाम तामाङ सेवा समाजको आयोजनामा नवौं संस्करणको मिस तामाङ पोखरामा सहभागि प्रतियोगीहरुले बिभिन्न बिधामा आफ्नो प्रतिभा प्रस्फुटन गरेका थिए ।प्रतिभा प्रस्फुटन कार्यक्रममा आकृति तामाङले वुवाको बारेमा कविता , मञ्जिता पाख्रिनले आमाको बारेमा कविता प्रस्तुत गरेका थिए । प्रिन्सेस घिसिङ तामाङले कौरा नृत्य, पुर्णिमा थिंङ्ग तामाङले लिम्वु जातीले प्रयोग गर्ने सिलामसात्मा बुनेर देखाएका थिए ।यसैगरि अर्का प्रतियोगी सुनिता तामाङले आफुले उनीको धागोबाट तयार पारेका बिभिन्न हस्तकलाका सामाग्री प्रर्दशनी गर्नुका साथै… पुरा पढौ

गीताञ्जली साहित्य परिवारको २६५ औ साधना प्रभात सम्पन्न ।

माघ ५ गते ,पोखरापोखराको प्रतिष्ठित साहित्यीक संस्था गीताञ्जली साहित्य परिवार पोखराले २६५ औं साधना प्रभात एवम नियमित रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ ।पोखरा स्थित गितामन्दिर परिसरमा रहेको संस्थाको प्राड.गणमा प्रत्येक महिनाको पहिलो शनिवार नियमित रुपमा रचना वाचन तथा साधना प्रभात हुने गर्दछ ।पोखरेली साहित्यकारहरुको साहित्यीक जमघट हुने थलोका रुपमा गीताञ्जली साहित्य परिवार रहेको र प्रत्येक महिनाको पहिलो सनिवार नियमित रुपमा कार्यक्रम आयोजना गर्ने गरिएको हुंदा कार्यक्रममा बाल, नवोदित साहित्यकार देखि बरिष्ठ साहित्यकारहरुको समेत जमघट हुने गर्दछ ।कार्यक्रममा साहित्यकारहरुले देशको… पुरा पढौ

कागबेनी–छुसाङखण्ड कालोपत्र गर्न ५० करोड बजेटको स्रोत सुनिश्चित

माघ ४ म्याग्दी,भारत र चीन जोड्ने राष्ट्रिय गौरवअन्तर्गत कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको कागबेनी–छुसाङखण्ड कालोपत्रका लागि रु ५० करोड बजेटको स्रोत सुनिश्चित भएको छ ।भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले बारागुङ मुुक्तिक्षेत्र गाउँपालिका–५ कागबेनीदेखि वडा नं ३ छुुसाङखण्डको १० किलोमिटर कालोपत्र गर्न बहुुवर्षीय ठेक्का लगाउन रु ५० करोड बजेटको स्रोत सुनिश्चितता गरेको मुस्ताङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेश गौचन थकालीले बताए ।अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा १० किलोमिटरका लागि बहुुवर्षीय ठेक्का लगाउन बजेटको स्रोत सुनिश्चितता गरेको हो… पुरा पढौ

पोखरा महोत्सवका स्टलमा किनमेल गर्नेको भीड ।

४ माघ पोखरापोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा किनमेल गर्नेको भीड लागेको छ । गत पुष २५ देखि जारी १३ औं संस्करणको पोखरा महोत्सवको नवौं दिन सम्म आइपुग्दा दर्शकको भीड वढ्दै गएको आयोजक युनाईटेड क्लबका अध्यक्ष तथा महोत्सवका संयोजक लोक बहादुर थापाले बताए । थापाका अनुसार महोत्सव समापन तिर आइपुग्दा पोखरा महोत्सवमा दर्शकहरुको भीढ बढ्दै गएको र पोखरा महोत्सवलाई पोखरेली दर्शकहरु निकै मनपराई दिनु भएकोमा आफु निकै उत्साहित रहेको बताए ।महोत्सवमा दर्शकको उपस्थिती संगै महोत्सवमा राखिएको स्टलहरुमा समेत ब्यापार वढ्दै… पुरा पढौ

तेस्रो हिसान गण्डकी प्रदेश स्तरीय फुटसल प्रतियोगिताको कास्की छनौट माघ तेस्रो साता हुने

पोखरा, ४ माघ उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा हुने तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु फुटसल प्रतियोगिताको कास्की छनौट खेल माघ तेस्रो साता हुने भएको छ । गण्डकी प्रदेश स्तरीय प्रतियोगिताका लागि कास्की छनौट प्रतियोगिता माघ १६ देखी १९ गते सम्म हुने आयोजकले जनाएको छ । प्रतियोगितामा कास्कीबाट १२ टिम छनौट हुने छन् । प्रतियोगितामा हिसानमा आवद्ध विद्यालयहरुलाई सहभागीताका लागि हिसानले गण्डकीले अनुरोध गरेको छ । हिसान गण्डकीको सदस्य विद्यालय बिच हुने प्रतियोगितामा कक्षा ११ र १२… पुरा पढौ

पोखरा महोत्सवमा बद्रीले नचाए दर्शक

३ माघ पोखरासंधै वियोगान्त गित गाएर दर्शकलाई रुवाउने लोक तथा दोहोरी गायक बद्री पंगेनीले १३ औं संस्करणको पोखरा महोत्सवमा भने दर्शकलाई नचाएका छन । प्राय महोत्सवहरुमा आमा दिदीबहिनीहरुलाई लक्षित गरी प्रस्तुत हुने बद्री पंगेनीले पोखरा महोत्सवको आठौं दिन भने भिन्न शैलीमा आफ्नो प्रस्तुती राखे ।भान्छे चलेन बोलको गीतबाट आफ्नो प्रस्तुती सुरु गरेका पंगेनीले युवाहरु माझ लोकप्रिय बनेको चिना हेराउदा भन्ने गीत प्रस्तुत गर्दा दर्शहरु बद्री संगै झुमे । बद्रीले झ्याउरे, ससुराली लगायतका गीतहरु संगै दोहोरी समेत गाएका थिए ।महोत्सवमा बद्री… पुरा पढौ

शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक बनाईने ः प्रधानमन्त्री ओली

३ माघ, कास्की,प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक र उन्नत बनाईने बताएका छन् ।पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपति ओलीले मुलुकमा अनेक क्षेत्रमा परिवर्तन र प्रगति हासिल हुँदै गएकाले ऋषिमुनीहरुले भन्दै आएको सर्वे भवन्तु सुखिनः को आधुनिक रुप समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्यलाई ध्यानमा राखेर आफूहरुले काम गरिरहेको बताए । उनले व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्नेहरुलाई प्रतिष्ठानको स्थापना र पोखरामै रहेर जनशक्ति उत्पादन हुनु एक दृष्टान्त भएकाले पोखरामा १४ जना… पुरा पढौ