पोखरा महोत्सवका स्टलमा किनमेल गर्नेको भीड ।

-


     तुलसी राम सुवेदी    
     माघ ४ गते २०८१ मा प्रकाशित


४ माघ पोखरा
पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा किनमेल गर्नेको भीड लागेको छ । गत पुष २५ देखि जारी १३ औं संस्करणको पोखरा महोत्सवको नवौं दिन सम्म आइपुग्दा दर्शकको भीड वढ्दै गएको आयोजक युनाईटेड क्लबका अध्यक्ष तथा महोत्सवका संयोजक लोक बहादुर थापाले बताए ।


थापाका अनुसार महोत्सव समापन तिर आइपुग्दा पोखरा महोत्सवमा दर्शकहरुको भीढ बढ्दै गएको र पोखरा महोत्सवलाई पोखरेली दर्शकहरु निकै मनपराई दिनु भएकोमा आफु निकै उत्साहित रहेको बताए ।
महोत्सवमा दर्शकको उपस्थिती संगै महोत्सवमा राखिएको स्टलहरुमा समेत ब्यापार वढ्दै गएको महोत्सवका अर्थ तथा स्टल ब्यवस्थापन समिति संयोजक जयराम आचार्यले जानकारी दिए । आचार्यका अनुसार महोत्सवमा विशेष गरी घरायसी सामाग्री, कृषि र जाडो यामका लत्ता कपडा किन्नेको भीड लागेको छ ।
महोत्सवमा शुक्रबार चर्चित दोहोरी गायक श्याम राना मगरको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिए । श्याम राना संगै शुक्रबार महोत्सवमा प्रजापति पराजुली, चोलेन्द्र पौडेल, सरला पाण्डे, इब्सल सन्ज्याल, कृष्ण सुवेदी, तुलसा क्षेत्री, जगत गौडेल, मधु थापा मगरको लोक दोहोरी प्रस्तुतीमा दर्शकहरुले मनोरन्जन लिए ।
त्यसैगरी हाँस्य ब्यंग्य तर्फ पुर्खे बाको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिएभने सांझको लाईभ कन्सर्ट तर्फ रक हेड्सको प्रस्तुतीमा युवाहरुले भरपुर मनोरन्जन लिएका थिए ।
महोत्सवमा आयोजित विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगितामा बेसलाइन एकेडेमी फाइनलमा प्रवेश गरेको छ । बेसलाइन, अमरसिंह माबि, ज्ञानगंगा र पोखरा युनाईटेड एकेडेमी बिचको प्रतिस्पर्धामा बेसलाइन एकेडेमी फाइनलमा प्रवेश गरेको हो ।


महोत्सवको दशौं दिन लोकदोहोरी तर्फ शान्तारानी परियार, प्रजापति पराजुली, चालेन्द्र पौडेल, राजन कार्की, तुलसा क्षेत्री, शिवहरी ढुंगाना, माया गुरुङ, बत्ती थापा मगर लगायतको प्रस्तुती रहने महोत्सवका कलाकार ब्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए । तिमिल्सनाका अनुसार सांझको लाइभ कन्सर्टमा युवाहरु माझ चर्चित भीटेनको प्रस्तुती रहने छ ।