
माघ ५ गते ,पोखरा
पोखराको प्रतिष्ठित साहित्यीक संस्था गीताञ्जली साहित्य परिवार पोखराले २६५ औं साधना प्रभात एवम नियमित रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ ।
पोखरा स्थित गितामन्दिर परिसरमा रहेको संस्थाको प्राड.गणमा प्रत्येक महिनाको पहिलो शनिवार नियमित रुपमा रचना वाचन तथा साधना प्रभात हुने गर्दछ ।
पोखरेली साहित्यकारहरुको साहित्यीक जमघट हुने थलोका रुपमा गीताञ्जली साहित्य परिवार रहेको र प्रत्येक महिनाको पहिलो सनिवार नियमित रुपमा कार्यक्रम आयोजना गर्ने गरिएको हुंदा कार्यक्रममा बाल, नवोदित साहित्यकार देखि बरिष्ठ साहित्यकारहरुको समेत जमघट हुने गर्दछ ।
कार्यक्रममा साहित्यकारहरुले देशको बर्तमान राजनैतिक अवस्थाका बारेमा ब्यड.गात्मक रचनाहरु पस्केर कार्यक्रममा रौनकता थपेका थिए ।
कार्यक्रममा साहित्यकारहरु, लक्ष्मण थापा, धर्मराज पौडेल “अल्पायु”, शंकर ज्ञवाली, नरेन्द्र रानाभाट, ढुण्डीराज ज्ञवाली,बसन्त प्रसाद चालिसे, चन्द्रावती वाग्ले, तुलसी राम सुवेदी, गंगा प्रसाद सुवेदी , ऋषिकेश बराल, रुद्र बहादुर थापा ,लक्ष्मण गौतम,हेमन्त हितैषी,अल्पबिराम पोखरेली,तेज बहादुर गुरुड.,डिल्लीराम बि.क,तेज बहादुर गुरुड. साथै बालसाहित्यकारहरु प्रमिला सुनार लगायतका साहित्यकारहरुले आआफ्नो रचना बाचन गरे ।
साथै कार्यक्रमका प्रभात नायकका रुपमा संस्कृतिबिद्ध प्रा.डा कुशुमाकर न्यौपानेले साहित्यक कार्यक्रकोे सारको टिप्पणी गरेका थिए ।
संस्थाका बरिष्ठ उपाध्यक्ष धर्मराज पौडेल “अल्पायु” को अध्यक्षतामा संचालित कार्यक्रमको संचालन सचिव नरेन्द्र रानाभाटले गरेका थिए भने कार्यक्रमा स्वागत उपाध्यक्ष शंकर ज्ञवाली,ले गरेका थिए । कार्यक्रममा कास्कीका २० जना सहित्यकारहरुको जमघट रहेको थियो ।






