समाचार

टाइगर कप भलिबलः पहिलो खेलमा ट्राभल इन्क्वारीमाथि एपिएफको पुनरागमन जित

माघ १२ पोखराएनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा शसस्त्र प्रहरी बल (एपिएफ) ले ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्याण्डलाई पराजित गरेको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको पहिलो खेलमा एपिएफले ३–२ सेटले खेल आफ्नो पक्षमा पारेको हो ।पहिला दुई सेट गुमाएको एपिएफले उत्कृष्ट पुनरागमन गर्दै ३–२ सेटको जित निकाल्न सफल भयो । पहिलो सेटमा १२–७ को एपिएफको अग्रतालाई उल्टाउँदै ट्राभल इन्क्वारीले आफ्नो पक्षमा… पुरा पढौ

गण्डकी प्रदेशको स्थापना दिवस माघ २२ गते मनाइने ।

माघ १२ गते ,पोखरागण्डकी प्रदेशको स्थापना दिवस माघ २२ गते मनाइने भएको छ । यसअघि प्रदेश सभा र प्रदेश सरकारको स्थापना दिवस अलग अलग मनाइने गरिएको थियो भने यस पटक देखि एकै दिन मनाउन लागिएको हो ।२०७४ माघ २२ गते गण्डकीमा पहिलो संसद् बैठक बसेको भएकाले त्यसै दिनलाई प्रदेश सभाले आफ्नो स्थापना दिवसका रुपमा मनाउँदै आएको थियो भने २०७४ फागुन ४ गते संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सपथ लिएको दिनलाई प्रदेश स्थापना दिवसका रुपमा प्रदेश सरकारले स्थापना दिवस मनाउदै आएको थियो… पुरा पढौ

पोखराको टासी छयोलिङ गुम्वामा उष्णिसा विजया धारणी सूत्र तोङ्छ्योइ पुजा सम्पन्न ।

१२ माघ २०८१बिभिन्न चाड पर्वको अवसरमा विश्वशान्तिको कामना गर्दै बौद्ध धर्मालम्वीहरुले गरिने पुजा जस्तै पिर्तीहरुको आत्मा शान्तिको कामना साथै परिवारका सदस्यहरुको शुखशान्ति तथा भाग्य बृद्धिका लागि एक हजार सामाग्री द्धारा गरिने तोङ्छ्योइ पुजा पोखराको टासी छयोलिड. गुम्बामा सम्पन्न भयो ।पोखराको टासी छयोलिङ गुम्बामा ४ दिन सम्म आयोजना गरिएको यस तोङ्छ्योइ पुजा पर्वत भुका देउराली नमूना गाउं निवासी स्वर्गीय शुक बहादुर गुरुङ तथा स्वर्गीय डिल् कुमारी गुरुङको सम्झनामा उनकी छोरी हाल हङकङ निवासी नवोबुद्ध गुम्वा हङकङका संस्थापक पदम कुमारी गुरुङ साथै… पुरा पढौ

टाइगर कपको ट्रफि अनावरण, भोलि बिहान १० बजे पहिलो खेल

१ माघ,पोखराएनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको ट्रफि अनावरण गरिएको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भोलिदेखि हुने उक्त प्रतियोगिताको ट्रफि गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले अनावरण गरेका हुन् ।टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुन लागेको प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ । ट्रफि अनावरण गर्दै मन्त्री थापाले टाइगर ग्रुपले छोटो समयमा भलिबलको क्षेत्रमा उत्कृष्ट काम गरेको बताए । उनले खेलाडी उत्पादन र एक्स्पोजर गर्न यो प्रतियोगिताले महत्वपुर्ण भूमिका खेलेको… पुरा पढौ

मिस तामाङ पोखरा ग्राण्ड फिनाले शनिबार, तयारी पुरा

पोखरा, ११ माघ मिस तामाङ पोखराको ग्राण्ड फिनाले माघ १२ गत शनिबार हुँदैछ । बैदाम तामाङ सेवा समाजको आयोजनामा नवौं संस्करणको मिस तामाङ पोखराको सम्पुर्ण तयारी पुरा भएको छ । प्रतियोगिता पोखरा सभागृह हलमा मध्यान्ह १२ बजेबाट शुरु हुने आयोजक संस्थाका अध्यक्ष ज्याक तामाङले बताए । प्रतियोगितामा ११ जना तामाङ समुदायका युवतीहरुको सहभागिता रहेको छ । सहभागीहरुमा आकृति तामाङ, मञ्जिता पाख्रिन, प्रिन्सेस घिसिङ तामाङ, पुर्णिमा थिंङ्ग तामाङ, सुनिता तामाङ, शिशा लामा, सुप्रिया गोले तामाङ, पुर्णिमा लामा, सुमिना तामाङ, जमुना लामा… पुरा पढौ

आफ्नो जन्म दिनमा रक्तदान गरेर मनाउदै पोखराका यूवा ।

११ माघ,पोखराम मेरो जन्म दिन रक्तदान गरेर मनाउंछु भन्ने उद्धेश्य राखेर पोखराका यूवाहरुले आफ््नो जन्म दिनको अवसरमा रक्तदान गरि मनाउन थालेका छन ।“ रगतको प्रत्येक थोपामा जिवन बगेको हुन्छ, प्रत्येक स्वस्थ्य युवायुवतीहरुले आफ्नो १८ औं जन्मोत्सव संगै रक्तदानको शुभारम्भ गरौं ”भन्ने अभियानका साथमा नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीको आब्हानमा दैनिक जसो रक्तदान सम्पन्न हुदै आएको छ ।रगत र रक्त तत्वको अभावमा कसैले पनि मृत्यु वरण गर्न नपरोस भन्ने उदेश्यका साथमा नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीको आब्हानमा स्वस्र्फुत रुपमा भैपरि आउने… पुरा पढौ

खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा आस्था बिजयी ।

१० माघ पोखरा, खेलकुद पत्रकार मंच गण्डकीको अध्यक्षमा मानबहादुर मगर ( एमबी आस्था ) निर्वाचित भएका छन् । बिहिबार सम्पन्न तेस्रो अधिवेशन तथा छैटौँ साधारणसभाले एमबी आस्थाको नेतृत्वमा १३ सदस्यीय कार्य समिति चयन गरेको हो ।मञ्चको आज बिहीबार भएको निर्वाचनमा एमबी आस्थाले ३६ मत ल्याई निर्वाचित भएका हुन । उनका प्रतिस्पर्धी सुरज श्रेष्ठले २७ मत ल्याएका थिए । उपाध्यक्षमा राजाराम पौडेल र कोषाध्यक्षमा विमल तिवारी भने निर्विरोध चयन भएका थिए ।यसैगरी समावेशी उपाध्यक्षमा उमा आलेमगर निर्वाचित भइन् । उमाले ३६… पुरा पढौ

राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु

२०८१ माघ १०पोखरामा ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव २०८१ साथै १२ औं क्यान इन्फोटेक २०२५ तथा चौथो मोवाइल एक्सपो २०२५ आज देखि सुरु भएको छ । पोखरा उद्योग वाणिज्य संघ आयोजक रहेको मेलाको गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे ।समुद्घाटन मन्तव्य व्यक्त गर्दै गण्डकीका मुख्यमन्त्री पाण्डेले पोखरा उद्योग वाणिज्य संघले सातवटै प्रदेशको उत्पादन, कला–संस्कृति एवं खानाको प्रदर्शनको सुरुवात गरेकोमा खुसी व्यक्त गरे । उनले मधेशका मुख्यमन्त्रीलाई यही मेलामा स्वागत गर्न तयार रहेको पनि बताए ।… पुरा पढौ

जनता र विकासलाई केन्द्रमा राखेर काम गर्नुपर्छः राष्ट्रपति पौडेल

१० माघ काठमाडौंराष्ट्रपति रामचन्द्र पौडेलले संविधान र लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्डका रुपमा रहेका निकायले जनता र विकासलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताएका छन् । जिल्ला समन्वय समितिका प्रमुख एवम् उपप्रमुख र जिल्ला समन्वय समिति महासङ्घ नेपालका पदाधिकारीसँग राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटघाट कार्यक्रममा सो धारणा व्यक्त गरेका हुन् ।‘विभिन्न कठिनाइका बावजुद तीन तहका सरकार, निजी क्षेत्र, गैरसरकरी क्षेत्रको काममा जिल्ला समन्वय समितिका प्रमुख एवम् उपप्रमुखहरुले समन्वय र अनुगमन गर्ने जस्तो महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहेको बताउदै संविधान र लोकतान्त्रिक… पुरा पढौ

पश्मिना उद्योग नेपालको पहिचान ः उद्योगमन्त्री भण्डारी

१० माघ काठमाडौँउद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पश्मिना उद्योग नेपालको पहिचान भएको बताएका छन् । नेपाल पश्मिना उद्योग सङ्घको अन्तर्राट्रिय स्तरको पहिलो तीन दिने पश्मिना महोत्सव तथा प्रदर्शनीको उद्घाटन गर्दै उनले चीन र मंगोलियाजस्ता देशसँग प्रतिस्पर्धा गरेर नेपालको पश्मिनाले अन्तराष्ट्रिय स्तरमा पहिचान बनाएकाले पश्मिना नेपालको पहिचान भएको बताएका हुन् ।“नेपाली पश्मिनाको यति राम्रो बजार छ, सीप पनि छ, विश्व बजारमा चिनाइएको पनि छ, विश्व बजारभन्दा पहिला नेपालमा चिनाउन नसक्नु चिन्ताको विषय हो, युरोप, अमेरिका, जापानलगायत देशमा बजार बनाएको पश्मिनाको… पुरा पढौ