
११ माघ,पोखरा
म मेरो जन्म दिन रक्तदान गरेर मनाउंछु भन्ने उद्धेश्य राखेर पोखराका यूवाहरुले आफ््नो जन्म दिनको अवसरमा रक्तदान गरि मनाउन थालेका छन ।
“ रगतको प्रत्येक थोपामा जिवन बगेको हुन्छ, प्रत्येक स्वस्थ्य युवायुवतीहरुले आफ्नो १८ औं जन्मोत्सव संगै रक्तदानको शुभारम्भ गरौं ”भन्ने अभियानका साथमा नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीको आब्हानमा दैनिक जसो रक्तदान सम्पन्न हुदै आएको छ ।
रगत र रक्त तत्वको अभावमा कसैले पनि मृत्यु वरण गर्न नपरोस भन्ने उदेश्यका साथमा नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीको आब्हानमा स्वस्र्फुत रुपमा भैपरि आउने र दुर्लभ रगतलाई ब्यवस्थापन गरिदै आएको नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीका अध्यक्ष दिपेन्द्र अधिकारीले बताए ।



अधिकारीले आफ्नो जन्म दिनको अवसरमा सधै झै यस पटक पनि रक्तदान गरेर सवैका प्रेरणाका श्रोत बने ।
उनले आफ्नो ३७ जन्म दिनको अवसरमा ४२ औ पटक रक्तदान गरि आफ्नो जन्मदिन मनाएका हुन ।
रक्तदान नै जिवनदान भन्ने मुल उदेश्यले प्रादेशिक रक्त संचार सेवा पोखरामा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरिक्षक बिरेन्द्र घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम संचालन भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि घिमिरेले पहिलो रक्तदाता संस्थाका अध्यक्ष दिपेन्द्र अधिकारीलाई रक्त थैली हस्तान्तर गरि कार्यक्रमको शुभारम्भ गरेका थिए ।
साथै शुभकामना सम्बोधन गर्दै प्रमुख अतिथि घिमिरेले नेपाल स्वयंसेवी रक्तदाता समाज नेपालले पोखरामा मात्र नभई देशका ३८ शाखाबाट यसरी पुन्यको काम गरेको देख्दा आफु पनि प्रभावीत भएको बताउदै नेपाल स्वयंसेवी रक्तदाता समाजलाई धन्यवाद ब्यक्त गरे ।

साथै उनले अहिलेका यूवा पुस्तामा रक्तदान गर्नुपर्छ भन्ने धारणको बिकास हुनका लागि यस किसिमका गतिबिधीहरु प्रभावकारी हुने बताए ।
साथै कार्यक्रममा संस्थाका बरिष्ठ सल्लाहकार जितेन्द्रमान शाक्यले पनि ८७ औ पटक रक्तदान गरेका थिए ।
कार्यक्रमका बिशिष्ठ अतिथि पोखरा स्वाथ्य बिज्ञान प्रतिष्ठानका बरिष्ठ मृगौलारोग बिशेषज्ञ डा.अमृत केसी,पोखरा महानगरपालिका वडानं १५ का वडा सदस्य आशिष भण्डारी,
, नेपाल रेडक्रस सोसाईटी कास्की शाखाका सभापती डण्डराज शर्मा, प्रादेशिक रक्त संचार सेवा पोखराका प्रमुख अर्जुन ज्ञावली ,नेपाल औषधी तथा बिक्रि प्रतिनिधि संघ पोखरा ईकाईका अध्यक्ष गोपाल बस्नेत,रानीपौवा स्र्पोट सेन्टरका संचालक सुवास बस्नेत, गिताशान्तिमार्ग टोल बिकास संसथाका अध्यक्ष बिष्णु शर्मा तिमिल्सीना लगायत ले शुभकामना मनतब्य राखेका थिए ।
नेपाल स्वयंसेवी रक्तदाता समाजले ३६५ दिन नै दुर्लभ रगत देखि अत्यावश्यक रगतको प्रवन्ध मिलाउदै आएको छ । यो एक स्वयंसेवी संस्था हो जस्ले आपत बिपतका बेलामा समाजका हरेक समुदाय लाई सहयोग पुरयाउदै आएको छ ।
संस्थाका अध्यक्ष दिपेन्द्र अधिकारीको सभापतित्वमा आयोजित कार्यक्रममा संस्थाका कार्यसमिति सदस्य हिरामणि भुषालले कार्यक्रम संचालने गरेका थिए ।
रक्तदान कार्यक्रममा ३८ जना रक्तदाताहरुले रक्तदान गरेका थिए ।




