खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा आस्था बिजयी ।

-


     केन्द्रीय आवाज    
     माघ १० गते २०८१ मा प्रकाशित


१० माघ पोखरा,

खेलकुद पत्रकार मंच गण्डकीको अध्यक्षमा मानबहादुर मगर ( एमबी आस्था ) निर्वाचित भएका छन् । बिहिबार सम्पन्न तेस्रो अधिवेशन तथा छैटौँ साधारणसभाले एमबी आस्थाको नेतृत्वमा १३ सदस्यीय कार्य समिति चयन गरेको हो ।
मञ्चको आज बिहीबार भएको निर्वाचनमा एमबी आस्थाले ३६ मत ल्याई निर्वाचित भएका हुन । उनका प्रतिस्पर्धी सुरज श्रेष्ठले २७ मत ल्याएका थिए । उपाध्यक्षमा राजाराम पौडेल र कोषाध्यक्षमा विमल तिवारी भने निर्विरोध चयन भएका थिए ।
यसैगरी समावेशी उपाध्यक्षमा उमा आलेमगर निर्वाचित भइन् । उमाले ३६ मत पाउँदा उनका प्रतिस्पर्धी राधिका कँडेलले २७ मत प्राप्त गरेकी थिईन ।
त्यसै गरी महासचिवमा परशुराम शर्मा आचार्यले ३८ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी लक्ष्मी जिसी पल्पसाले २५ मत ल्याइन । सचिवमा राजु गिरी ४१ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी कविता घर्तीमगरले २३ मत पाइन् । अन्य सदस्यमा कृष्ण दवाडी, चेतबहादुर थापा (प्रवीण), बसबहादुर शेर्पा (बसन्त), रिखीराम जिसी, विजय नेपाली, गिता राना र बालकुमारी पौडेल (तारा) निर्विरोध चयन भए ।
अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भएपनि केही पदमा सहमति हुन नसकेपछि चुनाव गरिएको महासचिव राजाराम पौडेलले बताए । उनका अनुसार अध्यक्ष, महिला उपाध्यक्ष, महासचिव र सचिवमा निर्वाचन भएको र अन्य पदमा सहमति जुटेको थियो ।
कुल ७४ मतदातामध्ये निर्वाचन प्रक्रियामा ६४ जनाले भाग लिएका थिए । यसअघि अधिवेशनको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गरेका थिए ।