कोन सहकारी अध्यक्षमा सिग्देल

-


     केन्द्रीय आवाज    
     पौष २७ गते २०८१ मा प्रकाशित


२७ पौष पोखरा
पोखरा १३ अवस्थित कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको २६ औं वार्षिक साधारण सभा नवौं निर्वाचनबाट माधवप्रसाद सिग्देल अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । उपाध्यक्षमा शान्त कुमार श्रेष्ठ निर्वाचित सचिवमा सुरेन्द्र प्रसाद सिग्देल, कोषाध्यक्षमा जय प्रसाद सापकोटा र सहसचिवमा केदार राज सिग्देल चयन भएका छन् ।
सभाबाट सदस्यमा क्रमशः बजिरमान श्रेष्ठ, शारदा पराजुली, खड्क बहादुर गुरुङ र अम्बिका गुरुङ चयन भएका छन् । यसैगरी लेखा सुपरीवेक्षण समितिमा ज्ञानेन्द्र प्रसाद सिग्देल संयोजकमा चयन भएका छन् भने सदस्यमा इन्द्र प्रसाद भट्टराई र लक्ष्मी गुरुङ सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक तथा निर्वाचन अधिकृत दयाराम गौतमले जानकारी दिए ।
सहकारीका सचिव शान्त कुमार श्रेष्ठको सञ्चालनमा सुरु भएको साधारण सभाको उद्घाटन गर्दै सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशका रजिष्ट्रार भेषराज रिजालले नियम र कानुनको पालना गरे कुनै पनि सहकारी कमजोर नहुने धारणा व्यक्त गरेका थिए ।
सहकारीका अध्यक्ष तीर्थबहादुर बस्नेतको अध्यक्षतामा सुरु भएको सभामा सहकारीका मानार्थ संरक्षक शरदकान्त सिग्देलले स्थानीय स्तरमा हुने सहकार्य र एकतामा जोड दिँदै २५ वर्ष लामो इतिहासलाई जोगाउन सक्नु पर्ने बताए ।
साथै सभामा रजत स्मारिमा विमोचन समेत भएको थियो । उपाध्यक्ष माधवप्रसाद सिग्देलको स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा उत्कृष्ट सेयर सदस्य तारामती गुरुङ र विमला गुरुङलाई सम्मान गरिएको थियो ।
सभामा तीर्थबहादुर बस्नेतले अध्यक्षको, शान्तकुमार श्रेष्ठले सचिवको, जय प्रसाद सापकोटाले कोषाध्यक्षको र ज्ञानेन्द्र प्रसाद सिग्देलले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदन सर्वसम्मत पारित भएको थियो ।
कार्यक्रममा सहकारीको ७ सिद्धान्त शारदा पराजुलीले बाचन गरेकी थिइन् भने सेयर सदस्यका तर्फबाट किरण केसी र सत्यदेवी खनालले बोलेका थिए । सहकारीमा मंसिर मसान्त सम्ममा १८ करोड ९४ लाख १७ हजार ७ सय रुपैयाँ कुल सेयर पुजी रहेको छ भने तरलता ३१ प्रतिशत रहेको जनाईएको छ । सहकारीमा ३ हजार ७ सय ९८ जना सेयर सदस्य रहेका छन ।