
२७ पौष
नेपाल रेडक्रस सोसाईटी पोखरा १० उपसाखाको साधारण सभा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथी पोखरा महानगर पालिका वडा नं १० का वडा सदस्य परमेश्वर बहादुर कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
नेपाल रेडक्रस सोसाईटी पोखरा १० उपसाखाकी सभापती जीवन श्रेष्ठको सभापतित्वमा संचालन भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी पोखरा १० उपसाखालाई बिशेष योगदान पु¥याए बापत उपसाखाका बिशिष्ठ सदस्य तथा रामबजार यूके सोसाईटीका संस्थापक अध्यक्ष राम बहादुर गुरुड.लाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा उपसाखाका सचिव बिन प्रसाद गुरुड.ले उपसाखाको बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए भने उपसाखाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष नरहरी पनेरुले प्रस्तुत गरेका थिए ।

कार्यक्रमा उपसाखाकी उपसभापती पबित्रादेबी गुरुड.ले स्वागत मन्तब्य राखेकी थिईन भने रेडक्रसका सात सिद्धान्त उपसाखाकी कार्यसमति सदस्य निर्मला श्रेष्ठले बाचन गरेकी थिईन ।
उपशाखाको ईतिहांस देखि बर्तमान सम्मको समिक्षा सहित उपसाखाका गतिबिधीहरुका बारेमा उपशाखाका निर्वतमान सभापती सम्मर बहादुर श्रेष्ठले जानाकारी गराएका थिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पोखरा १० उपशाखाका नि बर्तमान सभापति सम्मर बहादुर श्रेष्ठ, सम्मानित ब्यक्ति रामबजार सोसाइटी युकेका सस्थापक अध्यक्ष राम बहादुर गुरुङ्ग, रामबजार सोसाइटी युकेका बरिष्ठ सल्लाहाकार महेश गुरुङ्ग, तमुधि युकेका सस्थापक अध्यक्ष तमु समाज युकेका ट्रस्ट एवं सल्लाहाकार सहयोगी सुवास सिं गुरुङ्ग, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका उप कोषाध्यक्ष रमेश राज भण्डारी,फेवा बचत तथा ऋण सहकारी सस्था जिरो कि मी का प्रमुख कार्यकारी अधिकृत हरिभक्त पौडेल,लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
साथै लैङ्गिक सामाजिक तथा समावेशिकरण उप समिति द्वारा उपशाखालाई रु ३ हजार सहयोग प्रदान गरिएको थियो ।
उपसाखा सभापति जीवन श्रेष्ठको सभापतित्वमा संचालन भएको कार्यक्रमको संचालन सचिव बिन प्रसाद गुरुड.ले गरेका थिए ।






