स्याङ्जाली दिदीबहिनी एकता समाजको तेस्रो वार्षिक साधारण सभासम्पन्न ।

-


     बिलक सुवेदी    
     पौष २१ गते २०८१ मा प्रकाशित


पुष २१ ।
स्याङ्जा घर वा माइत भैँ पोखरामा विभिन्न पेसा व्यवसाय तथा बसोबास गर्दै आएका महिला दिदी बहिनीहरू आबद्ध स्याङ्जाली दिदी बहिनी एकता समाजको तेस्रो वार्षिक साधारण सभा तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन गर्दे पोखरा महानगरपालिका वडा नम्बर १७ का वडाध्यक्ष राधिका शाही योगीले महिलाहरूको नेतृत्व विकासको लागि यस्तो समाजले महत्त्वपूर्ण भूमिका खेल्ने बताईन । उद्यमी बन्न चाहने ३० जना महिलाहरूलाई वडाले तालिम प्रदान गर्न लागेको उनले बताईन । महिलाहरूलाई हरेक क्षेत्रमा नेतृत्व लिन आग्रह गर्दे योगीले आगामी निर्वाचनमा पोखराका धेरै वडाहरूमा महिला अध्यक्ष आउनु पर्नेमा बताईन ।
पोखरा महानगरमा कार्यरत कपिल गिरीले स्याङ्जाली दिदी बहिनी एकता समाजलाई प्रपोजल लेखन देखि सबै दिदी बहिनी अट्ने विधान बनाउन सहयोग गर्ने बताए । साथै पोखरा टेलिभिजनका समाचार प्रमुख घनश्याम पाण्डेले समाजले एक आपसमा चिनजान सहित महिलाहरूको क्षमता अभिवृद्धिमा सहयोग पु¥याएको भन्दै मिडियाको तर्फबाट समाजले गरेका गतिबिधीहरुलाई प्रचार प्रसारमा सक्दो सहयोग गर्ने बताए ।
लोकदोहोरी गायीका एवं समाजकी सल्लाहकार सिता केसी लगायतले शुभकामना मन्तब्य राखेका थिए भने कार्यक्रममा सचिव सपना गिरीले सचिवको प्रगती प्रतिवेदन र कोषाध्यक्ष सन्तु पौडेलले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । ७ जना महिलाहरुबाट सुरु गरेको समाजमा अहिले १ सय ३५ सदस्य रहेका छन । साथै कार्यक्रममा २१ जना आजीवन सदस्यलाई प्रमाण पत्र वितरण समेत गरिएको थियो ।