
नेपाल पुलिस क्लब
माघ २२ पोखरा
मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको २४ औं संस्करणको खेल आज देखि पोखरा रंगशालामा सुरु भएको छ ।
“खेलकुदको विकासमा सहकार्य गर्रौ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने उद्देश्यका साथ संचालन गरिएको यस प्रतियोगितामा तिन विदेशी टिमहरु Thunderbolt North Unaited Club,Black Bull FC उज्बेकिस्तान ,ब्रिगेड ब्वाईज क्लब यूके, साथै आठ ए डिभिजनका क्लबहरु, त्रिभुवन आर्मी फुटबल क्लव , थ्री स्टार फुटबल क्लव , मछिन्द्र फुटबल क्लब, एनआरटी फुटबल क्लब , API Power चर्च फुटबल क्लब, संकटा फुटबल क्लब, नेपाल पुलिस फुटबल क्लब, एपिएफ फुटबल क्लव, र आयोजक सहारा क्लब पोखराको टिम गरि १२ टिमको सहभागीता रहेको छ ।


२४औं आहा रारा पोखरा गोल्डकपको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई १–० ले पराजित गर्दै नेपाल पुलिस क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ । पुलिसले अब सेमिफाइनल प्रवेशका लागि ब्रिगेड ब्वाइज क्लब युकेसँग २६ माघमा खेल्नेछ । प्रतियोगितामा भोली बुधबार एपीएफ एफसी र मछिन्द्र एफसीबीच खेल हुनेछ । पुलिसका लागि निर्णायक गोल गरेका उज्वल राई प्लेअर अफ दि म्याच बनेका छन् ।
“आत्मा साँक्षी राखि मन, वचन र कर्मले सामाजिक सेवा गरौं” भन्ने उद्देश्यका साथ वि. सं. २०५५ सालमा स्थापित यस सहारा क्लब पोखराले आयोजना गर्ने यस प्रतियोगितालाई पोखराको पर्यायको रुपमा लिने गरिन्छ । यस प्रतियोगितालाई पहिलो संस्करण देखि नै मुख्य प्रायोजकको रुपमा मोफसलको प्रतिष्ठित व्यापारीक प्रतिष्ठान हिमश्री फुड्स प्रा. लि. को उत्पादन रारा तयारी चाउचाउले गरेको छ ।


खेल संचालनका लागि कुल अनुमानित आम्दानी १ करोड ५१ लाख रुपैया रहेको छ भने कुल अनुमानित खर्च १ करोड ४२ लाख २० हजार रुपैयाँ गरि संचालन बचत रु. ८ लाख ८० हजार को बचतको लक्ष्य राखिएको आयोजक साहारा क्लवले जनाएको छ ।
यस संस्करणमा टिकट दर प्रि क्वाटर र क्वाटर फाइनल खेलमा रु १०० र भि.ई.पी.तर्फ रु २०० सेमीफाइनल खेलमा रु २०० र भि.ई.पी.तर्फ रु ४०० र फाइनल खेलको रु.३०० र भि.ई.पी.तर्फ रु.५०० कायम गरिएको जनाईएको छ ।
२४ वर्ष देखि निरन्तर सञ्चालनमा भएको यस प्रतियोगितामा वचत हुन आएको रकम क्लबबाट संचालित कठिन परिस्थिति एबं विपन्न वर्गका वालकहरु सम्मेलित सूर्य बहादुर के. सी. स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने जनाईएकोछ । विगत २०६१ साल देखि आवासिय रुपमा निःशुल्क स्वास्थ्य, शिक्षा दिक्षा लगायत फुटबल प्रशिक्षण समेत सहारा फुटबल एकेडेमी गण्डकी प्रदेश, पोखरा—१७, दोविल्लामा प्रदान गर्दै आईरहेको छ । हाल चौँथो व्याचको एकेडेमीमा १६ जिल्लाका ३० जना बालकहरु आश्रित छन । उक्त एकेडेमीको संञ्चालनको मुख्य श्रोत नै यस प्रतियोगिता रहेको आयोजकले जनाएका छन ।
खेल फागुन ३ गते सम्म सञ्चालन गरिने छ ।






