समाचार

नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

मंगलवार, जेठ १२ काठमाडौं प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपेली सङ्घ (इयू) तथा यसका सदस्य राष्ट्रका राजदूत तथा काठमाडौँस्थित अन्य मुलुकका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा प्रधानमन्त्री शाहले वर्तमान क्षणको अत्यावश्यकता र आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गरिरहेको बताए । प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार उक्त भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै… पुरा पढौ

पोखरा बसपार्क क्षेत्रका वास्तविक सुकुम्बासी पहिचान र व्यवस्थापनका लागि दुई समिति गठन

१२ जेठ २०८३, पोखरा पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित बसपार्क क्षेत्रभित्र बसोबास गर्दै आएका व्यक्तिहरूमध्ये वास्तविक सुकुम्बासी तथा भूमिहीन परिवारको पहिचान गर्न र उनीहरूको उचित व्यवस्थापनका लागि आवश्यक जग्गा खोजी गर्न दुईवटा छुट्टाछुट्टै समिति गठन गरेको छ। महानगर प्रमुख धनराज आचार्य का अनुसार, जेठ ८ गतेसम्म अद्यावधिक विवरण तथा लगत बुझाएका ५७२ जनामध्ये वास्तविक सुकुम्बासी तथा भूमिहीन परिवारको पहिचान गरी उनीहरूका लागि उपयुक्त जग्गा व्यवस्थापन गर्ने उद्देश्यले यी समितिहरू गठन गरिएका हुन्। गठित दुवै समितिलाई आजबाट लागू हुने गरी १० कार्यदिनभित्र तथ्यगत… पुरा पढौ

नेपाल पत्रकार महासंघ कास्कीको १८औँ साधारण सभा सम्पन्न ,सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट लालप्रसाद शर्मा सम्मानित

पोखरा, ९ जेठ । नेपाल पत्रकार महासंघ कास्की शाखाको १८औँ साधारण सभा शनिबार पोखरामा गरिमामय वातावरणमा सम्पन्न भएको छ। साधारण सभासँगै आयोजित ‘गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार’ वितरण समारोहले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको थियो। कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका कृषि, भूमि तथा सहकारी व्यवस्था मन्त्री भीम कार्कीले मोफसलमा रहेर पत्रकारिता गर्ने सञ्चारकर्मीहरूको योगदानको उच्च प्रशंसा गर्दै उनीहरूको पेशागत सुदृढीकरणमा सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे। उनले राष्ट्रिय सञ्चारमाध्यममा मोफसलका पत्रकारहरूको पर्याप्त प्रतिनिधित्व र मूल्यांकन हुन नसकेको यथार्थ औंल्याउँदै पत्रकारमैत्री… पुरा पढौ

एक महिनाभित्र सम्पत्ति विवरण बुझाउनू सार्वजनिक पदाधिकारीलाई अल्टिमेटम

बिहिवार, बैशाख ३१ २०८३ काठमाडौँ सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदाधिकारीहरूलाई एक महिनाभित्र सम्पत्ति विवरण बुझाउन सूचना जारी गरेको छ । आयोगले सूचना जारी गरेर एक महिनाभित्र सम्पत्ति विवरण बुझाउन आग्रह गरेको हो । आफ्नो र परिवारका सदस्यहरूको स्वदेश तथा विदेशमा रहेको सम्पत्ति विवरण बुझाउन आयोगले भनेको छ । वि. सं. २०६२ सालयताका सार्वजनिक पदाधिकारीहरूले सम्पत्ति विवरण बुझाउनुपर्ने सूचनामा उल्लेख छ । यसैबीच, आयोगले सार्वजनिक पदाधिकारीहरूले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको भेटेमा उजुरी दिनसमेत आम सर्वसाधारणसँग आग्रह गरेको छ । sampati.jpg पुरा पढौ

१० औं पोखरा स्पोर्ट्स अवार्ड ः टिकाबहादुर बोगटीलाई लाइफ टाइफ एचिभ्मेन्ट अवार्ड

पोखरा, ३१ वैशाख । ‘दशौं पोखरा स्पोर्टस् अवार्ड २०८२’ अन्तरगत टाइफ एचिभ्मेन्ट अवार्डबबाट एथ्लेटिक्सका खेलाडी टिकाबहादुर बोगटी सम्मानित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बिहीबार पोखरामा भएको कार्यक्रममा बोगटीलाई उक्त अवार्डबाट सम्मान गरिएको हो । उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, रुपकोट सुनचाँदी पसलका सञ्चालक रशरथ सुनार, मञ्चका अध्यक्ष एमबी आस्थामगर, मञ्चका सल्लाहकार सुरज श्रेष्ठले लाइफ टाइम एचिभ्मेन्ट अवार्डबाट सम्मान गरेका थिए । वि.सं. २०१९ सालमा गोरखाको ताप्ले गाउँमा जन्मिएका बोगटीले एथ्लेटिक्सको… पुरा पढौ

कास्कीमा प्रहरीको स्विप अपरेसन जारी, सोमबार साँझ २३ जना पक्राउ

३० बैशाख पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की एबम पोखराको बगरस्थित वडा प्रहरी कार्यालयको टोलीले सोमबार साँझ ६ बजेदेखि राति १० बजेसम्म संचालन गरेको स्विप अपरेसनका क्रममा पोखराको बिभिन्न स्थानबाट २२ जनालाई पक्राउ गरेको जनाएको छ । विभिन्न स्थानहरुमा मादक पदार्थ एबम लागू पदार्थ सेवन गरी हो–हल्ला गर्ने, झैझगडा गर्दै हिड्ने, जुवातास खेल्ने खेलाउने तथा शान्ति सुरक्षामा खलल पु¥याउने गतिविधि बढेको भन्दै प्रहरी टोलीले ‘स्वीप अप्रेसन’ लाई निरन्तरता दिएको छ । यस क्रममा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, लागू औषध… पुरा पढौ

तीर्थ कूटनीतिमा सरकारको जोड: पशुपतिनाथदेखि मुक्तिनाथसम्म पर्यटन प्रवर्द्धन गरिने

काठमाडौँ, बैशाख २९ सरकारले आध्यात्मिक तीर्थ कूटनीतिमार्फत नेपालका प्रमुख धार्मिक क्षेत्रहरूको अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्ने नीति अघि सारेको छ। रामचन्द्र पौडेल ले सोमबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पशुपतिनाथ मन्दिर, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ मन्दिर लगायतका प्रमुख धार्मिक गन्तव्यहरूको पर्यटन प्रवर्द्धन गरिने उल्लेख गरिएको छ। नीति तथा कार्यक्रममा नेपाललाई धार्मिक, सांस्कृतिक, आरोग्य, अध्ययन, चलचित्र, आध्यात्मिक तथा अवकाश पर्यटनको उदाउँदो गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। स्थानीय स्तरमा पर्यटनको लाभ पुर्‍याउन समुदायमा आधारित घरबास… पुरा पढौ

एआई र मल्टिमिडिया तालिम सम्पन्न ः “सीप र ज्ञानको धार बढाउन अपरिहार्य” — माधव शर्मा

पोखरा, बैशाख २९ पत्रकारितामा मल्टिमिडिया र एआई सम्बन्धी ३ दिने तालिम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ कास्की को सभाहल मा २०८३ साल बैशाख २७ गतेदेखि २९ गतेसम्म बिहान ११ बजेदेखि उक्त तालिम संचालन भएको थियो । पोखरा महानगरपालिकाको सहयोगमा भएको तालिमको प्राविधिक सहयोगीमा नेपाल खोजमूलक मल्टिमिडिया पत्रकारिता सञ्जाल (निमजिन) रहेको थियो । तालिम को पहिलो दिनमा प्राध्यापक ई.सन्तोष पन्थले सहजीकरण गर्नुभएको थियो भने तालिम को दोस्रो र तेस्रो दिन मा निमजिनका संस्थापक तथा तालिमका प्रमुख प्रशिक्षक रजनिश भण्डारी… पुरा पढौ

कोशीको मुख्यमन्त्रीका लागि सुदन किराँतीको नाम अघि सार्दै हर्क साम्पाङद्वारा सार्वजनिक राय माग

आइतवार, बैशाख २७ २०८३,काठमाडौँ श्रम संस्कृति पार्टीले कोशी प्रदेशको भावी मुख्यमन्त्रीका रूपमा सुदन किराँतीलाई प्रस्तुत गर्ने संकेत दिएको छ । पार्टी अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत किराँतीलाई मुख्यमन्त्रीको जिम्मेवारी दिनेबारे सार्वजनिक रूपमा राय मागेका हुन् । केही दिनअघि मात्रै पार्टीमा औपचारिक रूपमा आबद्ध भएका किराँतीलाई अध्यक्ष साम्पाङले प्रदेश नेतृत्वका सम्भावित उम्मेदवारका रूपमा अघि सारेका छन् । उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै कोशी प्रदेशको नेतृत्वमा किराँतीलाई अघि बढाउने विषयमा जनमत मागेका हुन् । साम्पाङले आफ्नो पोस्टमा श्रम संस्कृति पार्टीका तर्फबाट सुदन… पुरा पढौ

समयानुकूल पत्रकारिता ः पोखरामा एआई र मल्टिमिडिया तालिम सुरु !

२७ बैशाख पोखरा नेपाल पत्रकार महासंघ कास्की को आयोजनामा पत्रकारितामा मल्टिमिडिया तथा एआई (कृत्रिम बुद्धिमत्ता) सम्बन्धी तालिम आईतबार देखि पोखरामा सुरु भएको छ । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रशासनिक प्रमुख मुक्तीराम अर्याल ले प्रविधिको तीव्र विकाससँगै पत्रकारितामा मल्टिमिडिया र एआईको प्रयोग अपरिहार्य बन्दै गएको बताउनुभयो । उहाँले यस्ता तालिमहरूले पत्रकारहरूलाई समयअनुकूल दक्ष, प्रतिस्पर्धी र प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । तालिममा प्रशिक्षकका रूपमा पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस , लामाचौर का प्राध्यापक, ई. सन्तोष पन्थ ले मल्टिमिडिया उपकरणको… पुरा पढौ