एक महिनाभित्र सम्पत्ति विवरण बुझाउनू सार्वजनिक पदाधिकारीलाई अल्टिमेटम

-


     केन्द्रीय आवाज    
     वैशाख ३१ गते २०८३ मा प्रकाशित


बिहिवार, बैशाख ३१ २०८३ काठमाडौँ
सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदाधिकारीहरूलाई एक महिनाभित्र सम्पत्ति विवरण बुझाउन सूचना जारी गरेको छ । आयोगले सूचना जारी गरेर एक महिनाभित्र सम्पत्ति विवरण बुझाउन आग्रह गरेको हो ।
आफ्नो र परिवारका सदस्यहरूको स्वदेश तथा विदेशमा रहेको सम्पत्ति विवरण बुझाउन आयोगले भनेको छ । वि. सं. २०६२ सालयताका सार्वजनिक पदाधिकारीहरूले सम्पत्ति विवरण बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।
यसैबीच, आयोगले सार्वजनिक पदाधिकारीहरूले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको भेटेमा उजुरी दिनसमेत आम सर्वसाधारणसँग आग्रह गरेको छ ।
sampati.jpg