पोखरा, साउन ३पोखरा टेलिभिजनको सम्पादकमा वरिष्ठ पत्रकार माधव बराल नियुक्त हुनुभएको छ। टेलिभिजनको सञ्चालक समितिको निर्णयअनुसार उहाँलाई सम्पादकको जिम्मेवारी प्रदान गरिएको हो। आइतबार पोखरा टेलिभिजनको विरौटास्थित कार्यालयमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष प्रवेश चन्द्र उप्रेतीले नवनियुक्त सम्पादक बराललाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्षसमेत रहनुभएका बरालसँग पत्रकारिता क्षेत्रमा करिब साढे दुई दशकको अनुभव छ। उहाँले २०५९ सालदेखि सक्रिय पत्रकारिताको यात्रा प्रारम्भ गर्नुभएको हो। यस अवधिमा अन्नपूर्ण पोस्ट दैनिक, नेपाल समाचारपत्र दैनिक, हिमाल खबरपत्रिका, गोरखापत्र दैनिक,…
पुरा पढौ