
पोखरा, बैशाख २९
पत्रकारितामा मल्टिमिडिया र एआई सम्बन्धी ३ दिने तालिम सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघ कास्की को सभाहल मा २०८३ साल बैशाख २७ गतेदेखि २९ गतेसम्म बिहान ११ बजेदेखि उक्त तालिम संचालन भएको थियो । पोखरा महानगरपालिकाको सहयोगमा भएको तालिमको प्राविधिक सहयोगीमा नेपाल खोजमूलक मल्टिमिडिया पत्रकारिता सञ्जाल (निमजिन) रहेको थियो । तालिम को पहिलो दिनमा प्राध्यापक ई.सन्तोष पन्थले सहजीकरण गर्नुभएको थियो भने तालिम को दोस्रो र तेस्रो दिन मा निमजिनका संस्थापक तथा तालिमका प्रमुख प्रशिक्षक रजनिश भण्डारी ले गर्नु भएको थियो ।
तालीम को समापन भने नेपाल पत्रकार महासंघ कास्की का पुर्व अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी माधव शर्मा ले गर्नु भएको थियो । उहाँले जहिले पनि ज्ञान भनेको सार्थक हुन्छ , जसरी घर मा भएका चक्कु, बन्चरो जस्ता सामग्रीहरु प्रयोग गर्नको लागि धार लगाउने गरिन्छ , जसरी गाडीहरुलाई बेला बेलामा मेन्टेनेन्स वा सर्भिसिङ गर्ने गरिन्छ त्यसरी नै ज्ञान हासिल गर्न यस्ता तालिम अपरिहार्य रहेको बताउनु भएको थियो । सीप सिक्न पाउनु वास्तवमै एउटा ठूलो अवसर हो । सीपले मानिसलाई आत्मनिर्भर, सक्षम र आत्मविश्वासी बनाउँछ । आजको समयमा शिक्षा मात्र होइन, व्यवहारिक सीप पनि अत्यन्त महत्वपूर्ण हुने शर्मा ले बताउनु भएको थियो ।
अन्त्यमा उहाँले आँफुले अहिलेसम्म यस्ता तालिम नलिएका ले एआई तालिम सुन्दा आश्चर्य लागेको समेत बताउनु भएको थियो । भाइरल बाहाना मा विभिन्न घटनाक्रम लाई केही युट्युबकर्मीहरु ले भ्रमात्मक अफवाह फैलाउने गरेको ले त्यस्ता कार्य बाट सजग हुनु पर्ने प्रबिधीकोे दुरुपयोग नगरी समुचित ढंगबाट समाचार सम्प्रेषण गर्न अनुरोध समेत व्यक्त गर्नु भएको थियो ।
तालिमको प्रभावकारिता तथा महत्वको बारेमा तालिममा सहभागीहरुको तर्फ बाट तुलसी राम सुवेदी र रोजी श्रेष्ठले आआफ्नो धारणा राख्नु भएको थियो ।
कार्यक्रम नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव प्रसाद बरालको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका सहसचिव धन बहादुर गुरुङ(सुमन) ले गर्नुभएको थियो ।




