समाचार

उपचारको पहुँच बढाए एचआईभी संक्रमण नियन्त्रण सम्भव ः विज्ञ

पोखरा, असार १५ एचआईभी संक्रमितलाई समयमै पहिचान गरी नियमित उपचारको दायरामा ल्याउन सके संक्रमण फैलिने दर उल्लेखनीय रूपमा घटाउन सकिने स्वास्थ्य विज्ञहरूले बताएका छन्। एड्स हेल्थकेयर फाउन्डेसन (एएचएफ) नेपाल, प्रादेशिक जनस्वास्थ्य केन्द्र गण्डकी र पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाको संयुक्त आयोजनामा आइतबार पोखरामा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले एचआईभीको रोकथामका लागि उपचार नै सबैभन्दा प्रभावकारी माध्यम भएको बताएका हुन्। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका फिजिसियन डा. राजेन्द्र पौडेलले एचआईभी संक्रमितले नियमित रूपमा एन्टीरेट्रोभाइरल (एआरटी) औषधि सेवन गरेमा भाइरसको मात्रा अत्यन्त न्यून हुने… पुरा पढौ

विनियोजन विधेयक राष्ट्रियसभामा पेस, अर्थमन्त्रीद्वारा बजेटका प्राथमिकता प्रस्ट

१५ आषाढ पोखरा चालू आर्थिक वर्षको ‘विनियोजन विधेयक २०८३’ राष्ट्रियसभामा पेस भएको छ । सोमबार बसेको राष्ट्रियसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयक पेस गरेका हुन् ।प्रतिनिधिसभाबाट पारित भइसकेपछि बजेटसँग सम्बन्धित विभिन्न आश्रित विधेयकहरू सुझाव र स्वीकृतिका लागि माथिल्लो सदन (राष्ट्रियसभा) पुगेका हुन् ।विधेयक पेस गर्दै अर्थमन्त्री डा. वाग्लेले बजेटले लिएका आर्थिक लक्ष्य र विनियोजनका प्राथमिकताहरूमाथि प्रकाश पारेका थिए । प्रतिनिधिसभामा लामो दफावार छलफल र परिमार्जनपछि पारित भएको यो विधेयकमाथि अब राष्ट्रियसभामा पनि सांसदहरूले आ–आफ्नो धारणा राख्नेछन् ।राष्ट्रिय सभाबाट… पुरा पढौ

सरकारी विभेदकारी नीतिले थलिँदै सञ्चार क्षेत्र, अनलाइन अझै विज्ञापनबाट वञ्चित

पोखरा, असार १५नेपालमा सञ्चार क्षेत्रमा नयाँ प्रविधिको तीव्र विस्तार, सामाजिक सञ्जालको बढ्दो प्रभाव र सरकारको मिडियामैत्री नीति अभावका कारण अधिकांश सञ्चारमाध्यम अस्तित्व संकटमा पुगेका छन्। दर्ता भएका हजारौं पत्रपत्रिका, एफएम रेडियो र टेलिभिजनमध्ये अहिले नियमित सञ्चालनमा रहेका सञ्चारमाध्यमको संख्या निकै न्यून देखिएको छ।आर्थिक वर्ष २०८१÷८२ सम्म सूचना विभागमा ८ हजार ४० पत्रपत्रिका, १ हजार २ सय ४ एफएम रेडियो र २ सय ४९ टेलिभिजन दर्ता तथा इजाजतप्राप्त भए पनि तीमध्ये आधाभन्दा कम मात्र सक्रिय छन्। प्रेस काउन्सिल नेपालको पछिल्लो वर्गीकरणमा… पुरा पढौ

रोटरी जर्नो अवार्ड–२०८३ विजय नेपाललाई, देशभरका सात पत्रकार सम्मानित

पोखरा, असार १२पोखरामा क्रियाशील पत्रकार विजय नेपाल रोटरी जर्नो अवार्ड–२०८३ बाट सम्मानित भएका छन ्।रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ (नेपाल–भुटान) ले शुक्रबार काठमाडौंमा आयोजित विशेष समारोहमा नेपाल सहित देशभरका सात जना पत्रकारलाई नगद ५१ हजार रुपैयाँ सहित उक्त अवार्ड प्रदान गरेको हो ।पाल्पाको रिब्दीकोट गाउँपालिका–७, मैनादी स्थायी घर भएका नेपाल विगत दुई दशकदेखि पोखरालाई कर्मथलो बनाएर सक्रिय पत्रकारितामा संलग्न छन् । उनी आदर्श समाज दैनिकका कार्यकारी सम्पादक तथा राजधानी दैनिकका पोखरा संवाददाता हुन् ।उक्त समारोहमा वरिष्ठ पत्रकार आदित्यमान श्रेष्ठलाई पत्रकारिता क्षेत्रमा… पुरा पढौ

रास्वपा महाधिबेशनः केन्द्रीय सदस्यको लागि मतदान सम्पन्न,

चितवन, ११ असार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनमा २ हजार ९ सय ५९ मत खसेको छ । पार्टीको निर्वाचन आयोगले दिएको जानकारी अनुसार केन्द्रीय सदस्य चयनका लागि भएको मतदानमा त्यति मत खसेको हो । महाधिबेशनमा प्रवासका प्रतिनिधिहरुले एप मार्फत मतदान गर्न भने बाँकी रहेको बुझिएको छ । त्यसपछि मात्र मतपरिणाम घोषणा हुने समितिले जनाएको छ। निर्वाचनमा ३७९ जना केन्द्रीय सदस्यको उम्मेदवार रहेका छन् । जसमध्येबाट ९९ जना निर्वाचित हुनेछन् । यहि असार ७ देखि… पुरा पढौ

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

बिहिवार, आषाढ ११ काठमाठौँ,  ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘सी’ अन्तर्गत मियामी स्टेडियममा आज भएको खेलमा ब्राजिलले स्कटल्यान्डलाई ३–० ले हराउँदै समूह विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको हो । तीन खेलमा ब्राजिलको ७ अङ्क छ । समान ७ अङ्क रहेको मोरक्को हेड टु हेडअनुसार उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । एटलान्टा स्टेडियममा आजै भएको खेलमा मोरक्कोले हाइटीलाई ४–२ ले पराजित गर्दै नकआउट चरणमा प्रवेश… पुरा पढौ

लगानी र उत्पादनमुखी मौद्रिक नीतिका लागि चेम्बरको जोड

काठमाडौं, असार ११ नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीति लगानी, उत्पादन, रोजगारी सिर्जना र निजी क्षेत्रको मनोबल अभिवृद्धिलाई केन्द्रमा राखेर ल्याउन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ। अर्थतन्त्रमा देखिएको सुस्तता अन्त्य गर्दै आर्थिक गतिविधिलाई चलायमान बनाउन मौद्रिक नीति थप व्यवसायमैत्री र उत्पादनमुखी हुनुपर्ने चेम्बरको धारणा छ। चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल नेतृत्वको प्रतिनिधिमण्डलले बुधबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग भेट गरी आगामी मौद्रिक नीतिका लागि विभिन्न सुझाव प्रस्तुत गरेको हो। चेम्बरले पछिल्ला वर्षहरूमा उद्योग, व्यापार, निर्माण, पर्यटन… पुरा पढौ

गण्डकी र बागमतीका प्रदेश प्रमुखबीच पोखरामा भेटवार्ता

पोखरा, ११ असार गण्डकी प्रदेश र बागमती प्रदेशका प्रदेश प्रमुखबीच भेटवार्ता भएको छ । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट र बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबीच बिहीबार पोखरास्थित प्रदेश प्रमुख निवासमा भेटवार्ता भएको हो । अन्तर प्रदेश भ्रमणका क्रममा गण्डकी आइपुग्नुभएका बागमती प्रदेश प्रमुख देवकोटा र उहाँकी धर्मपत्नीलाई भट्टले निवासमा स्वागत गर्नुभयो । भेटमा मुलुकको राजधानी अवस्थित प्रदेश र पर्यटकीय राजधानी पोखरा रहेको प्रदेशबीच थप सम्बन्ध प्रगाढ बनाउँदै सहयोग र सहकार्य गर्नुपर्नेमा जोड दिइएको छ । प्रदेश प्रमुखद्वयले आ–आफ्नो प्रदेशको वस्तुस्थिति… पुरा पढौ

भारतीय पर्यटकको चापले पोखराका होटल भरिभराउ

मंगलवार, आषाढ ९, २०८३ , पोखरा पर्यटकीय राजधानी पोखरा मा पछिल्ला दिनहरूमा भारतीय पर्यटकको उल्लेख्य वृद्धि भएसँगै यहाँका होटल तथा आवास सेवा प्रदायकहरू भरिभराउ भएका छन्। विशेषगरी लेकसाइड क्षेत्र, धार्मिक स्थल तथा प्रमुख पर्यटकीय गन्तव्यहरूमा पर्यटकको चहलपहल उल्लेखनीय रूपमा बढेको देखिएको छ। फेवाताल परिसर र तालबाराही मन्दिर आसपास भारतीय पर्यटकको घुइँचो लागिरहेको छ। साथै विन्ध्यवासिनी मन्दिर, मुक्तिनाथ मन्दिर लगायतका धार्मिक गन्तव्यहरूमा पनि पर्यटकको उपस्थिति उत्साहजनक रहेको पर्यटन क्षेत्रसँग सम्बन्धित तथ्यांकहरूले देखाउँछन्। हालको गर्मी मौसममा भारतका विभिन्न स्थानबाट चिसो हावापानी र… पुरा पढौ

तमुधिं स्याङ्जाको वार्षिकोत्सव, लक्ष्मी र हुमकुमारीद्वारा अक्षयकोषको लागि एक लाख बढी हस्तान्तरण

९ असार २०८३, मंगलवारस्याङ्जा, तमु जातिको अग्रणी सामुदायिक संस्था तमु धिं नेपालको स्याङ्जा जिल्ला समितिको प्रथम वार्षिकोत्सव सोमबार पुतलीबजार नगरपालिका वडा ३ मजुवास्थित तमु (गुरुङ) समाजमा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेस सभा सदस्य एबम पुर्वमन्त्री पन्चराम गुरुङले तमुहरु बिच एकता, सकृयता, सचेतता बिना अग्रगतिमा लाग्न नसक्ने बताए। तमुहरु अब अरुले अधिकार दिएन, पछि पारे, हामी राज्यबाट ठगियौं भन्ने मानसिकताबाट माथि उठेर सबै तमुहरु एक भइ अधिकार खोसेर लिनुपर्ने बताउनुभयो। राज्यबाट अझै असमानता छ, चाहे बिकास निर्माण होस… पुरा पढौ