राजनीति

तातोपानी नाका सञ्चालन गर्न उच्चस्तरबाटै पहल आवश्यकः अध्यक्ष प्रचण्ड

१ माघ सिन्धुपाल्चोक,नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुपाल्चोकको तातोपानी नाका पुरानै अवस्थामा सञ्चालन गर्न आफूले निरन्तर पहल गरिरहेको बताएका छन् । आफू प्रधानमन्त्री हुँदा र नहुँदा पनि तातोपानी नाका सञ्चालनका लागि पहल गरेको उनले बताए ।यहाँको सुकुटेमा आयोजित बिच भलिबल प्रतियोगिताको उद्घाटन गर्न आएका अध्यक्ष प्रचण्डले आज पत्रकार भेटघाट कार्यक्रममा तातोपानी नाका सञ्चालन गर्न चीन सरकारसँग पटकपटक कुराकानी भएको बताए । नाका पुनः सहज रुपमा सञ्चालनमा ल्याउन दुई देशका माथिल्लो तहबाट पहल र प्रयत्न… पुरा पढौ

संसदमा विचाराधीन विधेयक फिर्ता लिएर अध्यादेशमार्फत ‘बजेट क्यालेण्डर’ संशोधन

१ माघ काठमाडौँ,सरकारले दोस्रोपटक अध्यादेशमार्फत ‘बजेट क्यालेण्डर’ संशोधन गरेको छ । संसद्मा विचाराधीन रहेको ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’लाई सरकारले अध्यादेश जारी गरेको हो ।सरकारले गतवर्ष पनि सोही अध्यादेश जारी गरेको थियो तर त्यो संसद्बाट पारित नभएपछि स्वतः खारेज भएको थियो । यसपटक पनि सरकारले ‘बजेट क्यालेण्डर’ संशोधन गर्न ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८१’ जारी गरेको छ ।विगतमा हरेक वर्ष बजेटका सिद्धान्त एवं प्राथमिकता र नीति तथा कार्यक्रममा पर्याप्त छलफल नगराएकामा सांसदहरुबाट… पुरा पढौ

सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा सबै एक हौँ ः प्रचण्ड

पौष १९ गते काठमाडौंनेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा सबै एक भएर अघि बढ्नुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सरकारमा हुँदा पनि र बाहिर गएपछि पनि आफूले एउटै कुरा गरेको बताए । अध्यक्ष प्रचण्डले पछिल्लो कार्यकालमा भ्रष्टाचार र सामाजिक विभेदविरुद्ध तथा सुशासनको पक्षमा इमान्दारितापूर्वक देशलाई राहत दिने पक्षमा काम गरेको जिकिर गरे । उनले एकले अर्कोलाई दोषारोपण गरेर मात्रै हुँदैन भन्नेमा आफू सहमत रहेको बताए । “एकले अर्कोलाई… पुरा पढौ

राष्ट्रिय एकता हाम्रो मूल मन्त्रः प्रधानमन्त्री

मङ्सिर २९ गते काठमाडौ प्रधानमन्त्री केपी शर्मा ओलीले समावेशिता र समतामूलक समाज निर्माण गरी राष्ट्रिय एकता कायम गर्नु आफ्नो मूलमन्त्र भएको बताएका छन् । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालले आज आयोजना गरेको ‘राजनीतिमा प्रतिनिधित्व र पहुँच अभवृद्धिका लागि आदिवासी जनजाति महिला’ राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछाडि परेका समुदायको जीवनस्तर माथि उकास्न संविधानले सुनिश्चित गरेको मौलिक हकको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताए । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आफ्नो पार्टीले आदिवासी जनजाति र सबै महिलाको अधिकार… पुरा पढौ

पोखराको पृथ्वीनारायण क्याम्पसमा विद्यार्थी महोत्सव हुने ।

मंसिर २५ गते पोखरापोखराको पृथ्वीनारायण क्याम्पस अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी कास्कीको आयोजनामा हुने विद्यार्थी महोत्सवको तयारी पूरा भएको छ । पृथ्वीनारायण क्याम्पस पोखरामा यहि मंसिर २६ र २७ गते हुने महोत्सवको तयारी पूरा भएको मंगलबार आयोजित पत्रकार सम्मेनल मार्फत् जानकारी दिइएको हो । अनेरास्ववियु कास्कीका अध्यक्ष सन्तोष पोख्रेलले विद्यार्थीहरुलाई एकताको सूत्रमा बाँध्ने उद्देश्यसहित महोत्सवको आयोजना गरिएको जनाए । पृथ्वीनारायण क्याम्पस प्राड.गणमा २ दिन चल्ने महोत्सवमा विविध सांगीतिक कार्यक्रम सहित शैक्षिककार्यक्रम समावेश गरिने अध्यक्ष पोख्रेलले जनाए… पुरा पढौ

वर्तमान संविधान जोगाउने दायित्व कानुन व्यवसायी हो ः मुख्यमन्त्री

२०८१ मंसिर २४,पोखरागण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वर्तमान संविधान र सङ्घीयतालाई बचाउन कानुन व्यवसायीको भूमिका महत्त्वपूर्ण रहने बताएका छन् । नेपाल बार एशोसियशनको केन्द्रीय कार्यकारिणी परिषद्को ५०औँ बैठकको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले लोकतन्त्र स्थापना र कानुन निर्माणमा कानुन व्यवसायीको भूमिका रहे जस्तै संरक्षणमा पनि दायित्व निर्वाह गर्नुपर्ने बताए । संविधानअनुसार प्रदेश कानुन बन्न नसक्दा प्रदेश सरकारले काम गर्न नसकेको बताउँदै मुख्यमन्त्री पाण्डेले सात प्रदेशका मुख्यमन्त्रीको आवाज केन्द्र सरकारले नसुन्दा कानुन व्यवसायीले संविधान कार्यान्वयनमा आवाज उठाउन नसकेको जिकिर गरे । पोखरा… पुरा पढौ

परराष्ट्रमन्त्री राणा छन्दुस्थित महावाणिज्यदूतावासमा

२०८१ मङ्सिर १५ पोखरा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आज चीनको सिचुवान प्रान्तस्थित छन्दुमा रहेको नेपाली महावाणिज्यदूतावासको निरीक्षण गरेकी छन् । त्यस अवसरमा उनलाई महावाणिज्यदूत सुरेश राउतसहितका कर्मचारीले स्वागत गरेका थिए । मन्त्री डा. राणालाई महावाणिज्यदूत राउतले महावाणिज्यदूतावासका कामकारबाहीका बारेमा जानकारी गराएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।मन्त्री राणाले आगामी वर्ष नेपाल र चीनबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसर पारेर नेपाल र चीन सरकारद्वारा संयुक्त रूपमा घोषणा गरिएको नेपाल भ्रमण वर्ष २०२५ को स्मरण गराउँदै यस पृष्ठभूमिमा महावाणिज्यदूतावासलाई नेपालको… पुरा पढौ

पोखरा लेडी जेसिजको अध्यक्षमा अनिता

१२ मंसिर पोखरा पोखरा लेडी जेसिजको ३१ औं शाखा अधिबेशन तथा ३६ औं बार्षिक साधारण सभाले आगामी बर्ष २०२५ को लागि अनिता खड्का अध्यक्ष रहेको नयाँ कार्यसमिति चयन गरेको छ ।समितिको कार्यकारिणी उपाध्यक्षमा नन्दकुमारी ढुंगाना तथा उपाध्यक्षहरुमा इन्दिरा तिमिल्सिना, गीता सुबेदी, बिनिता के सी, सरिता भुजेल रहेका छन । यसैगरि समितिको निर्देशकहरुमा मेलिना गुरुङ, यशोदा कुँवर, दिपा न्यौपाने, ममता गर्वुजा र कानुनी सल्लाहकारमा प्रमिला सुबेदी रहेका छन ।नयाँ समितिको सचिवमा करुणा पाण्डे, कोषाध्यक्षमा सुनिता गौतम भण्डारी, सहसचिवमा सिर्जना आले (ईशा)… पुरा पढौ

मुलुकमा झुटको खेती गर्नेहरुको कमी छैन ः प्रधानमन्त्री ओली

फाईल तस्बिर ,केपी शर्मा ओली
मङ्सिर १२ गते ,काठमाडौंप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अझै पनि मुलुकमा झुटको खेती गर्नेहरुको कमी नभएको टिप्पणी गरेका छन ्। २०७२ साल यता एमाले नेतृत्वको सरकारले तीव्र गतिका साथ सुशासन र समृद्धिको बाटोमा मुलुकलाई अघि बढाएको लाजसरम नभएका बेइमान र झुटका खेती गर्नेहरुले भ्रम छर्ने गरेको प्रधानमन्त्री ओलीको जिकिर थियो ।मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले २०७२ सालयता मुलुकमा आमूल परिवर्तनको काम सुरु भएपनि त्यो पर्याप्त नभएको पनि बताए। उनले मुलुकमा कृषि क्षेत्रको आमूल परिवर्तन गर्नका… पुरा पढौ

कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा

मंसिर १० पोखरामानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई रिहा भएका छन । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँको निर्णयअनुसार नै पूर्वमन्त्री अधिकारीलाई रिहा गरिएको हो । एसपी अधिकारीका अनुसार सरकारी वकिलको कार्यालय काठमाडौँको निर्णयअनुसार सोमबार राति ९ः३० बजे उनलाई उनकै श्रीमतीको जिम्मामा पठाइएको हो । पुरा पढौ