राजनीति

आत्मसमिक्षा गरेर काम गर्नुपर्छ ः मन्त्री गुरुङ

कार्तिक १५,काठमाड.डौंनेकपा एमालेका नेता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पार्टीभित्र गुटबन्दीका कुराहरु उठ्न थालेको बताएका छन् ।नेकपा एमाले बागमती प्रदेश सम्पर्क कमिटीद्वारा शुभ दिपावली २०८१ को अवसरमा आयोजित देउसी भैलो सांस्कृतिक कार्यक्रममा बोल्दै उनले पार्टीभित्र गुटबन्दीका कुराहरु उठ्दै जाँदा पार्टी कमजोर हुँदै जाने बताएका हुन् । उनले भने, ‘पार्टीभित्र गुटबन्दीका कुराहरु उठ्न थालेका छन् । गुटबन्दीका कुराहरुलाई रोक्नुपर्छ र परास्त गरे मात्र पार्टी बलियो हुन सक्छ । हाम्रो पार्टीभित्र अहिले चाँही गुटबन्दीका कुराहरु जुन उठिरहेका छन् त्यो… पुरा पढौ

सहकारी ठगी, अपचलन र हिनामिनामा संलग्न कसैलाई नछाड्ने ः गृहमन्त्री लेखक

कार्तिक १४,पोखरागृहमन्त्री रमेश लेखकले सहकारी ठगी, अपचलन र हिनामिनामा संलग्न कसैलाई नछाड्ने बताएका छन । तथ्य र प्रमाणका आधारमा सरकारले अनुसन्धान र कारबाही अघि बढाएको बताउदै उनले सरकारले कसैको मुख हेरेर नभई तथ्य र प्रमाण का आधारमा अनुसन्धान तथा कारबाही गर्ने बताए । सहकारी ठगीमा प्रमाण भेटिए कांग्रेस उपसभापति धनराज गुरुङमाथि समेत कारबाही हुने उनले बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले बुधबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले गुरुङमाथि अनुसन्धान हुने र प्रमाण भेटिए कारबाही हुने बताए ।… पुरा पढौ

अनियमितता गर्नेलाई छुट नहुने, पोखरेल

पोखरा १० कार्तीकएमाले कास्कीले आज एक समारोहका बिच शुभकामना कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दे नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देशमा अराजकता फैलाउने र सद्भाव खलबलाउने छुट कसैलाई नभएको बताए । साथै उनले भ्रष्टाचार र आर्थिक अनियमिततामा संलग्न जो कोहीलाई कानुन र विधिसम्मत ढंगले कारवाही हुने बतााए । राष्ट्रको आवश्यकताअनुुसार देशका प्रमुख राजनीतिक दल एक ठाउँमा भएको बताउँदै उनले आफूहरू कानुनका पक्षमा रहेको उल्लेख गरे ।हाम्रा चाडपर्वहरू सामाजिक सद्भावका आधार रहेको उल्लेख… पुरा पढौ

कास्कीका पत्रकार केशवशरण लामिछाने प्रेस काउन्सिल सदस्य नियुक्त

१० कात्तिक पोखराकास्कीका पत्रकार केशवशरण लामिछाने प्रेस काउन्सिल नेपालको सदस्य नियुक्त भएका छन् । पोखरा २८ माझठाना स्थायी घर भएका लामिछाने सञ्चार, सूचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको मन्त्री स्तरीय निर्णयबाट सदस्य नियुक्त भएका हुन् । २०५६ सालदेखि पत्रकारितामा क्रियाशील लामिछानेले पोखरा हटलाइन दैनिकबाट पत्रकारिता थालेका थिए ।नागरिक दैनिक, नेपाल समाचारपत्र दैैनिक, समय साप्ताहिक, बबिसी मिडिया एक्सन, पोखराको पोखरा एफएम काम गरेको अनुभव बटुलेका लामिछाने पोखराबाट प्रकाशित हुने समाधान दैनिकको सम्पादक र काठमाडौंबाट प्रकाशित हुने अन्नपूर्ण पोष्ट दैनिकको गण्डकी ब्युरो… पुरा पढौ

विश्वव्यापी चुनौती समाधान गर्न सामूहिक र बहुपक्षीय प्रयास आवश्यक ः प्रधानमन्त्री ओली

कार्तिक ८ काठमाडौँप्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तन, गरिबी र सुरक्षा चुनौतीलगायत विश्वव्यापी चुनौती समाधानका लागि सामूहिक र बहुपक्षीय प्रयास आवश्यक रहेको बताएका छन् । संयुक्त राष्ट्र सङ्घ स्थापना दिवसका अवसरमा आज सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले नेपाल विश्वव्यापी शान्ति, स्थिरता र दिगो विकासलाई अगाडि बढाउन रचनात्मक भूमिका खेल्न तयार रहेको बताए ।शान्तिपूर्ण सहअस्तित्व, पारस्परिक सम्मान र गैरहस्तक्षेप नेपालको परराष्ट्र नीतिको महत्वपूर्ण सिद्धान्त भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपालले ‘सबैसँग मित्रता’को भावना अघि सारिरहेको स्पष्ट… पुरा पढौ

लामिछाने अझै सात दिन कास्की प्रहरी हिरासतमा रहने ।

कार्तिक ८ पोखरासहकारी ठगीको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई दोस्रो पटक सात दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।बिहीबार जिल्ला अदालत कास्कीले लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएको हो । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । गत शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई गत आइतबार अदालतले छ दिनसम्म हिरासतमा राख्न अनुमति दिएको थियो । उक्त म्याद आज गुज्रिँदै थियो… पुरा पढौ

राष्ट्रसङ्घ समर्थित सैन्य मिसनको बावजुद हाइटीमा हिंसा अझै तीव्र ः राष्ट्रसङ्घ

कार्तिक ७ गते , पोखरासंघर्षरत क्यारिबियन देशको प्रहरीलाई समर्थन गर्न बहुराष्ट्रिय सैन्य बल तैनाथ गरिएको भएतापनि हाइटीमा गिरोह हिंसा बढिरहेको संयुक्त राष्ट्रसङ्घका एक शीर्ष अधिकारीले मङ्गलबार बताएका छन् ।हाइटीका लागि संयुक्त राष्ट्रसङ्घका महासचिवका विशेष प्रतिनिधि मारिया इसाबेल साल्भाडोरले सुरक्षा परिषद्मा भने, “हाइटीको सुरक्षा अवस्था अत्यन्त नाजुक छ, हिंसा तीव्र रुपमा फैलिरहेका छन् ।”मध्य सहर पोर्ट सोन्डेमा भएको गिरोहको आक्रमणमा ११५ जना सर्वसाधारण मारिएको र दर्जनौँ घाइते भएको केही हप्तापछि उनको यस्तो अभिव्यक्ती आएको हो ।साल्भाडोरले उक्त भयानक र क्रूर घटनालाई… पुरा पढौ

पोखरामा रास्वपाको प्रदर्शन जारी ।

कार्तिक ६ पोखराराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कार्यकर्ताले आज पनि पोखरामा प्रदर्शन जारी राखेका छन् । देशका विभिन्न भागबाट पोखरा पुगेका रास्वपाका नेता तथा कार्यकर्ताले प्रदर्शन जारी राखेका हुन् । रास्वपाका कार्यकर्ता आज बुद्धचोक राम बजार हुदै अमरसिंहचोकमा केहिवेर नाराबाजी गरेपछि नारावाजी गर्दै पृथ्वीचोक तर्फ गएका थिए । आजको प्रदर्शन शान्तिपूर्ण थियो । प्रदर्शनका कारण पोखराको यातयात भने प्रभावित भएको थियो। तस्विर बिलक सुवेदी प्रदर्शनमा सहभागीले ‘सहकारीपीडितलाई न्याय दे’, ‘माफियाहरूलाई कारबाही गर’, ‘भ्रष्ट सरकार मुर्दावाद’लगायत नारा लगाएका थिए ।… पुरा पढौ

पत्रकारहरु माथि हातपात र तोडफोडको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भिर ध्यानाकर्षण

४ कार्तिक,पोखराराष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा पोखरामा भइरहेको आन्दोलनको समाचार संकलन गर्न गएका पत्रकारहरु माथि आन्दोलनरत पार्टीका कार्यकर्ताले गरेको हातपात र तोडफोडको घटनाप्रति नेपाल पत्रकार महासंघ को गम्भिर ध्यानाकर्षण भएको छ । आज बिहान ११ बजेदेखि पोखराको शहीद चोकमा अध्यक्ष लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले निषेधाज्ञा तोड्दै प्रदर्शन गरेका थिए ।उक्त प्रदर्शनकोे क्रममा समाचार संकलनमा गएका केही पत्रकारलाई ‘हाम्रो पार्टीविरुद्ध समाचार प्रसारण गर्ने लगायत अनर्गलरुपमा गाली गलौज गर्ने काम भएको… पुरा पढौ

रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति

कार्तिक ४ पोखरापूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । सहकारी ठगी प्रकरणमा शुक्रबार साँझ पक्राउ परेका लामिछानेलाई आज अदालतमा उपस्थित गराइएकामा अदालतले ६ म्याद थपिदिएको हो ।कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासमा बहस भएर म्याथ थप भएको हो ।उनलाई आज दिउँसो १ः३० बजे अदालत पुर्याइएको थियो । अदालत जाने सिधा बाटोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सहकारी पीडितले प्रदर्शन गरेपछि उनलाई घुमाउरो बाटो लेकसाइड घुमाएर अदालत पुर्याइएको थियो… पुरा पढौ