अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित

-


     केन्द्रीय आवाज    
     कार्तिक २१ गते २०८१ मा प्रकाशित


२०८१ कार्तिक २१ पोखरा
अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् । राष्ट्रपतिमा डेमोक्रेटिक उम्मेदवार कमलादेवी ह्यारिसलाई हराउँदै ट्रम्प दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
उनी यसअघिको चुनावमा जो बाइडेनसँग पराजित भएको भए पनि त्यसअघिको कार्यकालमा हिलरी क्लिन्टनलाई पराजित गर्दै राष्ट्रपति बनेका थिए ।
उनले कुल ५० राज्यका ५ सय ३८ मध्ये २ सय ७० इलेक्टोरल भोटको बहुमत प्राप्त गर्नुपर्नेमा त्यो भन्दा बढी भोट जितेका हुन् । उलटफेर गर्ने सात स्विङ राज्यमासमेत ट्रम्प हावी भएपछि ह्यारिसले जित्ने कुनै ठाउँ नै नरहेको हो । ट्रम्पले २ सय७९ र ह्यरिसले २ सय २३ भोट जितेकी छन् । योसँगै अमेरिकी २ सय ३० वर्षे इतिहासमा फेरि पनि पुरुष नै हावी भएका हुन् । अमेरिकी राजनीतिमा अहिलेसम्म कुनै पनि महिला राष्ट्रपति भएका छैनन् । ह्यारिस वर्तमान उपराष्ट्रपति हुन् । योसँगै उनको राजनीतिक उछाल तत्कालका लागि रोकिएको छ । संसदीय चुनावमा पनि ट्रम्पकै रिपब्लिकन अगाडि रह्यो ।
हाउस अफ रिप्रिजेन्टेटिभमा रिपब्लिकनले दुइ सय एक तथा डेमोक्रेटिकले एक सय ७७ सिट जित्दा सिनेटमा रिपब्लिकनले ५१ तथा डेमोक्रेटिकले ४२ सिट जितेको छ । सिनेटमा रिपब्लिकनले बहुमत हासिल गरिसकेको छ ।