कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा

-


     केन्द्रीय आवाज    
     मंसिर ११ गते २०८१ मा प्रकाशित


मंसिर १० पोखरा
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई रिहा भएका छन । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँको निर्णयअनुसार नै पूर्वमन्त्री अधिकारीलाई रिहा गरिएको हो । एसपी अधिकारीका अनुसार सरकारी वकिलको कार्यालय काठमाडौँको निर्णयअनुसार सोमबार राति ९ः३० बजे उनलाई उनकै श्रीमतीको जिम्मामा पठाइएको हो ।