राजनीति

केपी ओली मात्तियो, गगन थापा तिमी पनि नाङ्गियौ ः प्रवक्ता झा

कार्तिक ३ पोखराराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एबं पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउको विरोधमा पोखरामा बृहद प्रदर्शन भएको छ ।लामिछाने पक्राउको बिरोधमा संवोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले आफूहरु देश परिवर्तन गर्न आएको भन्दै चुप लागेर नबस्ने बताएका छन् । देश परिवर्तनका लागि केही नेता गोलीदेखि डराएनन् भने आफूहरु केही चम्चाको गाली देखि नडराउने बताए । सभापति रवि लामिछाने पक्राउको विरोधमा पोखरामा भएको प्रदर्शनलाई संवोधन गर्दै उनले यस्तो बताएका हुन् ।पोखरा र काठमाडौँमा केपी ओली… पुरा पढौ

रवि लामिछानेलाई स्थलमार्गबाटै पोखरा ल्याइने

कार्तिक २ पोखरासहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई स्थलमार्गबाटै कास्कीको पोखरा ल्याइने भएको छ ।उनलाई गाडीबाटै पोखरा ल्याउन लागिएको प्रहरी स्रोतले जनाएको छ । लामिछानेकै इच्छा अनुसार प्रहरीले लामिछानेलाई स्थलमार्गबाट कास्की ल्याउन लागेको जानाकारी गराईएको छ ।गत असोज ६ गते पक्राउ परेका पूर्व डीआइजी छविलाल जोशीलाई भने प्रहरीले जहाजमार्फत पोखरा ल्याएको थियो । जोशीलाई तेस्रोपटक आज २० दिन म्याद थप भएको छ । अब जोशी र लामिछाने माथि सँगसँगै अनुसन्धान अघि बढाउने कास्की प्रहरीको तयारी… पुरा पढौ

शेख हसिनासहित ४५ जनाविरुद्ध पक्राउ पुर्जी जारी

२०८१ कार्तिक १पोखराबंगलादेशको अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरणले पूर्व प्रधानमन्त्री शेख हसिना र अन्य ४५ विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।वारेन्ट जारी गरिएकाम पुर्व सत्तारुढ दल अवामी लिगका धेरै शीर्ष नेताहरु रहेको मिडिया रिपोर्टमा उल्लेख छ । उनीहरुमाथि हालैको विद्यार्थी आन्दोलनका क्रममा मानवता विरुद्धको कथित अपराधको आरोप छ । न्यायाधीश मोहम्मद गुलाम मुर्तजा मजुमदारको अध्यक्षतामा रहेको न्यायाधिकरणले अभियुक्तलाई पक्राउ गर्न अभियोजन पक्षले दायर गरेको दुई निवेदनमा यस्तो आदेश दिएको हो । न्यायाधिकरणले शेख हसिनासहित ४६ जनालाई नोभेम्बर १८ सम्ममा पक्राउ गरी… पुरा पढौ

नौ वर्षपछि भारतीय विदेशमन्त्री पाकिस्तानमा

आश्विन २९ पोखराशाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन विदेशमन्त्री जयशंकर अपरान्ह पाकिस्तानको इस्लामावाद पुगेको भारतीय समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ ।जयशंकरले पाकिस्तानको राजधानी इस्लामावादमा अक्टोबर १५ र १६ मा हुने एससीओ शिखर सम्मेलनमा भाग लिनेछन् ।दुई देशबीचको सम्बन्धमा विगत केही वर्षदेखि देखिएको तनावका बीच भारतबाट पाकिस्तानको यो पहिलो उच्चस्तरीय भ्रमण भएको हो ।दुवै पक्षले शिखर सम्मेलनको अवसरमा जयशंकर र उनका पाकिस्तानी समकक्षी इशाक दारबीच कुनै द्विपक्षीय वार्तालाई अस्वीकार गरेका छन् ।करिब नौ वर्षपछि भारतीय विदेशमन्त्रीले पाकिस्तान भ्रमण… पुरा पढौ

बाढी वितण्डाः देशभरमा ७६ जनाको मृत्यु, ७२ जना बेपत्ता

आश्विन १२ पोखराअविरल बर्षासँगैको बाढी पहिरोमा मृत्यु हुनेको संख्या ७६ जना पुगेको छ । यस्तै ७२ जना बेपत्ता र ३६ जना घाइते भएको सशस्त्र प्रहरीले शनिबार राति जनाएको छ । यस्तै देशभर एक सय ९५ ठाउँमा भौतिक क्षति भएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । उपत्यकाको काठमाडौँ, ललितपुर र भक्तपुर तीन वटै जिल्लामा २३ वटा बोट र गोताखोरसहित ९० स्थानमा करीब चार हजार जनशक्ति परिचालित भई एक हजार चार सय ५७ जनाको सकुशल उद्धार गरिएको उनले बताए… पुरा पढौ

विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह

असोज ८ न्युयोर्क ,प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेशमा फर्केर अवसर सृजना गर्न आग्रह गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले सोमबार कोलम्बिया विश्वविद्यालयद्वारा आयोजित वल्ड लिडर्स फोरममा गरिबी निवारण गरी सबैलाई सम्मानजनक रूपमा बाँच्न पाउने अधिकार दिलाउन समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा अघि सारिएको स्पष्ट पारे । ‘नेपालको लोकतन्त्र र आर्थिक विकासको यात्रा’ विषयक संवादमा मुख्य वक्ताका रुपमा सम्बोधन… पुरा पढौ

समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छः प्रधानमन्त्री

असोज १ काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न विज्ञान तथा प्रविधि क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएकाछन् । बाह्रौँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उनले विज्ञानको संसारमा हाम्रो आफ्नै वैज्ञानिक खोज परम्परालाई पुनःजागृत गर्नुपर्नेमा जोड दिएका छन् । “पूर्वीय दर्शनले सयौँ वर्षअघिदेखि कसरी वैज्ञानिक खोजलाई आपूmमा समाहित गरेको थियो भन्ने प्रमाण हाम्रा शास्त्र र ग्रन्थहरूमा प्रष्ट छन् । हाम्रो शिक्षा प्रणाली परापूर्वकालमा असाधारण र विज्ञान प्रवर्तक थियो । समयक्रममा हामीले… पुरा पढौ

लोकतन्त्रप्रति जनविश्वास बढाउनुपर्नेमा राष्ट्रपति पौडेलको जोड

असोज १ राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना, मानवअधिकार, विधिको शासन र सामाजिक रूपान्तरणका लागि देशका सामुदायिक रेडियोले निर्वाह गरेको भूमिकाको सराहना गर्दै लोकतन्त्रप्रति जनविश्वास बढाउनुपर्नेमा जोड दिएका छन् ।सामुदायिक रेडियो प्रसारक सङ्घका नवनिर्वाचित पदाधिकारीलाई शुभकामना दिन राष्ट्रपति भवनमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले भूकम्प, कोरोनाजस्ता विषम परिस्थितिमा सामुदायिक रेडियोहरूको भूमिका वन्दनीय रहेको बताए । नागरिकलाई सुसूचित गर्न तथा अभिव्यक्ति स्वतन्त्रता प्रवद्र्धनमा सामुदायिक रेडियोको महत्त्वपूर्ण भूमिका रहेको उनले बताए ।सामाजिक सञ्जालको प्रयोगसँगै तथ्यहीन र भ्रामक सूचनाले चुनौती थपेको वास्तविकता… पुरा पढौ

आज हरितालिका तिज पर्व धुमधाम संग मनाईयो ।

१ भाद्र पोखरा भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी सम्पन्न भएको छ । भाद्रशुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास रहे अनुसार ब्रत बस्ने चलन छ ।काठमाडौँको पशुपतिनाथ, लमजुङको करापुटारस्थित इशानेश्वर, म्याग्दीको गलेश्वर, मुस्ताङको मुक्तिनाथ मन्दिर,पोखराको केदारेश्वर, रामघाट लगायत देशभरका शिवालयमा पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको थियो । बिबाहित महिलाले श्रीमानको दीर्घायुको कामना पुरुषले विधुर हुनु नपर्ने, नारीले… पुरा पढौ

कोशीमा ऐन बनाएरै प्रादेशिक सञ्चार प्रतिष्ठान गठन

२०८१ भदौ १८ झापा, कोशी प्रदेश सरकारले ऐन बनाएरै प्रादेशिक सञ्चार प्रतिष्ठान गठन गर्ने प्रक्रिया अघि बढाएको छ । प्रदेशमा चार वर्षअघि मन्त्रिपरिषद्बाट नियमावली बनाएर पहिलोपल्ट प्रतिष्ठान गठन गरिएको थियो ।तत्कालीन प्रदेश नं १ सरकारको प्रथम निर्वाचित मुख्यमन्त्री शेरधन राईले विसं २०७७ पुस ६ गते प्रादेशिक सञ्चार प्रतिष्ठान पहिलोपटक गठन गरेको थियो । जसको अध्यक्ष तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री रहने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । कार्यकारी निर्देशकमा अग्रज पत्रकार यज्ञ शर्मा नियुक्त भएको थियो ।प्रदेश सरकारमा नेतृत्व परिवर्तनपछि गठित… पुरा पढौ