राजनीति

युएनडिपीका नवनियुक्त आवासीय प्रतिनिधिद्वारा ओहदाको प्रमाणपत्र प्रस्तुत

२०८१ भदौ ८ काठमाडौँसंयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)का नवनियुक्त आवासीय प्रतिनिधि क्योको योकोसुकाले परराष्ट्रमन्त्री डा आरजु राणा देउवासमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी छन् । परराष्ट्रमन्त्री डा राणाले नवनियुक्त आवासीय प्रतिनिधि योकोसुकालाई बधाई ज्ञापन गर्दै नेपाल सरकार र युएनडिपीबीच दिगो विकास लक्ष्य हासिल गर्नेतर्फको यात्रामा लामो समयदेखि रहँदै आएको सहकार्यको सराहना गरेकी थिईन ।मन्त्री डा राणाले भनीन, “सामाजिक तथा आर्थिक, वातावरणीय र राजनीतिक चुनौतीहरूका बाबजुद नेपालले आफ्नो विकास यात्रामा उल्लेखनीय प्रगति हासिल गरेको छ । कम विकसित मुलुकहरूको सूचीबाट स्तरोन्नति… पुरा पढौ

संविधान सबैको सहमतिमै संशोधन हुन्छः प्रधानमन्त्री

भदौ ६ काठमाडौँप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन सबैको सहमतिमा हुने विश्वास दिलाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा जवाफ दिँदै उनले भने, “संविधान संशोधन आठ वर्षको कार्यान्वयनमा गरेको अनुभव र देशको आवश्यकताका आधारमा हुने हो । त्यसमा सरकारको मात्रै होइन, संसद्को पनि आँट चाहिन्छ ।” उनले सङ्घीयता कार्यान्वयनपश्चात साविकमा रहेका जिल्लास्थित केही कार्यालयको काम स्थानीय तह र प्रदेशमा गएको जानकारी गराए । प्रदेशले जिल्लास्थित साविक कार्यालयबाटै कृषि, पशु विकास, स्वास्थ्य, सहरी पूर्वाधार, खानेपानीलगायतका क्षेत्रमा सेवा दिइरहेको जानकारी… पुरा पढौ

मुलुकका सम्भावनाप्रति सकारात्मक सोच र स्वावलम्बी भावना अपरिहार्य राष्ट्रपति पौडेल

२८ साउन काठमाडौँराष्ट्रपति रामचन्द्र पौडेलले मुलुकका स्रोत र सम्भावनाअनुरुपको सीप तथा लगनशीलताको निर्माण एवम् राष्ट्रका सम्भावनाप्रति सकारात्मक सोच र देशभक्ति अनुकुल स्वाभिमानी तथा स्वावलम्बी भावनाको विकास आजको अनिवार्य आवश्यकता भएको बताएका छन् ।अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद् र संयुक्त राष्ट्रसङ्घको संयुक्त आयोजनामा आज यहाँ आयोजित ‘नेपाल युवा सम्मेलन, २०२४’ लाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले मुलुकको सम्भावना पहिचान गरी त्यसको समुचित प्रयोगका लागि राष्ट्रिय भावना जागृत हुन आवश्यक रहेको बताए ।“दिनानुदिन विदेश पलायन भइरहेको युवा… पुरा पढौ

अर्थमन्त्री पौडेल र भारतीय विदेश सचिव मिस्रीबीच शिष्टाचार भेटवार्ता

श्रावण २८ ,दकाठमाडौँउपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ ।अर्थ मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच आर्थिक तथा विकास सहायता, चालू आयोजनाको तीव्रता, दुई देशबीचको आपसी सम्बन्धलगायतका विषयमा छलफल भएको थियो । भारतीय विदेश सचिव मिस्री दुई दिने भ्रमणका क्रममा आइतबार काठमाडौँ आइपुगेका थिए । उनले राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आइतबार नै शिष्टाचार भेटवार्ता गरेका छन् । पुरा पढौ

बिन्दु कुमार थापा गण्डकीको कार्यबाहक मुख्यमन्त्री

श्रावण ११ पोखरागण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे स्वास्थ्य उपचारका लागि भारत जाने भएपछि सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापालाई कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।थापाले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए । थापा गण्डकीको मन्त्रिपरिषद्मा दोस्रो बरियतामा छन् ।घुँडाको उपचारका लागि भारत जान लागेका मुख्यमन्त्री पाण्डे १८ गते स्वदेश फर्किने भएका छन् । उनी शनिबार भारत प्रस्थान गर्दैछन । पुरा पढौ

सहज स्तरोन्नतिका लागि इजिप्टले सघाउने

श्रावण ९ काठमाडौँनेपालका लागि अरब गणतन्त्र इजिप्टकी राजदूत नोहा एलगेब्लीले २०८३ साल मङ्सिरमा विकासशील मुलुकमा स्तरोन्नति हुने नेपालको सहज लक्ष्य प्राप्तिमा इजिप्टले सक्दो सहयोग गर्ने बताएकी छन् ।इजिप्टको राष्ट्रिय दिवसका अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा मङ्गलबार साँझ यहाँ आयोजित स्वागत समारोहमा राजदूत एलगेब्लीले अल्पविकसित मुलुकबाट विकासोन्मुख राष्ट्रमा सहज ढङ्गले स्तरोन्नत हुन नेपाललाई आफ्नो मुलुकले सघाउने बताईन ।नेपालको आर्थिक–सामाजिक प्रगति एवं राजनीतिक स्थायित्व इजिप्टको चाहना भएको बताउँदै उनले असंलग्न आन्दोलन ९ नाम०, जी–७७ संयुक्त राष्ट्रसङ्घलगायत बहुपक्षीय मञ्चमा इजिप्ट र नेपालबीच… पुरा पढौ

अन्तरिक्षमा आफ्नै स्याटेलाइट स्थापना गर्छौँ ः प्रधानमन्त्री ओली

६ साउन काठमाडा–प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरिक्षमा आफ्नै स्याटेलाइट स्थापना गर्ने बताएका छन् ।आइतबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै उनले भने, “नेपालको स्वामित्वमा रहेको अर्बाइटल स्लट उपयोग गरी अन्तरिक्षामा आफ्नै स्याटेलाइट स्थापना गर्नेछौँ ।”उनले वैदेशिक रोजगारीका कारण उपभोक्ताको उपयोग गर्ने तरिका र मागमा परिवर्तन आएको सुनाए । वैदेशिक रोजगारीले कस्तो परिवर्तन आयो भन्ने नेपाल राष्ट्र बैंकले अध्ययन गर्ने उनले बताए ।“वैदेशिक रोजगारीले कुनकुन अवयवमा के कस्तो परिवर्तन गरेको छ, माग र आपूर्ति कहाँ बढेको छ, कहाँ घटेको छ भन्ने बारेमा… पुरा पढौ

कांग्रेस मुख्य सचेतकमा घिमिरे

फाइल फोटो
काठमाडौं, साउन ५नेपाली कांग्रेस संसदीय दलको मुख्य सचेतकमा सांसद श्यामकुमार घिमिरेलाई मनोनयन गरिएको छ । पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले शनिबार घिमिरेलाई उक्त पदमा मनोनयन गरेका हुन् । “उक्त पदमा नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता माननीय श्री शेरबहादुर देउवाज्यूले नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४)को धारा १३ को उपधारा (१) बमोजिम प्रतिनिधिसभा सदस्य माननीय श्री श्यामकुमार घिमिरेज्यूलाई मनोनयन गर्नुभएको छ,” दलको नेताको निजी सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कांग्रेस मुख्य… पुरा पढौ

प्रधानमन्त्री ओलीको विपक्षमा मतदान गर्ने तीन दलको निर्णय

काठमाडौं, साउन ४प्रतिपक्षी तीन दलले प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेका छन् ।आज सिंहदरबारमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका नेताहरूबीचको बैठकले विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।“सदनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भयो । विपक्षमा मतदान गर्ने निर्णय भएको छ,” माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले भने ।प्रधानमन्त्री ओलीले आइतबार सदनमा विश्वासको मत लिँदै छन् । प्रधानमन्त्री नियुक्त… पुरा पढौ

मन्त्रिपरिषद् समितिमा पाँच सदस्य तोकिए ।

साउन ४, काठमाडौं,सरकारले मन्त्रिपरिषद्का पाँच समिति गठन गरी संयोजक समेत तोकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार सिंहदरबारमा भएको मन्त्रिपरिषद्को बैठकले राजनीतिक, प्रशासन, आर्थिक पूर्वाधार, विधेयक र सामाजिक समितिको संयोजक तोकेको हो ।सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार बैठकले राजनीतिक समितिको संयोजकमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र आर्थिक पूर्वाधार समितिको संयोजकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई तोकेको छ ।प्रशासन समितिको संयोजकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङ, सामाजिक समितिको संयोजकमा श्रम, रोजगार तथा… पुरा पढौ