
१२ मंसिर पोखरा
पोखरा लेडी जेसिजको ३१ औं शाखा अधिबेशन तथा ३६ औं बार्षिक साधारण सभाले आगामी बर्ष २०२५ को लागि अनिता खड्का अध्यक्ष रहेको नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको कार्यकारिणी उपाध्यक्षमा नन्दकुमारी ढुंगाना तथा उपाध्यक्षहरुमा इन्दिरा तिमिल्सिना, गीता सुबेदी, बिनिता के सी, सरिता भुजेल रहेका छन ।
यसैगरि समितिको निर्देशकहरुमा मेलिना गुरुङ, यशोदा कुँवर, दिपा न्यौपाने, ममता गर्वुजा र कानुनी सल्लाहकारमा प्रमिला सुबेदी रहेका छन ।
नयाँ समितिको सचिवमा करुणा पाण्डे, कोषाध्यक्षमा सुनिता गौतम भण्डारी, सहसचिवमा सिर्जना आले (ईशा) लगायत रहेको छन ।






