राजनीति

प्रेस चौतारी पत्रकारिता पुरस्कार ईन्द्र पौडेल र प्रेस चौतारी पत्रकारिता सम्मान गणेशमान गुरूङलाई अर्पण गरिदै ।

पोखरा, १७ माघ । प्रेस चौतारी नेपाल, कास्की शाखा द्धारा सञ्चालित ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार’ यस वर्ष ईन्द्रप्रसाद पौडेललाई प्रदान गरिने भएको छ भने प्रेस चौतारी पत्रकारिता सम्मान २०८१’ अग्रज पत्रकार गणेशमान गुरूङलाई अर्पण गर्ने प्रेस चौतारी कास्कीले जनाएको छ । प्रेस चौतारीको २७ औं स्थापना दिवसको अवसरमा कास्की शाखाले पुरस्कार एवं सम्मान अर्पण गर्न लागेको हो । पुरस्कारको राशी २२ हजार २ सय २२ रहेको छ । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष तथा सल्लाहकार शान्ति गुरूङ संयोजक, पूर्व… पुरा पढौ

सहिद दिवसको अवसरमा गण्डकी प्रदेश सरकार द्धारा आयोजीत कार्यक्रमका झलक ।

गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे लगायत मन्त्रि तथा अन्य उच्च पदस्थ ब्यक्तित्वहरु द्धारा सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दैै पुरा पढौ

सहिदको बलिदानीबाट परिवर्तनका लागि काम गर्ने उर्जा प्राप्त हुन्छ ः प्रधानमन्त्री ओली

माघ १६ गते काठमाडौँप्रधानमन्त्री केपी शर्मा ओलीले सहिदहरुको बलिदानको प्रेरणाबाट परिवर्तनका लागि काम गर्ने उर्जा प्राप्त हुने बताएका छन् ।राष्ट्रिय सहिद दिवस, २०८१ का अवसरमा आज नेपाल सरकारद्वारा सिंहदरबार परिसरमा आज आयोजित मूल समारोहको कार्यक्रममा प्रधानमन्त्री ओलीले राणा शासनको अन्त्यका लागि र विभिन्न कालखण्डमा लोकतन्त्रका लागि सङ्घर्ष गरेर बलिदान दिएका महान् सहिदहरुले देशका लागि दिएको योगदान महत्वपूर्ण भएको बताएका हुन् ।प्रधानमन्त्री ओलीले सहिदहरुकै बलिदान र प्रेरणाबाट मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्राप्ति भएको र यस प्रणालीमा सम्पूर्ण शक्तिको स्रोत सार्वभौम जनता… पुरा पढौ

समृद्ध राष्ट्र निर्माणका लागि शहीदको साहस सबैका लागि प्रेरणा ः उपराष्ट्रपति

माघ १६ गते काठमाडौँउपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वावलम्बी अर्थतन्त्रसहित सामाजिक तथा आर्थिक रुपमा सबल, सुदृढ र विकसितमुलुक निर्माणका लागि शहीदहरुको साहस सबैका लागि प्रेरणा भएको उल्लेख गरेका छन्।शहीद दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, समावेशिता, सबैखाले विभेद्को अन्त्य, सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्नुहुने सहीदहरुलाई स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरे ।उपराष्ट्रपति यादवले नेपालको पवित्र धर्तीमा कैयौंँ महान सपूतहरु÷वीरवीरङ्गनाहरुले जन्म लिएका र उनीहरुले लोकतन्त्र, समानता, पहिचान, सहअस्तित्व, सदाचार, सद्व्यवहार, समान अधिकारका लागि प्राणको आहूति… पुरा पढौ

देश र जनताप्रति समर्पित भएर लाग्ने प्रेरणा मिलोस्ः प्रदेश प्रमुख भट्ट

पोखरा, १६ माघ पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सहिद दिवसले देश र जनताप्रति समर्पित भएर लाग्नका लागि सम्पूर्ण पक्षहरुलाई प्रेरणा मिल्ने अपेक्षा गर्नुभएको छ । सहिद दिवस, २०८१ को अवसरमा सन्देश जारी गर्दै भट्टले राष्ट्र, राष्ट्रियता, समानता, स्वतन्त्रता, नागरिक हक अधिकारको रक्षा, लोकतन्त्रको स्थापना लगायतका न्यायपूर्ण आन्दोलनहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात–अज्ञात अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । प्रदेश प्रमुख भट्टले निरङ्कुश तानाशाही व्यवस्थाविरुद्धको संघर्षमा आफ्नो जीवन बलिदान गर्ने सहिदहरूको सपना पूरा गर्न दिगो… पुरा पढौ

एमालेको संसदीय दलको बैठक – देशलाई पछ्यौटेपनबाट उन्नतस्तरमा लान सरकार अग्रसर छः प्रधानमन्त्री ओली

माघ १५ गते काठमाडौँप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएका विभिन्न अध्यादेशप्रति आम रूपमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको बताएका छन् ।यही माघ १८ गतेदेखि सुरु हुने सङ्घीय संसद्को हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा आज बसेको एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै केही गरौँ भन्ने युवालाई स्वदेशमा काम गर्ने उचित वातावरण दिन, जनताका सेवामा प्रभावकारिता ल्याउन र उद्योग–व्यवसाय सञ्चालनका लागि सहज वातावरण बनाउन अध्यादेश ल्याइएको स्पष्ट गरे ।उनले जारी अध्यादेशबाट २९ वटा कानुनमा संशोधन गरिएको जानकारी दिँदै अब… पुरा पढौ

गण्डकी प्रदेशको स्थापना दिवस माघ २२ गते मनाइने ।

माघ १२ गते ,पोखरागण्डकी प्रदेशको स्थापना दिवस माघ २२ गते मनाइने भएको छ । यसअघि प्रदेश सभा र प्रदेश सरकारको स्थापना दिवस अलग अलग मनाइने गरिएको थियो भने यस पटक देखि एकै दिन मनाउन लागिएको हो ।२०७४ माघ २२ गते गण्डकीमा पहिलो संसद् बैठक बसेको भएकाले त्यसै दिनलाई प्रदेश सभाले आफ्नो स्थापना दिवसका रुपमा मनाउँदै आएको थियो भने २०७४ फागुन ४ गते संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सपथ लिएको दिनलाई प्रदेश स्थापना दिवसका रुपमा प्रदेश सरकारले स्थापना दिवस मनाउदै आएको थियो… पुरा पढौ

जनता र विकासलाई केन्द्रमा राखेर काम गर्नुपर्छः राष्ट्रपति पौडेल

१० माघ काठमाडौंराष्ट्रपति रामचन्द्र पौडेलले संविधान र लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्डका रुपमा रहेका निकायले जनता र विकासलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताएका छन् । जिल्ला समन्वय समितिका प्रमुख एवम् उपप्रमुख र जिल्ला समन्वय समिति महासङ्घ नेपालका पदाधिकारीसँग राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटघाट कार्यक्रममा सो धारणा व्यक्त गरेका हुन् ।‘विभिन्न कठिनाइका बावजुद तीन तहका सरकार, निजी क्षेत्र, गैरसरकरी क्षेत्रको काममा जिल्ला समन्वय समितिका प्रमुख एवम् उपप्रमुखहरुले समन्वय र अनुगमन गर्ने जस्तो महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहेको बताउदै संविधान र लोकतान्त्रिक… पुरा पढौ

पोखरा महानगरको कर्मचारी सम्बन्धि विषयका कारण एमाले र कांग्रेसको बिबाद चुलिदै ।

७ माघ पोखरापोखरा महानगरपालिकामा निर्बाचित नेपाली कांग्रेसका जनप्रतिनिधिहरुले महानगरपालिकाका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका छन । सोमबार पोखरा महानगरको नगरसभा आन्तरिक बिबादका कारण स्थगित गरिएपछि कांग्रेस सम्बद्ध जनप्रतिनिधिहरुले मेयर धनराज आचार्य र उपमेयर मंजुदेबी गुरुङ सहित प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबंदी गरे।हिउँदे अधिवेशनका रुपमा मानिने पोखरा महानगरपालिकाको १६ औं नगर सभा पुस २८ देखि सुरु भएको हो । त्यो बेला केही कार्यविधि र ऐन संशोधनका लागि सभामा पेस भएका थिए । सभामा पेस भएका कार्यविधि तथा ऐनको… पुरा पढौ

नेपाल न्यायोचित र अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रिय हितका पक्षमा छ ः प्रधानमन्त्री ओली

७ माघ काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल न्यायोचित र अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रिय हितका पक्षमा रहेको स्पष्ट गरेका छन् । नेकपा (एमाले) को परराष्ट्र मामिला विभागद्वारा आज आयोजित ‘नेपालको परराष्ट्र नीतिबारे सांसद संवाद’ कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले साना र ठूला राष्ट्रको हित समान हित हो भन्ने मान्यताका साथ नेपालको सार्वभौमिकता, स्वाभिमान र भौगोलिक अखण्डताका पक्षमा नेपाल सदैव कटिबद्ध रहने स्पष्ट पारे ।“हामी हाम्रो राष्ट्रिय हितका कुरा गरिहँदा विश्व शान्ति र मानवीय हितलाई पनि सँगै राखेर हेर्ने गर्छौं । संयुक्त… पुरा पढौ