राजनीति

प्रेस चौतारी अध्यक्षमा पाण्डे

चैत्र १२ विराटनगरप्रेस चौतारी नेपालको आइतबारदेखि विराटनगरमा सुरु भएको १० औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा गणेश पाण्डे निर्वाचित भएका छन् । प्रेस चौतारीका निवर्तमान अध्यक्ष गणेश बस्नेतले अध्यक्षमा गणेश पाण्डेसहित उपाध्यक्ष चेतन अधिकारी, उपाध्यक्ष (महिला) कृपा भण्डारी र महासचिव हिरामान लामाको नाम घोषणा गरेका हुन् । अध्यक्षका दाबेदार राजेश राईले अन्तिम समयमा उम्मेदवार फिर्ता लिएपछि पाण्डेलाई अध्यक्ष घोषणा गरिएको हो । राईले मतदान प्रक्रियाबाट नेतृत्व चयन हुनुपर्ने माग राख्दै आएका थिए ।उपमहासचिवमा हरिबल्लभ नेपाल, सचिव (संगठन) मा विष्णु तारुके, सचिव (अर्थ)… पुरा पढौ

स्थानीय तहको काम स्थानिय तह मै छोड्नु पर्ने , उपप्रधानमन्त्रि पौडेल

२०८१ फाल्गुण २८ काठमाडौउपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्थानीय तह र प्रदेशले गर्ने काम स्थानिय तह मै छोड्नु पर्ने बताएका छन । सङ्घ सरकारले संविधान र सङ्घीयताको मर्म तथा भावनाविपरीत हुने गरि सवै काम गर्न नहुने बताएका छन् ।आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटबारे अर्थ मन्त्रालयले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग गरेको छलफलमा अर्थमन्त्री पौडेलले स्थानीय तह र प्रदेशले गर्ने काम अब सङ्घले गर्न नहुने बताए ।संविधानमा सङ्घको एकल अधिकार अनुसूची ५ मा, प्रदेशको एकल अधिकार अनूसूची ६… पुरा पढौ

पूर्व राजा ज्ञानेन्द्र शाहलाई काठमाडौँमा भब्य स्वागत

२६ फाल्गुण काठमाडौँपूर्वराजा ज्ञानेन्द्र शाह केहि समयको पोखरा बसाईंपछि आइतबार काठमाडौँ फर्किएका छन । करिब १ महिना लामो गण्डकी प्रदेशको बसाई पछि पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार काठमाडौँ फर्किएका हुन । उनी काठमाडौँ फर्किँदा त्रिभुवन विमानस्थल क्षेत्रमा ठुलो संख्यामा उपस्थित राजावादीहरुले राष्ट्रिय झण्डासहित स्वागत गरे ।उनलाई स्वागत गर्न राजावादीले केही दिनदेखि नै सार्वजनिक रुपमा आह्वान गरेका थिए । जसअनुसार राप्रपा, राप्रपा नेपाल सहित दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका साथै विभिन्न धार्मिक र राजावादी संघ÷संगठनका प्रतिनिधिहरु… पुरा पढौ

राष्ट्रियसभाद्वारा सरकारको ध्यानाकर्षण

फाल्गुण ११ गते काठमाडौँ,राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सभाको आकस्मिक, शून्य र विशेष समयमा सांसदले उठाएका विषयको सम्बन्धित मन्त्रीबाट सात दिनभित्र जवाफ दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।सभाको आजको बैठकमा उनले राष्ट्रियसभा नियमावली, २०७५ मा भएको सो व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए । राष्ट्रियसभा नियमावलीमा नेपाल सरकारले बनाएको प्रत्यायोजित विधायन र सार्वजनिक नीति सम्बन्धित निकायबाट स्वीकृत भएको १५ दिनभित्र सांसदलाई वितरण गर्ने प्रयोजनार्थ सभालाई उपलब्ध गराउनुपर्ने व्यवस्था छ ।यस्तै आकस्मिक, शून्य र विशेष समयमा सांसदहरूले उठाएका विषयको जवाफ सम्बन्धित… पुरा पढौ

तथ्यभन्दा बाहिर गएर राजनीतिक दल र नेतालाई गाली गर्नु गलत ः महासचिव पोखरेल

पोखरा, ९ फागुन नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले तथ्यभन्दा बाहिर गएर राजनीतिक दल र नेतालाई गाली गर्ने गलत काम भइरहेको बताएका छन् । वडा केन्द्रित अभियानको सन्दर्भमा पार्टी कास्की जिल्ला कमिटीले शुक्रबार पोखरामा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले देशको समस्या अस्थिर सरकार भएपनि तथ्य बाहिर गएर प्रचारबाजी भएको बताए । एउटै दलले बहुमत नपाउनु, साना दल धेरै हुनु, समीकरण फेरिइरहनु अस्थिर सरकारको कारण भएकोतर्फ महासचिव पोखरेलले इंगित गरे । छिमेकी देश चीन र भारतमा स्थिर सरकार हुँदा विकासमा फड्को… पुरा पढौ

एमाले घर–घर पार्टी निर्माण अभियानमा

पोखरा, ९ फागुनसंगठन विस्तारको उद्देश्यसहित नेकपा (एमाले)ले थालेको वडा केन्द्रीत पार्टी निर्माण अभियान २०८१ कास्कीमा आज देखि सुरू हुँदैछ । टोलसम्म पार्टी कमिटी विस्तार गर्ने, सदस्यता नवीकरण तथा वितरण गरेर संगठन विस्तार गर्ने पार्टी केन्द्रीय कमिटीको उद्देश्यअनुसार कास्कीमा शुक्रबारदेखि तीन महिना लामो अभियान सुरू गर्न लागिएको हो ।अभियानको सुरूआत जिल्लाका एमाले नेता–कार्यकर्तालाई अभिमुखीकरण गराएर हुने नेकपा (एमाले)कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए । पोखरा सभागृहबाट कार्यक्रम सुरू हुदैछ । कार्यक्रममा सहभागी हुन पार्टी महासचिव शंकर पोखरेल ,उपमहासचिव एवं सञ्चार… पुरा पढौ

पोखरामा बिहीबार राप्रपाको विरोध सभा हुने

फागुन ७ गते पोखराराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गण्डकी प्रदेशले फागुन ९ गते शुक्रबार पोखरामा विरोध सभा गर्दै छ । केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनको उपस्थितिमा राप्रपाले पोखरामा विरोध सभा गर्न लागेको हो ।नवीन समझदारीमार्फत मुलुकलाई निकास दिने उद्देश्यले विरोध सभा आयोजना गरिएको राप्रपा गण्डकी अध्यक्ष पञ्चराम गुरुङले बताए । पोखरामा बुधबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष गुरुङले भ्रष्ट्राचार र कुशासनको भण्डारफोर गर्न विरोध सभा आयोजना गरिएको बताए ।‘हामीले ४२ बुँदे ज्ञापनपत्र बुझायौं । प्रधानमन्त्रीदेखि स्थानीय तह, जिल्लामा गएर ज्ञापनपत्र बुझाइसकेका छौं तर,… पुरा पढौ

‘वर्तमान संविधान निर्माणको महत्वपूर्ण जग २००७ सालको क्रान्ति , प्रदेश प्रमुख भट्ट

पोखरा, ७ फागुन गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले ७५ औं प्रजातन्त्र दिवसको अवसरमा गण्डकी प्रदेशबासीका साथै सम्पूर्ण नेपालमा शुभकामना व्यक्त गर्नुभएको छ ।नागरिक अधिकार सुनिश्चित गर्दै लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्नका लागि भएका संघर्षहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उहाँले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौं आन्दोलनहरूलाई पथप्रदर्शन गरेका अग्रजहरूप्रति हार्दिक सम्मान एवम् श्रद्धा प्रकट गर्नुभएको छ ।एक शुभकामना सन्देश जारी गर्दै उहाँले मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ भन्ने मान्यतालाई जनताको संघर्ष तथा सहिदको… पुरा पढौ

प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न थप कसरत आवश्यकः प्रदेश प्रमुख भट्ट

२२ माघ पोखरा,गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न थप कसरत गर्नुपर्ने बताए । आज गण्डकी प्रदेश सभा र गण्डकी सरकारले सँयुक्त रुपमा पोखरा आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख भट्टले प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न सरोकारवाला निकायले थप कसरत गर्नुपर्ने धारणा राखे ।े नेपालको संविधान, संवैधानिक कार्यसूची, प्रचलित कानून, संघीयताको मर्म अनुसार नागरिकसामू जिम्मेवार भई काम गर्नुपर्ने उल्लेख गर्दै प्रदेश प्रमुख भट्टले, ‘नागरिकसामू जिम्मेवार भई उहाँहरुका अपेक्षा तथा चाहना गण्डकी प्रदेश सभा र गण्डकी प्रदेश… पुरा पढौ

बहुमत प्राप्त पार्टी बनाउन हामीबीच एकता हुनु जरुरी ः सभापति देउवा

माघ २१ पोखरापूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता तथा कार्यकर्ताबीच एकताबद्ध रुपमा सङ्गठित भएर अब कांग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउनुपर्ने बताएका छन् ।नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आज पोखरामा आयोजित प्रदेश सभापति तथा प्रशिक्षण विभाग प्रमुखका लागि सङ्गठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै पार्टी सभापति देउवाले विद्यमान समावेशी एवं समानुपातिक राजनीतिक प्रणालीका कारण एउटा पार्टीको बहुमत आउन गाह्रो भए पनि एकताबद्ध प्रयास भएमा कांग्रेसले बहुमत ल्याउने बताए ।साथै देउवाले अहिले हामीले समावेशी एवं… पुरा पढौ