राजनीति

जेन–जी आन्दोलन ः देशव्यापी प्रदर्शनमा १८ जनाको मृत्यु, सयौैं घाइते

२३ भाद्र, पोखरा नेपाल सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयसँगै शासकीय व्यवस्थाविरुद्ध जेन–जी पुस्ताका युवाहरू सडकमा उत्रिएका छन्। काठमाडौंसहित देशका प्रमुख सहरमा भडकिएका प्रदर्शनहरू प्रहरीसँगको झडपमा परिणत हुँदा अहिलेसम्म १८ जनाको मृत्यु भएको छ भने दुई सय पचासभन्दा बढी घाइते भएका छन्। काठमाडौँमा मात्रै १६ जनाको ज्यान गएको छ भने उपत्यकाबाहिर इटहरी सहितका क्षेत्रमा थप दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । संघीय संसद भवन क्षेत्रको झडपपछि मृतक र घाइतेको संख्या तीव्ररूपमा बढेको बताइन्छ । पोखरा, झापा, मोरङ लगायतका… पुरा पढौ

एमालेको विधान महाधिवेशन ः प्रतिवेदनमा छलफलका लागि दश समूह विभाजन

२०८२ भदौ २१ गते नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशनमा प्रस्तुत दस्ताबेजमाथि प्रतिवेदनमा छलफलका लागि दश समूह विभाजन गरिएको छ । महाधिवेशनको दोस्रो दिनको बन्दसत्रमा सबै प्रतिवेदन पेस भइसकेपछि दश समूह विभाजन घोषणा गरिएको हो । सात भौगोलिक प्रदेश, उपत्यका विशेष, जनसङ्गठन र सम्पर्क समन्वय र प्रवास तथा केन्द्रीय निकाय एवं आयोजक गरी दश समूह बनाइएको छ । यी समूहले राजनीतिक, साङ्गठनिक प्रस्ताव र विधान संशोधन प्रस्ताव तथा केन्द्रीय आयोगबाट प्रतिवेदन प्रस्तुत भएको थियो । महाधिवेशन ललितपुरको गोदावरीमा… पुरा पढौ

दीपक मनाङे पदमुक्त, मनाङमा कात्तिक १७ गते उपनिर्वाचन हुने

२०८२ भदौ ९ गते ,पोखरा सर्वोच्च अदालतले दीपक मनाङे (राजीव गुरुङ) लाई पदमुक्त गर्ने फैसलाको पूर्णपाठ सार्वजनिक गरेसँगै निर्वाचन आयोगले मनाङ प्रदेश सभा २ मा कात्तिक १७ गते उपनिर्वाचन गर्ने भएको छ । सर्वोच्चको फैसलाको पूर्णपाठ नआउँदा अन्योलमा रहेको आयोगले सोमबार फैसला सार्वजनिक भएलगत्तै उपनिर्वाचनको मिति टुङ्गो लगाएको हो । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले रुपन्देही–३ सँगै मनाङमा पनि सोही मितिमा निर्वाचन गराउन दल दर्ता लगायतका प्रक्रिया छोट्याइने जानकारी दिए । ‘सर्वोच्च अदालतको फैसलाले अब आयोगलाई प्रक्रिया अघि… पुरा पढौ

बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका बानियाँ नियुक्त,

२० श्रावण हेटौँडा, नेपाली कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त भएका छन्। बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मंगलवार बानियाँलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। सोमबार नेपाली कांग्रेसको ३७ र नेकपा एमालेको २७ सांसदको समर्थन सहित मुख्यमन्त्रीको लागि दाबी पेस गरेका बानियाँलाई मंगलवार प्रदेश प्रमुख देवकोटाले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यस अगाडिका मुख्यमन्त्री बहादुर सिंह लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि रिक्त रहेको मुख्यमन्त्री पदमा कांग्रेस संसदीय दलका नेता बानियाँले एमाले संसदीय दलका नेता… पुरा पढौ

एमाले गण्डकी प्रदेश कमिटीको चौथो पूर्ण बैठक पोखरामा सुरु

साउन१७,पोखरा। नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको चौथो पूर्ण बैठक पोखरामा सुरु भएको छ। बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले २०८४ सालमा एकल बहुमतको सरकार बनाउने लक्ष्यसहित विधान संशोधन प्रस्ताव ल्याइएको जानकारी दिनुभयो। महासचिव पोखरेलले समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई सफल बनाउन मिसन र भिजनसहितको सबल नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै त्यसकै आधारमा संशोधन प्रस्ताव अघि सारिएको बताउनुभयो। उहाँले जनताले विश्वास गरिसकेको पार्टीलाई अब अत्यधिक बहुमतले स्वीकार्ने वातावरण बनाउन विशेष ध्यान दिन जरुरी रहेको धारणा… पुरा पढौ

प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८२ पारित

असार १४ काठमाडौँ, प्रतिनिसभाबाट आर्थिक विधेयक, २०८२ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । उक्त विधेयक बहुमतले पारित भएको हो । आजको बैठकमा आर्थिक विधेयक, २०८२ माथि प्राप्त संशोधनहरु माथि छलफल भएको थियो । संशोधन प्रस्तावमाथिको छलफलका क्रममा छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले कर नीतिमा स्थिरता कायम गरी लगानीको वातावरण बनोस् भन्ने उद्देश्यसहित धेरै हेरफेर नभएको बताए । करको दायरा विस्तार गर्ने, राजस्व… पुरा पढौ

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ३५ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

फाईल तस्बिर
काठमाडौँ, विशेष अदालतले पतञ्जलि योगपीठलाई हदबन्दी छुटमा जग्गा दिन मन्त्रिपरिषद्बाट निर्णय गराएको विषयमा भ्रष्टाचारको आरोप लागेका पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा बुधबार विशेष अदालतमा भएको बयान र थुनछेक बहसपछि अदालतले नेपाललाई धरौटीमा छोड्न आदेश दिएको हो। फैसला विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासबाट भएको हो। नेपालको पक्षबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, खम्बबहादुर खाती,… पुरा पढौ

दमौलीमा खानेपानी संकटः एक गाग्री पानीका लागि घन्टौँ लाइन ।

असार १२, तनहुँ तनहुँ जिल्लाको सदरमुकाम दमौलीमा खानेपानी अभाव चुलिँदै गएको छ। व्यास–४ मा रहेको दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको वितरण प्रणाली अवरुद्ध भएपछि स्थानीयवासीलाई पानीको चरम अभाव भएको हो । व्यास–२ र ३ का बासिन्दा अमरापुरीस्थित प्रेम कुवा, पानी घट्टा र पञ्चमन्दिर जस्ता वैकल्पिक स्रोतमा भर पर्न बाध्य छन्। एक गाग्री पानीका लागि बिहानैदेखि लामबद्ध हुनुपरेको स्थानीयको गुनासो छ। धाराबाट पानी आउन छाडेपछि सर्वसाधारण सार्वजनिक कुवा र धारातर्फ धाउँन बाध्य छन्। मंगलबार साँझदेखि पानी वितरण बन्द भएपछि कुवा… पुरा पढौ

भिजिट भिसाबारे गठित उच्चस्तरी छानविन समितिको कार्यादेशबारे सदनलाई जानकारी

असार १० गते,काठमाडौँ, गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे गठित उच्च स्तरी छानविन समितिको कार्यादेशबारे सदनलाई जानकारी गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै उनले सो समिति गठन र कार्यादेशका बारेमा जानकारी गराएका हुन । उनले भने, “अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट हाल भइरहेको अनुसन्धानकार्यमा असर नपर्ने गरी अध्यागमन व्यवस्थापन, भिजीट भिसालगायत अन्य भिसा र सोबाट सृजित समस्याका सम्बन्धमा अध्ययन एवं छानबिन गरी देहायका क्षेत्रमा केन्द्रीत रही सुझावसहितको प्रतिवेदन पेश गर्ने समितिको कार्यक्षेत्र रहेको छ । ”अध्यागमन व्यवस्थापन, भिजिट… पुरा पढौ

प्रभावकारी सेवा प्रवाहबाट कर्मचारीतन्त्रले नागरिकको मन जित्नुपर्छः पौडेल

२०८२ असार १ गते काठमाडौँ,। राष्ट्रपति रामचन्द्र पौडेलले सहज, सरल र प्रभावकारी तवरले सेवाप्रवाह गरेर कर्मचारीतन्त्रले नागरिकको मन जित्नसकेमा लोकतन्त्र दरिलो हुने वास्तविकतालाई मनन गरेर राष्ट्रसेवकहरूले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । लोक सेवा आयोगको आज यहाँ आयोजित हीरक जयन्ती समारोहमा उनले स्थायी सरकारका रूपमा रहेको कर्मचारीतन्त्रले आधुनिक विधि, प्रविधि र दक्ष जनशक्तिको प्रयोग गरी सुशासनको मर्मअनुरुप काम गरेमा सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीमा जनताका चाहनालाई सम्बोधन गर्न सकिने बताए । उनले भने “अब सहज, सरल र प्रभावकारी तवरले सेवाप्रवाह… पुरा पढौ