राजनीति

राष्ट्रपति पौडेलको अगुवाईमा सर्वदलिय बैठकमा, निर्बाचनमा केन्द्रित हुन दलहरुलाई आग्रह

२४ असोज पोखरा राष्ट्रपति पौडेलले शुक्रवार शीतल निवासमा आह्वान गरेको अन्तरिम सरकारसहितको सर्वदलीय बैठकमा उक्त आग्रह गरेका हुन । राष्ट्रपति पौडेलले शान्ति सुरक्षाको आवश्यक प्रवन्ध गरी निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउने विश्वास आम नागरिकलाई दिलाउन सरकारलाई सुझाव दिएको प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । राष्ट्रपति पौडेलले लोकतन्त्रको रक्षाका लागि सबै मिलेर निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिए । पौडेलले राजनीतिक दलहरूमा कुनै द्धिविधा र अस्पष्टता भए बैठकमा राख्न आग्रह गर्दै निर्वाचनबाहेक अन्य विकल्प खोज्न थालियो भने यसले देशलाई कहाँ… पुरा पढौ

हराएका तथा चोरी भएका जिन्सी समान फिर्ता गर्ने सम्बन्धी, मुख्य मन्त्रि तथा मन्त्रि परिषदकोे कार्यालय गण्डकी प्रदेशको अनुरोध ।

हराएका तथा चोरी भएका जिन्सी समान फिर्ता गर्ने सम्बन्धी, मुख्य मन्त्रि तथा मन्त्रि परिषदकोे कार्यालय गण्डकी प्रदेशको अनुरोध । पुरा पढौ

कास्की प्रशासनले नयाँ नागरिकता लगायत थप सेवा सुचारु गर्ने

पोखरा, असोज ७, २०८२ जिल्ला प्रशासन कार्यालय कास्कीले तोडफोड, आगजनी तथा लुटपाटका कारण क्षतिग्रस्त भएको कार्यालयको मर्मत पश्चात नयाँ सेवाहरू विस्तार गर्ने भएको छ । कार्यालयले सार्वजनिक गरेको विज्ञप्ति अनुसार, २०८२ भाद्र २४ गतेको घटनापछि आंशिक रूपमा मात्र सेवा प्रदान गर्दै आएकोमा भाद्र २९ गते देखि केही सेवा सञ्चालनमा ल्याइसकेकाले, असोज ८ गते देखि थप सेवा विस्तार गरिने भएको हो । नवीन रूपमा सुरु हुने सेवामा नयाँ नागरिकता वितरण, आगजनी पश्चातको प्रक्रिया अनुसार राहदानी विभागबाट प्राप्त भएका राहदानी वितरण (रजिस्टर्ड… पुरा पढौ

पछिल्लो दुई दिनमा ६५६ कैदीबन्दी कारागार फर्किए

२०८२ असोज ७ गते पोखरा ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न परिस्थितिपछि कारागारबाट भागेका कैदीबन्दी मध्ये हालसम्म ६ हजार ९८४ कैदीबन्दीलाई फर्काइएको छ । कारागार व्यवस्थापन विभागका अनुसार अझै ७ हजार ५७२ कैदीबन्दी फरार छन् । पछिल्लो दुई दिनमा छ सय ५६ जना कैदीबन्दीलाई कारागारमा फर्काइएको विभागका निर्देशक चोमेन्द्र न्यौपानेले राससलाई जानकारी दिए । कैदीबन्दीहरू दैनिकजसो कारागारमा आइरहेका उनको भनाइ छ । गत भदौ २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा कारागारमा तोडफोड र आगजनी हुन थालेपछि कैदीबन्दी भागेका थिए । भागेका कैदीबन्दीको… पुरा पढौ

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार ः मन्त्रिपरिषद् नौ सदस्यीय बन्यो, आइतबार थप पाँच जना मन्त्री नियुक्त

काठमाडौँ, २०८२ असोज ६ प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको वर्तमान अन्तरिम सरकारले आइतबार थप पाँच जना मन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्को संरचना नौ सदस्यीय पुगेको छ। नयाँ नियुक्त मन्त्रीहरूले आज एक कार्यक्रमका बिच शपथ ग्रहण सम्पन्न भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पत्रकार जगदीश खरेललाई दिइएको छ । लामो समयदेखि टेलिभिजन पत्रकारितामा सक्रिय खरेल हालसम्म इमेज टिभीका समाचार प्रमुख थिए । पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गरेका खरेल हाल अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा विद्यावारिधी अध्ययनरत छन् । शिक्षा, विज्ञान तथा… पुरा पढौ

जेन–जी’ आन्दोलन ः करिब २१ अर्ब रुपैयाँ बराबरको बीमा दाबी

काठमाडौँ, २०८२ असोज ६ गत भदौ २३ र २४ गते भएको ‘जेन–जी’ आन्दोलनका क्रममा विभिन्न भौतिक संरचनामा भएको क्षतिको क्षतिपूर्ति स्वरूप हालसम्म करिब २० अर्ब ७० करोड रुपैयाँ बराबरको बीमा दाबी दर्ता भएको छ। नेपाल बीमा प्राधिकरणका अनुसार विभिन्न १८ वटा निर्जीवन बीमा कम्पनीमा जम्मा एक हजार ९८४ वटा दाबी दर्ता भएका छन्। तीमध्ये सबैभन्दा बढी दाबी ‘द ओरियन्टल इन्स्योरेन्स कम्पनी’मा परेको छ, जसअन्तर्गत ४० वटा दाबीमार्फत करिब पाँच अर्ब १४ करोड रुपैयाँ बराबर क्षतिपूर्ति माग भएको छ। त्यसपछि ‘सिद्धार्थ… पुरा पढौ

संविधानले नेपाली समाजलाई राष्ट्रिय एकताको सूत्रमा बाँधेको छ : राष्ट्रपति पौडेल

फाईल तस्बिर
काठमाडौँ, असोज ३ राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक र भौगोलिक विविधतायुक्त नेपाली समाजलाई समान अधिकारसहित राष्ट्रिय एकताको सूत्रमा बाँधेको बताउनुभएको छ। संविधान दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले विगतका विभेद र उत्पीडनको अन्त्य संविधानमार्फत् भएको उल्लेख गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको बाटो खोल्ने विश्वास व्यक्त गर्नुभयो। राष्ट्रपतिले संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाज र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको भन्दै सेवामा समान पहुँच र सामाजिक सुरक्षामा जोड दिनुभयो। उहाँले प्राकृतिक… पुरा पढौ

नव युवापुस्ताको भावनालाई सम्बोधन गरी संविधानको स्वीकार्यता अझ फराकिलो बनोस्,प्रदेश प्रमुख भट्ट

पोखरा, ३ असोज । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को अवसरमा प्रदेशवासीसँगै सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । हालै नव युवापुस्ताले गरेको आन्दोलनका क्रममा शहादत प्राप्त गरेकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ ।नव युवानेतृत्वको आन्दोलनपश्चात् शान्तिपूर्ण निकासका साथ मुलुक अघि बढिरहेको जनाउँदै उहाँले संविधान, संसदीय प्रणाली र संघीय लोकतन्त्र गणतन्त्र कायम राख्न सफल भएको उल्लेख गर्नुभएको छ । प्रदेश प्रमुख भट्टले भन्नुभएको छ – ‘फागुन २१ गते… पुरा पढौ

ध्वस्त संरचना पुनःनिर्माणमा सहयोग गर्न नागरिकलाई प्रधानमन्त्रीको आग्रह

पोखरा, भाद्र २९ प्रधानमन्त्री सुशीला कार्कीले हालैको जेन–जी आन्दोलन क्रममा ध्वस्त पारिएका संरचनाहरूको पुनःनिर्माणमा नागरिक तहबाटै सहयोग गर्न आग्रह गर्नुभएको छ । आइतबार सिंहदरबारमा पदभार ग्रहणपछि आयोजित उच्चपदस्थ सरकारी अधिकारीहरूसँगको परिचयात्मक कार्यक्रममा उहाँले, “हामी आफ्नै पहल र आफ्नै जनशक्तिबाट संरचना पुनःनिर्माण गर्न सक्छौँ,” भन्दै नागरिक सहभागिताको आवश्यकता औंल्याउनुभयो । उहाँले उदाहरण दिँदै भन्नुभयो, “सानोतिनो भए पनि तराईमा बाँसका भाँटाजोडेर प्रहरी चौकी बनाउन सकिन्छ । सस्तो तर उपयोगी संरचना हामी आफैं बनाउन किन नहुने ? यसरी पनि हामीले क्षमताको परिचय दिनुपर्छ… पुरा पढौ

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो

पोखरा, भाद्र २९ जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ। प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा मुख्यसचिव एकनारायण अर्यालले औपचारिक जानकारी दिएका हुन्। उनका अनुसार, आन्दोलनमा संलग्न ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी गरी हालसम्म ७२ जनाको मृत्यु भइसकेको छ। साथै १३४ जना प्रदर्शनकारी र ५७ जना सुरक्षाकर्मी घाइते भएको विवरण सार्वजनिक गरिएको छ। भदौ २३ गतेदेखि सुरु भएको यो आन्दोलन भ्रष्टाचारविरुद्धको आक्रोश र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधमा व्यापक रूपमा फैलिएको हो। विभिन्न… पुरा पढौ