भदौ १९ गते काठमाडौँ, दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायहरुको साझा मञ्च (फेम्बोसा)को १२औँ अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा सुरु भएको छ । निर्वाचन आयोग नेपालको आयोजनामा आजदेखि सुरु भई दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा जलवायु परिवर्तन, सामाजिक सञ्जाल र बसाइँसराइले निर्वाचनमा पारेको प्रभावका विषयमा छलफल हुनेछ । ‘निर्वाचनका उदीयमान प्रवृत्तिः जलवायु परिवर्तन, सामाजिक सञ्जाल र बसाइँसराइ’ विषयमा सुरु १२औँ फेम्बोसा सम्मेलनको आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे। सम्मेलनमा नेपालसहित भारत, माल्दिभ्स, श्रीलङ्काका निर्वाचन आयोगका अध्यक्ष तथा उच्च पदाधिकारीसहित १० जना…
पुरा पढौ