सूचना प्रविधि

पोखरामा वर्षा जारी, गण्डकीसहित तीन प्रदेशमा भारी वर्षा हुने

श्रावण ८ पोखराहाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ । जसको प्रभावले पोखरामा गएराति भारी वर्षा भएको थियो भने मंगलबार बिहान पनि वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । गण्डकी, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी… पुरा पढौ

अन्तरिक्षमा आफ्नै स्याटेलाइट स्थापना गर्छौँ ः प्रधानमन्त्री ओली

६ साउन काठमाडा–प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरिक्षमा आफ्नै स्याटेलाइट स्थापना गर्ने बताएका छन् ।आइतबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै उनले भने, “नेपालको स्वामित्वमा रहेको अर्बाइटल स्लट उपयोग गरी अन्तरिक्षामा आफ्नै स्याटेलाइट स्थापना गर्नेछौँ ।”उनले वैदेशिक रोजगारीका कारण उपभोक्ताको उपयोग गर्ने तरिका र मागमा परिवर्तन आएको सुनाए । वैदेशिक रोजगारीले कस्तो परिवर्तन आयो भन्ने नेपाल राष्ट्र बैंकले अध्ययन गर्ने उनले बताए ।“वैदेशिक रोजगारीले कुनकुन अवयवमा के कस्तो परिवर्तन गरेको छ, माग र आपूर्ति कहाँ बढेको छ, कहाँ घटेको छ भन्ने बारेमा… पुरा पढौ

मन्त्रिपरिषद् समितिमा पाँच सदस्य तोकिए ।

साउन ४, काठमाडौं,सरकारले मन्त्रिपरिषद्का पाँच समिति गठन गरी संयोजक समेत तोकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार सिंहदरबारमा भएको मन्त्रिपरिषद्को बैठकले राजनीतिक, प्रशासन, आर्थिक पूर्वाधार, विधेयक र सामाजिक समितिको संयोजक तोकेको हो ।सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार बैठकले राजनीतिक समितिको संयोजकमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र आर्थिक पूर्वाधार समितिको संयोजकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई तोकेको छ ।प्रशासन समितिको संयोजकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङ, सामाजिक समितिको संयोजकमा श्रम, रोजगार तथा… पुरा पढौ

गण्डकी विश्वविद्यालयले ‘एआई’ विषय पढाउने

श्रावण ३, पोखरागण्डकी प्रदेशको राजधानी पोखरास्थित गण्डकी विश्वविद्यालयले नेपालमै पहिलो पटक एआई पढाउने भएको छ । यसका लागि विश्वविद्यालयले मास्टर अफ इन्फर्मेसन टेक्नोलोजी आर्टिफिसियल इन्ट्लीजेन्स कार्यक्रम सार्वजनिक गरेको छ ।सेप्टेम्बर महिना अर्थात भदौ १६ बाट एमआइटी एआईको कक्षा सुरु हुने विश्वविद्यालयले जनाएको छ । कार्यक्रम सुरुआत गर्दै गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले एमआइटी एआई विषय समय सान्दर्भिक भएको बताए ।प्राविधिक शिक्षा आजको आवश्यकता रहेको भन्दै उनले बजारले खोजेको शिक्षा उपलब्ध गराउन विश्वविद्यालयलाई निर्देशन दिए । उनले… पुरा पढौ

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै आज २१ मन्त्रीले एकैसाथ शपथ

३१ असार काठमाड.डौनवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै आज २१ मन्त्रीले एकैसाथ शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार शीतलनिवासमा आयोजित समारोहमा प्रधानमन्त्रीलाई शपथ खुवाएपछि राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले मन्त्रीहरूलाई शपथ गराएका हुन् । ओलीले उनले देश र जनताको नाममा शपथ लिएका हुन्।शपथ ग्रहणपछि निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुर्सी हस्तान्तरण गरेका छन्। प्रधानमन्त्री ओलीले सपथ लिएपछि राष्ट्रपति पौडेलले उपप्रधानमन्त्री र मन्त्रीहरूलाई शपथ गराएका हुन । ओली सरकारमा नेपाली कांग्रेसबाट प्रकाशमान सिंह र नेकपा (एमाले) बाट विष्णु पौडेल उपप्रधानमन्त्री छन्।शपथग्रहण समारोहमा… पुरा पढौ

शिक्षा मन्त्रि विद्याको पहिलो निणर्य बिधालय पोषण दिवा खाजालाई स्थानिय उत्पादन संग जोड्ने

३१ असार,काठमाड.डौशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले बिद्यालयमा दिवा खाजाको रुपमा उपलब्ध गराईने पोषण युक्त खाजालाइ स्थानिय उत्पादनसंग जोड्नको लागि अध्ययन गर्नको लागि समिति गठन गर्ने निर्णय गरेकी छन।मन्त्रालयमा पदभार ग्रहण गरेपछि मन्त्री भट्टराईले विद्यार्थीलाई दिइने दिवा खाजालाई स्थानीय उत्पादनसँग जोड्नका लागि अध्ययन गर्न समिति गठन गरेकी हुन ।प्रारम्भिक बाल विकासदेखि ५ कक्षासम्मका विद्यार्थीहरूलाई दिइने दिवाखाजा कार्यक्रमलाई स्थानीय कृषि उत्पादनसँग जोड्ने प्रारूप तयार गर्न समिति गठन गर्ने निर्णयमा उनले पहिलो हस्ताक्षर गरेकी हुन् ।खाजाको रुपमा विभिन्न बिद्यालयले चाउचाउ, बिस्कुट… पुरा पढौ

ओली नेतृत्वको सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चारमन्त्री गुरुङलाई

काठमाडौं,३१ असारनेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सोमबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ लिएलगत्तै ओलीले २२ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।ओलीले सत्ता साझेदार दल नेपाली कांग्रेसका १०, एमालेका ८, जसपाका २ र लोसपाका १ गरि २१ जना मन्त्री नियुक्त गरेका हुन् । ओलीले आफ्नो दल एमालेबाट ८ जनालाई मन्त्री बनाउँदा पृथ्वीसुब्बा गुरुङले सरकारको प्रवक्ताको जिम्मेवारी पाएका छन् ।सूचना, सञ्चार तथा प्रविधिमन्त्री बन्ने व्यक्तिले सरकोको प्रवक्ता हुने प्रचलनअनुसार गुरुङले सो… पुरा पढौ

विपद् व्यवस्थापनमा सक्रिय हुन प्रधानमन्त्री दाहालको निर्देशन

२३ असार ,काठमाडौँ,प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक विपद्बाट पीडित नागरिकको उद्धार तथा उनीहरूलाई राहत सामग्री वितरणमा सक्रिय हुन निर्देशन दिएका छन् । आज एक वक्तव्य जारी गर्दै उनले बाढी पहिरोका कारण देशका विभिन्न भागमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।प्रधानमन्त्री दाहालले बाढी पहिरोबाट हुनसक्ने क्षति र जोखिम कम गर्न आवश्यक पूर्वतयारीका काम भइरहेको बताएका छन् । प्रधानमन्त्री दाहालले सुरक्षा सतर्कता अपनाउन सम्पूर्ण नागरिकमा अनुरोध गरेका छन् ।प्रधानमन्त्री दाहालले सरकारको प्रयासमा सार्थक हातेमालोका निम्ति सम्पूर्ण राजनीतिक दल, नागरिक समाज… पुरा पढौ

जल्ला प्रशासन कार्यालय कास्कीको अनुरोध ।

असार २२,कास्कीगते राती देखी कास्की जिल्ला लगायतका स्थानमा भारी बर्षा भई हाल पनि निरन्तर बर्षा भई रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान बमोजिम अझै केही दिन निरन्तर भारी तथा मध्यम बर्षा हुने अनुमान रहेकोले कास्की जिल्लास्थित नदी तथा खोलाका तटीय क्षेत्रमा रहेका एवम् पहिरोको उच्च जोखिमयुक्त स्थान भनी पहिचान गरिएका भिरालो, उच्च पहाडी क्षेत्रमा बसोबास गर्ने मानिसहरु सम्भावित विपद्का घटनाहरु बाट बच्न सुरक्षित स्थानमा गई उच्च सवाधानिका साथ शतर्कता अपनाउनु हुन सूचित गरिन्छ । साथै जिल्लास्थित… पुरा पढौ

मणिपाल राजश्व प्रकरण ः पोखरा महानगरको कार्यालयमा अख्तियारको छापा

असार १८ पोखरामणिपाल शिक्षण अस्पताल प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकामा छापा मारेको छ । आयोगको टोलीले आज दिउसो महानगर कार्यालयमा छापा मारेको हो ।नियम विपरीत मणिपाल शिक्षण अस्पताललाई राजश्व छुट दिएको भन्दै अख्तियारमा उजुरी परेको बताइएको छ । उजुरीमाथि छानबिन गर्न महानगरबाट कागजात नियन्त्रणमा लिइएको अख्तियार स्रोतले जनाएको छ । अख्तियारले कार्यपालिका बैठकको निर्णय, राजश्वसम्बन्धी अहिलेसम्म भएका निर्णय, राजश्व परामर्श समितिको निर्णय, नक्सापासलगायतका मणिपाल शिक्षणसँग सम्बन्धित कागजात नियन्त्रणमा लिएको बताइएको छ ।महानरको कार्यपालिका बैठकबाट निर्णय गराएर १९ करोड… पुरा पढौ