सूचना प्रविधि

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ।

बैशाख २० काठमाडौँआज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष मे २ तारिखका दिन राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइने गरेको छ । यसै अवसरमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा विशेष समारोह आयोजना गर्ने भएको छ । सोही समारोहमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा योगदान गरेका व्यक्ति तथा सङ्घसंस्था मध्येबाट सर्वोत्कृष्टलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम छ… पुरा पढौ

एक सय ५१ परियोजना प्रस्तुतीका साथ तेस्रो लगानी सम्मेलन आज सुरु हुँदै

१६बैशाख ,काठमाडौँमुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आज यहाँ तेस्रो लगानी सम्मेलन हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने सम्मेलनमा लगानीका निम्ति रु नौ खर्ब बराबरका एक सय ५१ परियोजना प्रस्तुत गरिँदै छन् । नेपाल लगानी बोर्डका अनुसार सम्मेलनमा ५५ भन्दा बढी देशका एक हजार छ सय लगानीकर्ताले भाग लिने छन् । लगानीका निम्ति प्रस्तुत गरिने परियोजनासम्बन्धी विस्तृत विवरणसहितका २३ वटा प्रदर्शनी कक्ष सम्मेलनस्थलमा राखिने छन्भने १९ वटा परियोजनाका लागि… पुरा पढौ

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ ः मन्त्री शर्मा

काठमाडौँ, ६ वैशाख सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा दूरसञ्चार सेवाको महत्वपूर्ण भूमिका रहेको बताएकी छन् । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल टेलिकमको पाँचौँ केन्द्रीय अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले दूसञ्चार सेवाको अभावमा मुलुकको सर्वाङ्गीण विकास असम्भव छ भनिन् । “दूरसञ्चार सेवा गुणस्तरीय भएन, सबै नागरिकको पहुँचमा गुणस्तरीय सेवा नपुग्दा मुलुकको विकासमा बाधा पुग्छ”, मन्त्री शर्माले भनिन्, “सरकारी शेयर भएका कारण पनि टेलिकमले मुनाफा नभए पनि दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्ने दायित्व अगाडि छ ।” दूरसञ्चार सेवालाई गुणस्तरीय… पुरा पढौ

पोखरा फोटोग्राफर संघको शुभकामना आदान प्रदान सहित भित्तेपात्रो लोर्कापण ।

पोखरा, ५ बैशाख, पोखरा फोटोग्राफर संघ, पोखरा नेपालले नववर्ष २०८१ को शुभकामना आदान प्रदान सहित भित्तेपात्रो लोर्कापण गरेको छ ।बुधबार एक कार्यक्रमका बिच संस्थाको आफ्नै भवनमा सस्थाका पूर्व अध्यक्ष तथा बर्तमान कार्यसमिति सदस्यहरुको उपस्थितीमा भित्तेपात्रो लोर्कापण गरिएको होे ।संस्थाकी कोषाध्यक्ष नन्दकला पौडेलको जन्म दिनको अवसरमा पौडेल परिवारले पोखरा फोटोग्राफी अवार्डका लागि रु ५५ हजार रुपैयाकोे अक्षयकोष स्थापनार्थ रकम हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष रामचन्द्र पोखरेल ले जानाकारी दिए ।२०७५ सालमा संस्थाका तत्कालिन अध्यक्ष तुलसी राम सुवेदीको अग्रसरतामा ६ बिधाबाट स्थापना गरिएको… पुरा पढौ

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुने ः प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ, ४ वैशाखप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई गतिशील बनाउन सकिने बताएका छन् । नेपाल उद्योग परिसङ्घको २१ औँ वार्षिकोत्सव समारोहका अवसरमा उनले निजी क्षेत्रको मनोबल बढाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे । अर्थतन्त्रको सुधारका लागि सरकार गम्भीर रहेको बताउदै प्रधानमन्त्री दाहालले निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई गतिशील बनाउन सकिन्छ भन्नेमा आफु स्पष्ट रहेको बताए ।उनले निजी क्षेत्रको मनोबल बढाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने र परिणाममुखी कामका लागि प्रोत्साहित गर्ने काममा सरकार जिम्मेवार भएर लागिरहेको स्पष्ट पारे । चालु… पुरा पढौ

लोकसेवा आयोगको जनविश्वास टुट्न दिनु हुँदैन , प्रदेश प्रमुख भट्ट

चैत्र ११ पोखरा ।गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले परीक्षा प्रणालीको गुणस्तरीयतालाई कायम राख्दै लोकसेवा आयोगप्रतिको जनविश्वास टुट्न दिन नहुने बताएका छन् । प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेशको तेस्रो वार्षिकोत्सवको उद्घाटन गर्दै प्रदेश प्रमुख भट्टले आयोगले आफ्नो गरिमालाई कायम राख्दै नेपालको संविधान र प्रचलित कानुन भित्र रहेर आफ्ना गतिविधि प्रभावकारी रुपमा अगाडि बढाउन सुझाव दिए ।लोकसेवा आयोगले आफ्नो योग्यता, निष्पक्षता र स्वच्छता आजका मितिसम्म पनि कायमै राख्न सफल भएकामा धन्यवाद दिदैै प्रदेश प्रमुख भट्टले आयोगले अझ बढी प्रभावकारी रुपमा अगाडि… पुरा पढौ

राष्ट्रिय भूमि आयोग विघटन

काठमाडौँ, १० चैतसरकारले राष्ट्रिय भूमि आयोग विघटन गरेको छ । भूमि समस्या समाधानका लागि अर्को आयोग गठन गर्नुपर्ने भएकाले वर्तमान आयोग विघटन गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।“आयोग गठन आदेश, नियमावलीमा भएको व्यवस्थाअनुसार अर्को आयोग पुनःगठन गर्न वर्तमान भूमि आयोग विघटनको निर्णय भएको हो”, मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “सम्भवतः एक साताभित्र पुनः अर्को भूमि आयोग गठन हुन्छ ।” सदाका लागि आयोग विघटन नगरिएको उनले स्पष्ट पारे । भूमिसम्बन्धी… पुरा पढौ

टेलिकमको एनटी फाइबर प्रयोग गर्दा मोबाइलमा दैनिक डेटा चलाउन सकिने

काठमाडौँ, चैत्र ०६,नेपाल टेलिकमको एनटी फाइबर प्रयोग गर्दा मोबाइलमा दैनिक रूपमा मोबाइल डेटा प्रयोग गर्न सकिने भएको छ ।नेपाल टेलिकमले उपलब्ध गराइरहेको एफटिटिएच (फाइबर टु द होम) प्रविधिमा आधारित एनटी फाइबरका विभिन्न प्याकेज लिँदा त्यसै अनुसारको मोबाइल डेटा उपलब्ध हुन्छ ।टेलिकमले उपलब्ध गराइरहेको विभिन्न प्याकेजमध्ये वार्षिक एफटिटिएच कम्बो प्याकेज र एफटिटिएच डेटा प्याकेज प्रयोग गर्ने प्रयोगकर्ताहरूले यो सुविधा उपयोग गर्न सक्नेछन् ।वार्षिक एफटिटिएच कम्बो प्याकेजअन्तर्गत ५० एमबिपिएस र १०० एमबिपिएस डेटाका साथै १ एनटिटिभी र १ टेलिफोन प्रयोग गर्ने सेवाग्राहीले… पुरा पढौ

नेपाल टेलिकमको वार्षिकोत्सव सम्पन्न ।

काठमाण्डौ, २२ माघ –नेपाल टेलिकमले स्थापनाको २० औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । आज कम्पनीको केन्द्रीय कार्यालयका साथै विभिन्न प्रादेशिक निर्देशनालय र कार्यालयहरुमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम कम्पनी सञ्चालक समितिका अध्यक्ष रामकृष्ण सुवेदीले अध्यक्षता गरेका थिए । समारोहमा कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उपभोक्ताको चाहनाअनुरुप सेवाहरुको आधुनिकीकरण, विकास र परिमार्जन गर्दै सबै स्थानीय तहसम्म सेवा पुर्याउन सहयोग गर्ने सबै कर्मचारी र… पुरा पढौ

पत्रकार महासंघ कास्कीका सचिव माधव बराल पुरस्कृत, मीना र हुम गुरुङ्गलाई सम्मान ।

२२ माघ, पोखरा ।नेपाल पत्रकार महासंघ कास्कीका सचिव माधव बराल पुरस्कृत भएका छन् । प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसर पारेर प्रेस चौतारी, कास्कीले स्थापना एवं सञ्चालन गरेको ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार २०८०’ बाट बराल पुरस्कृत भएका हुन् ।उनलाई २२ हजार २ सय २२ रुपैयाँ नगद सहित सम्मान पत्र र दोसल्लाले नेकपा एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले पुरस्कार अर्पण गरे । २०५९ सालबाट पत्रकारिता थालनी गरेका पोखरा २८ कालिकाका स्थायी बासिन्दा बरालले… पुरा पढौ