
पोखरा, ५ बैशाख,
पोखरा फोटोग्राफर संघ, पोखरा नेपालले नववर्ष २०८१ को शुभकामना आदान प्रदान सहित भित्तेपात्रो लोर्कापण गरेको छ ।
बुधबार एक कार्यक्रमका बिच संस्थाको आफ्नै भवनमा सस्थाका पूर्व अध्यक्ष तथा बर्तमान कार्यसमिति सदस्यहरुको उपस्थितीमा भित्तेपात्रो लोर्कापण गरिएको होे ।
संस्थाकी कोषाध्यक्ष नन्दकला पौडेलको जन्म दिनको अवसरमा पौडेल परिवारले पोखरा फोटोग्राफी अवार्डका लागि रु ५५ हजार रुपैयाकोे अक्षयकोष स्थापनार्थ रकम हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष रामचन्द्र पोखरेल ले जानाकारी दिए ।
२०७५ सालमा संस्थाका तत्कालिन अध्यक्ष तुलसी राम सुवेदीको अग्रसरतामा ६ बिधाबाट स्थापना गरिएको पोखरा फोटोग्राफी अवार्डमा गत बर्ष २ बिधा र अहिले एक थप भई नौ बिधा भएको अध्यक्ष पोखरेल ले बताए ।

अहिले थप यस पुरस्कारको नाम नन्दनारी फोटोग्राफी पुरस्कार रहने तथा यस पुरस्कारले पोखरा क्षेत्रमा ब्यावसायिक रुपमा फोटोग्राफी गर्दैै आएका महिला फोटोग्राफरको फोटोहरुबाट छनोट भएको फोटोलाई पुरस्कृत गरिने जनाईएको छ ।
कार्यक्रममा पोखरा फोटोग्राफर संघका निर्वतमान अध्यक्ष, सल्लाहकार तथा अक्षयकोष दाता घनश्याम पौडेलले अक्षयकोष स्थापना र पुरस्कार प्रदान बारेमा अक्षयकोषदाताको तर्फबाट आफ्नो धारणा राखेका थिए ।
शुभकामना तथा क्यालेण्डर बिमोचन कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष तथा संरक्षक गणेश छवी, पूर्वअध्यक्षहरु जयन्द्रकुमार राजभण्डारी,बलराम शर्मा, रबिनाथ दाहाल, जनकराज तिवारी लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
संस्थाका पूर्व अध्यक्ष मदन सुब्बाको प्रमुख आतिथ्यतामा संचालित कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष रामचन्द्र पोख्रेलले गरेका थिए भने कार्यक्रम संचालन कोषाध्यक्ष नन्दकला पौडेलले गरेकी थिईन ।




