
३१ असार काठमाड.डौ
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै आज २१ मन्त्रीले एकैसाथ शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार शीतलनिवासमा आयोजित समारोहमा प्रधानमन्त्रीलाई शपथ खुवाएपछि राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले मन्त्रीहरूलाई शपथ गराएका हुन् । ओलीले उनले देश र जनताको नाममा शपथ लिएका हुन्।
शपथ ग्रहणपछि निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुर्सी हस्तान्तरण गरेका छन्। प्रधानमन्त्री ओलीले सपथ लिएपछि राष्ट्रपति पौडेलले उपप्रधानमन्त्री र मन्त्रीहरूलाई शपथ गराएका हुन । ओली सरकारमा नेपाली कांग्रेसबाट प्रकाशमान सिंह र नेकपा (एमाले) बाट विष्णु पौडेल उपप्रधानमन्त्री छन्।
शपथग्रहण समारोहमा कार्यक्रममा पूर्वप्रधानमन्त्रीको हैसियतमा नेकपा एसका सम्मानित नेता झलनाथ खनाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, बाबुराम भट्टराई भने सहभागी भएका थिए । उपराष्ट्रपति, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष लगायत उच्च पदस्थहरूको उपस्थित रहेको थियो ।
मन्त्री बन्नेहरुको सूचीः
१– प्रकाशमान सिंह – उपप्रधान तथा सहरी विकास
२– विष्णु पौडेल – उपप्रधान तथा अर्थ
३– पृथ्वीसुब्बा गुरुङ – सञ्चार तथा सूचना प्रविधि
४– रमेश लेखक – गृह
५– प्रदीप पौडेल – स्वास्थ्य तथा जनसंख्या
६– आरजु राणा – परराष्ट्र
७– बद्री पाण्डे – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
८– बलराम अधिकारी – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
९– दामोदार भण्डारी – उद्योग, वाणिज्य तथा आपूर्ति
१०– नवलकिशोर साह सुडी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
११– देवेन्द्र दाहाल – भौतिक पूर्वाधार तथा यातायात
१२– विद्या भट्टराई – शिक्षा, विज्ञान तथा प्रविधि
१३– अजय चौरसिया – कानुन, न्याय तथा संसदीय मामिला
१४– तेजुलाल चौधरी – युवा तथा खेलकुद
१५– मानवीर राई – रक्षा
१६– दीपक खड्का – ऊर्जा
१७– राजकुमार गुप्ता – संघीय मामिला तथा सामान्य प्रशासन
१८– ऐनबहादुर शाही – वन तथा वातावरण
१९– शरतसिंह भण्डारी– श्रम, रोजगार तथा सामाजिक सुरक्षा
२०– प्रदीप यादव – खानेपानी
२१– रामनाथ अधिकारी – कृषि तथा पशुपन्छी






