सूचना प्रविधि

सरकारी सञ्चार माध्यममा मात्र विज्ञापन केन्द्रित गर्ने सरकारको निर्णयप्रति विरोध, फिर्ता लिन माग

पोखरा, २६ चैत सरकारले सरकारी विज्ञापनहरू सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्र प्रकाशन तथा प्रसारण गर्नुपर्ने निर्णयप्रति गण्डकी प्रदेशका पत्रकारहरूले गम्भीर आपत्ति जनाउँदै उक्त निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्। नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति र कास्की शाखाको संयुक्त आयोजनामा बिहीबार पोखरामा सम्पन्न ‘अन्तरक्रिया तथा छलफल कार्यक्रम’मा सहभागी पत्रकार, सञ्चारकर्मी तथा सञ्चार उद्यमीहरूले उक्त निर्णय प्रेस स्वतन्त्रता, सूचनाको पहुँच र खुला प्रतिस्पर्धात्मक सञ्चार प्रणालीको मर्म विपरीत रहेको ठहर गरेका हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत चैत १८ गते जारी गरेको… पुरा पढौ

नेपाल टेलिकममा सेवा सुधारको थालनी : डाटा सकिँदा स्वतः पैसा नकाटिने व्यवस्था लागू हुँदै

२०८२ चैत २४, काठमाडौं नेपालको दूरसञ्चार क्षेत्रमा सेवा गुणस्तरप्रति लामो समयदेखि उठ्दै आएका गुनासाहरूलाई सम्बोधन गर्ने उद्देश्यले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले सेवा सुधारका ठोस पहलहरू अघि बढाएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाको निर्देशनपछि कम्पनीले ग्राहक केन्द्रित सेवा प्रवाह सुनिश्चित गर्न व्यापक सुधारात्मक कदम चाल्न थालेको हो। सेवा सुधारअन्तर्गत ग्राहक सेवा, मोबाइल डेटा व्यवस्थापन, डिजिटल सेवा विस्तार तथा प्रशासनिक प्रक्रियामा रूपान्तरण ल्याउने लक्ष्यसहित कार्ययोजना कार्यान्वयनमा ल्याइएको छ। सञ्चार मन्त्रालयले ‘नतिजामा आधारित शासकीय व्यवस्थापन प्रणाली’ अन्तर्गत… पुरा पढौ

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

शुक्रवार, चैत्र ६ २०८२ काठमाडौँ, हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भागमा साधारणतया बादल लागेको छ भने अन्य प्रदेशका हिमाली क्षेत्रमा पनि बदली भएको छ । कोशी र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । महाशाखाका अनुसार दिउँसो देशका अधिकांश स्थानमा बदली हुनेछ । कर्णाली र… पुरा पढौ

पत्रकारका लागि साइबर सुरक्षा तालिम सुरु

पोखरा, १० फागुन । डिजिटल प्रविधिको तीव्र विस्तारसँगै बढ्दो साइबर अपराधको चुनौतीलाई मध्यनजर गर्दै कास्कीमा क्रियाशील पत्रकारहरूका लागि तीनदिने साइबर सुरक्षा सम्बन्धी तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा, प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोग तथा क्यान महासंघ कास्कीको प्राविधिक सहकार्यमा तालिम सञ्चालन गरिएको हो । तालिमको उद्घाटन गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले डिजिटल युगमा साइबर अपराध जटिल र संगठित चुनौतीका रूपमा देखा परेको उल्लेख गर्नुभयो । उहाँले पत्रकार जस्ता सूचना संवाहकहरू साइबर आक्रमणको उच्च… पुरा पढौ

पोखराका फोटोपत्रकारले ‘विश्व फोटोग्राफी दिवस’ भब्य रुपमा मनाए ।

३ भाद्र, पोखरा नेपाल फोटो पत्रकार संघ, कास्कीले १८६औं ‘विश्व फोटोग्राफी दिवस’ विभिन्न कार्यक्रमसहित मनाएको छ । यस अवसरमा मादी गाउँपालिका–५, सुनपदेलीमा शुभकामना आदान–प्रदान, बधाई कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रमका क्रममा संघका अध्यक्ष राम गुरुङलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीले प्रदान गर्ने कञ्चन पत्रकारिता पुरस्कार प्राप्त गरेकोमा बधाई दिइएको थियो । संघका सल्लाहकार तथा पूर्वअध्यक्ष कृष्णमणि बरालले फोटो पत्रकारितामा रचनात्मकता र उत्कृष्टताले मात्र सफलता दिलाउने उल्लेख गर्दै चुनौतीलाई अवसरमा बदल्दै अघि बढ्नुपर्ने सुझाव दिए । त्यस्तै, अर्का सल्लाहकार… पुरा पढौ

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ३५ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

फाईल तस्बिर
काठमाडौँ, विशेष अदालतले पतञ्जलि योगपीठलाई हदबन्दी छुटमा जग्गा दिन मन्त्रिपरिषद्बाट निर्णय गराएको विषयमा भ्रष्टाचारको आरोप लागेका पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा बुधबार विशेष अदालतमा भएको बयान र थुनछेक बहसपछि अदालतले नेपाललाई धरौटीमा छोड्न आदेश दिएको हो। फैसला विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासबाट भएको हो। नेपालको पक्षबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, खम्बबहादुर खाती,… पुरा पढौ

नेपाल पत्रकार महासंघ कास्कीमा मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न

३१ जेठ, पोखरा नेपाल पत्रकार महासंघ कास्कीको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा सञ्चालित तीनदिने मल्टिमिडिया पत्रकारिता तालिम आज सम्पन्न भएको छ । तालिम जेठ २९ गतेदेखि सुरु भई आज जेठ ३१ गते समापन गरिएको हो । कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालीकाकी उपप्रमुख मञ्जु देवी गुरुङ रहनु भएको थियो । शुभकामना मन्तब्य दिदै उहांले पत्रकारको कलममा निकै ठूलो तागत रहेको बताउनु भयो । साथै अहिलेको प्रबिधीको बिकासलाई संयोजन गर्न सकिएन भने आफु पछि परिने भएको हुंदा प्रबिधीको सदुपयोग गर्दै निश्पक्ष ढंगले… पुरा पढौ

एशिया फ्याशिफिक टेक्नोलोजी मन्त्री स्तरीय बैठक जापानमा हुदै, सञ्चारमन्त्री गुरुङलाई जापानका नेपालीले भब्य स्वागत गरे ।

१४ जेठ टोकियो नेपाल सरकारका प्रवक्ता एबम सूचना ,सञ्चार तथा प्रविधि मन्त्री तथा नेकपा(एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई जापानमा भव्य स्वागत गरेका छन् । जापानको टोकियोमा हुने एशिया फ्याशिफीÞक टेक्नोलोजी बारे मन्त्री स्तरीय बैठकमा सहभागी हुन आज बुधवार हानेदा विमानस्थलमा मन्त्री गुरुङलाई भव्य स्वागत गरिएको हो । जापानका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी, जापानको विभागीय मन्त्रालयका उच्च स्तरीय अधिकारीहरूले स्वात गरेका थिए । साथै सो स्वागत कार्यक्रममा प्रवासी नेपाली मंच जापानका अध्यक्ष तथा पदाधिकारीहरू र एनआरएनए आईसीसी उपाध्यक्ष रोविन… पुरा पढौ

जिम्मेवार र मर्यादित पत्रकारिता आजको आवश्यकताः प्रदेश प्रमुख भट्ट गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार

पोखरा, २ जेठ गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले जिम्मेवार र मर्यादित पत्रकारितामा जोड दिनुभएको छ । नेपाल पत्रकार महासंघ कास्कीले प्रदान गर्ने ‘गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार’ समारोहमा प्रमुख अतिथि भट्टले सामाजिक उत्तरदायित्व बहन गर्दै सत्यको अन्वेषण र तथ्यको सम्प्रेषण गर्ने जिम्मेवारीलाई आत्मसाथ गरी सत्य, निष्पक्ष, सन्तुलित र मर्यादित रुपमा सूचना प्रवाह गर्नु पत्रकारिताको धर्म र जिम्मेवारी रहेको उल्लेख गर्नुभयो । ‘नेपालमा लोकतन्त्र र गणतन्त्र स्थापना एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि अग्रज पत्रकार तथा पत्रकारिता जगतले खेलेको भूमिका… पुरा पढौ

स्व.गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार पाठक र अधिकारीलाई प्रदान गरिने

पोखरा २३ वैशाख, स्व.गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पोखरामा क्रियाशील पत्रकारद्वय केशव पाठक र दुर्गा अधिकारीलाई प्रदान गरिने भएको छ । पत्रकार पाठकले २०८१ र अधिकारीले २०८२ को पुरस्कार प्राप्त गर्ने भएका हुन् । पुरस्कारको राशि नगद रु। २५ हजार एक रुपैयाँ रहेको छ । पत्रकार गजेन्द्र भण्डारीको सम्झनामा उनका परिवारद्वारा स्थापित, नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित पुरस्कार यहि जेठ २ गते स्व।पत्रकार गजेन्द्र भण्डारीको जन्म जयन्तीको अवसरमा प्रदान गरिने भएको हो । पत्रकारद्वय पाठक र अधिकारीले पोखरामा रहेर… पुरा पढौ