साहित्यकार चन्द्रावती वाग्लेको नयाँ कृति “ कहर को त्यो समय ” लोर्कापण ।

-


     तुलसी राम सुवेदी     
     पौष ५ गते २०८२ मा प्रकाशित


पौष ५ गते पोखरा
पोखराकी साहित्यकार एवम गीतकार चन्द्रावती वाग्लेको नयाँ कृति “ कहरको त्यो समय” एक समारोहका बीच सार्वजनिक गरिएको छ ।
यस समारोहको आयोजना गिताञ्जली साहित्य परिवार पोखरा र नारी बाङ्मय प्रतिष्ठान पोखराले संयुक्त रुपमा गितामन्दिर पोखरा ११ को सभाहलमा गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार माधब बियोगी रहेका थिए । कार्यक्रमको सभापतित्व गिताञ्जली साहित्य परिवार पोखराका अध्यक्ष भानुभक्त भण्डारी “ क्षितीज ”ले गरेका थिए, भने कार्यक्रम सन्चालन नारी बाङ्मय प्रतिष्ठान पोखराकी सचिव लक्ष्मी थापाले गरेकी थिईन ।
कार्यक्रममा स्वागत मन्तब्य गिताञ्जली साहित्य परिवार पोखरा पुर्व अध्यक्ष शिव प्रसाद गौतमले गरेका थिए भने स्रष्टाको परिचय साहित्यकार प्रतिभा शर्मा तिमिल्सीनाले गरेकी थिईन ।
कृतिका बारेमा प्रा. डा. कुसुमकर न्यौपाने ले परिचर्चा गरेका थिए, कोभिड १९ कोरोना कहरको बिषयबस्तु हरु समेटेर रचिएको कबिता संग्रह “ कहरको त्यो समय” जसमा वाग्लेकोे लेखन शैलि र संग्रहमा रहेको गहिराईका बारेमा विस्तृत रूपमा चर्चा गरिएको थियो ।
समारोहमा अग्रज साहित्यकार छबिलाल आचार्य , शिव त्रिपाठी, नरेन्द्र रानाभाट , ढण्ड़ीराज ज्ञवाली,लगायतका साहित्यकारहरुले रचना बाचन समेत गरेका थिए भने ,बसन्त चालीसे, छन्दमणि त्रिपाठी,छन्दिका त्रिपाठी लगायतका साहित्यकारहरुले शुभकामना मन्तब्य राखेका थिए ।
साहित्यकार वाग्लेलाई विभिन्न साहित्यिक र सामाजिक संघ–संस्थाहरूले सम्मान समेत गरिसकेका छन्, र उनको लेखन र सृजनामाब समसामयीक बिषय समेटिएको हुंदा निकै लोकप्रिय छन ।
प्रत्येक महिनाको पहिलो सनिबार गिताञ्जली साहित्य परिवार पोखराले आयोजना गर्ने साधना प्रभात कार्यक्रमको अवसरमा आयोजित यस कार्यक्रममा पोखराका साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।