अर्थतन्त्र

वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह

मंगलवार, चैत्र १० २०८२,काठमाडौँ, गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक प्रेस विज्ञप्तिमार्फत संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषद्को सूचीकृत व्यक्ति, समूह वा सङ्गठनसँग सम्बन्धित प्रस्तावले सूचीकरणका लागि तोकेको मापदण्डमा पर्नसक्ने कुनै सूचना वा मनासिव आधार प्राप्त गरेमा सोको जानकारी गोप्य रूपमा उपलब्ध गराउन आग्रह गरेको छ । मन्त्रालयले कुनै व्यक्ति, निकाय वा संस्थाले आफ्नो काम कारबाहीको सिलसिलामा कुनै तरिकाले अनाधिकृत कार्य गरेको पाइएमा त्यसको जानकारी दिन सूचनामार्फत आग्रह गरेको हो ।… पुरा पढौ

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको गाउँ सभाको १८ औं अधिवेशन सम्पन्न ।

२०८२ पुष १४, पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको गाउँ सभाको १८ औं अधिवेशन सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष मिन बहादुर गुरुङले बैठक प्रारम्भ गरेसँगै सभाले विनियोजन ऐन, २०८२ लाई संयोधन गर्न बनेको विधेयक ‘माछापुच्छ्रे गाउँपालिका, कास्कीको विनियोजन ऐन, २०८२’ बहुमतले पारित गरेको छ । गाउँपालिकाककी उपाध्यक्ष सीता अधिकारीले विनियोजन ऐन २०८२ संशोधन सम्बन्धी प्रस्ताव पारित गरियोस् भन्ने प्रस्तावमा सभा सदस्यहरुको वहुमतले उक्त विधेयक पारित गरेको हो। यो विधेयक सभाबाट पारित भएपछि तुरुन्त प्रारम्भ हुनेछ । माछापुच्छ्रे गाउँपालिका, कास्कीको आर्थिक… पुरा पढौ

११ करोड वढिको कारोबार गर्दै सकियो लेखनाथ महोत्सव

लेखनाथ, १४ पुस । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’’ भन्ने मूल नाराका साथ लेखनाथमा सञ्चालित २१ औं संस्करणको लेखनाथ महोत्सव ११ करोड बढिको कारोबार गर्दै सोमबार सम्पन्न भएको छ । १२ दिनसम्म सञ्चालन भएको महोत्सव अन्तिम दिन सोमबार सम्म आईपुग्दा ११ करोड २० लाखको कारोबार गर्न सफल भएको र ३ लाख ३५ हजार दर्शकले महोत्सवको अवलोकन गरेको मेलाका प्रचार प्रसार संयोजक ध्रुववावु भटृराईले जानकारी दिए । सोमबार मेलाको समापन समारोहलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका प्रमुख व्यापारिक मेला… पुरा पढौ

पुष ३ गतेदेखि सञ्चालन हुँदै आएको २१ औं लेखनाथ महोत्सवमा १० करोड कारोबार, ३ लाख १० हजार दर्शकले महोत्सव अवलोकन गरे ।

लेखनाथ, १३ पुस । कास्की जिल्लाको पोखरा महानगरपालिका–लेखनाथस्थित तालचोकमा पुस ३ गतेदेखि सञ्चालन हुँदै आएको २१ औं महोत्सव अवधिभर १० करोड भन्दा बढी आर्थिक कारोबार भएको र दर्शक ३ लाख १० हजारले महोत्सव प्रत्यक्ष अवलोकन गरेका र लक्ष्य भन्दा बढी सफलता भएको जनाईएको छ । महोत्सव सोमबार पुस १४ गते समापन हुँदैछ । ‘महोत्सवको पनि महोत्सव’ का रूपमा परिचित लेखनाथ महोत्सवले यस क्षेत्रको सामाजिक, सांस्कृतिक, आर्थिक तथा शैक्षिक विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । यस वर्षको महोत्सवमा मनोरञ्जनसँगै साहित्य,… पुरा पढौ

लेखनाथ महोत्सव मा शनिवार दर्शको घुईचो

लेखनाथ, ५ पुस । महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सव जारी २१ औं संस्करणको तेश्रो दिन शनिवार दर्शको घुईचो लागेको छ । शनिवार विदाको दिनपनि परेकोले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थी समेतको उपस्थितिले दर्शकको संख्यामा उल्लेख्य वृद्धि भएको हो । महोत्सवमा शनिवारमात्र ४० हजार दर्शकले मेलाको अवलोकन गरेका तथा प्रचार प्रसार संयोजक धु्रववावु भटट्राईले बताए । १ करोड ५० लाख बरावरको आर्थिक कारोवार भएको आयोजकले जनाएको हो । तेश्रो दिन सम्म आइपुग्दा करिव १ लाख दर्शकले महोत्सव अवलोकन गरीसकेका भटट्राईले… पुरा पढौ

लेखनाथ महोत्सव को देस्रो दिन महोत्सवमा घन्कियो रत्यौली

लेखनाथ, ४ पुस । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ बिहिबारबाट लेखनाथमा २१ औं संस्करणको लेखनाथ महोत्सव शुरु भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन भएको कार्यक्रम गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घघाटन गरेका थिए । नेपाली समाजमा विवाहको बेलामा बेहुलाको घरमा गाइने परम्परागत रत्यौली गीत लोप हुँदै गएपछि त्यसो जर्गेना एवं नयाँ पुस्तालाई जानकारी दिन लेखनाथ महोत्सवमा हरेक वर्ष रत्यौली प्रतियोगिता आयोजना गर्ने गरिन्छ ।… पुरा पढौ

हेमजा युनाईटेड पोखरा–२५,हेमजाले न्यानो कपडा तथा स्टेशनरी वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

१ पुस,पोखरा युनाइटेडले वार्षिक क्यालेन्डर अनुसार पोखरा–२५ हेमजा देवीस्थान स्थित गौरीशंकर आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको लागी कापी कलम लगायतका स्टेशनरी सामग्री र न्यानो कपडा ९ स्विटर, टोपी ० वितरण गरेको हो । विद्यालयका ४२ जना विद्यार्थीलाई सामग्री हस्तान्तरण गरिएको क्लवका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक निराजन अधिकारीले जानकारी दिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तमान श्रेष्ठले विद्यालयको अवस्था, आवश्यकता बारे जानकारी दिनुका साथै सहयोगको पूर्ण सदुपयोग गर्ने र गुणस्तर शिक्षा प्रदानमा विद्यालय प्रतिबद्ध रहेको भनाई राख्नुका साथै हेमजा यूनाईटेड खेलकुद… पुरा पढौ

२१औँ लेखनाथ महोत्सवको सम्पूर्ण तयारी पूरा

लेखनाथ, १ पुस । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा यही पुस ३ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने २१औँ संस्करणको लेखनाथ महोत्सवको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । “महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको महोत्सवको तयारी पूरा भएको मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले जानकारी दिएका हुन् । पत्रकार सम्मेलनमा संघका अध्यक्ष तथा महोत्सवकी मूल संयोजक जानुका पराजुली अधिकारीले वर्तमान विषम आर्थिक अवस्थाबाट प्रभावित उद्योग तथा व्यवसायलाई प्रवर्द्धन गर्ने, व्यवसायी र उपभोक्ताबीच… पुरा पढौ

कैलाश सहकारीको १४औँ साधारण सभा भव्य रूपमा सम्पन्न

पोखरा, २९ मंसिर पोखरा तथा आसपासका क्षेत्रमा छरिएर रहेका फोटोग्राफरहरूको संयुक्त पहलमा सञ्चालित कैलाश बचत तथा ऋण सहकारी संस्था लिमिटेड ले १४औँ वार्षिक साधारण सभा भव्य समारोहका बीच सम्पन्न गरेको छ। संस्थाका पूर्व अध्यक्ष जीवन ढुंगानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा फोटोग्राफर संघ गण्डकीका वरिष्ठ उपाध्यक्ष तुलसीराम सुवेदी र पोखरा फोटोग्राफर संघका अध्यक्ष भक्त तामाङ विशेष अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढुंगानाले सहकारीको स्थापना कालको स्मरण गर्दै सानो पूँजीबाट सुरु भएको संस्थाले हाल करिब ४० जनालाई रोजगारी दिन… पुरा पढौ

पोखराको लेकसाइडमा पुस १३ देखि सडक महोत्सव, ३ किलोमिटर क्षेत्रमा सांस्कृतिक र खाद्य उत्सव गरिदै ।

मंसिर १९ पोखरा पर्यटन राजधानीका रूपमा परिचित पोखराको लेकसाइड क्षेत्र यस वर्ष पनि भव्य सडक महोत्सवका लागि तयारी अवस्थामा छ। रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराको आयोजनामा हुने २७ औं पोखरा सडक महोत्सव आगामी पुस १३ देखि १७ गतेसम्म लेकसाइडको करिब ३ किलोमिटर क्षेत्रमा उत्साहपूर्वक मनाइने भएको छ। ‘सडकमै खाउ, सडकमै रमाउ’’ भन्ने नारासहित प्रत्येक वर्ष अंग्रेजी नयाँ वर्षको स्वागतसंगै मनाइने यो महोत्सवले पोखरालाई आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्दै आएको आयोजक रेवानले बिहीबार आयोजित पत्रकार… पुरा पढौ