२०८२ असोज १२, पोखरा दसैं नजिकिँदै जाँदा हिमाली क्षेत्रका च्याङ्ग्राले पहाडदेखि तराईका मुख्य बजारसम्म चहलपहल ल्याएको छ। मुस्ताङ र डोल्पाका उच्च भू–भागमा हुर्किएका च्याङ्ग्रा व्यापारीहरूले म्याग्दी, बागलुङ, पर्वत हुँदै पोखरा भित्र्याइरहेका छन् भने कतिपय व्यापारीहरूले चितवन र बुटवलसम्म पुर्याउने गरेका छन्। हाल पोखराको बगर, हरिचोकदेखि हेम्जा फेदीसम्म सडक छेउछाउ च्याङ्ग्राका बथानहरूले भरिभराउ बनेको छ । ग्राहकहरू सडकमै पुगेर च्याङ्ग्रा खरिद गर्ने क्रम तीव्र बनेको छ। व्यापारीहरूका अनुसार हिमाली च्याङ्ग्रा स्वादिलो मात्र नभई औषधीय गुणयुक्त पनि हुने भएकाले यसको माग उच्च…
पुरा पढौ