अर्थतन्त्र

जोखिम न्यूनीकरणका लागि विपी राजमार्ग साउनभर राति बन्द, काभ्रे–सिन्धुली खण्डमा विशेष सतर्कता

२०८२ साउन १, धुलिखेल लगातार सक्रिय मनसुन र बढ्दो बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै काभ्रेपलाञ्चोक खण्डअन्तर्गतको विपी राजमार्गमा आजदेखि एक महिनासम्म रातिको समयमा सवारी आवागमनमा पूर्णरूपमा रोक लगाइएको छ। धुलिखेलस्थित जिल्ला प्रशासन कार्यालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै साउन १ गतेदेखि ३१ गतेसम्म प्रत्येक साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको नेपालथोक सीमासम्मको १२ घण्टाको अवधिमा यातायात सञ्चालनमा निषेधाज्ञा लागू हुने जानकारी दिएको हो। प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार, मनसुनजन्य सम्भावित विपद् न्यूनीकरण र सर्वसाधारणको सुरक्षालाई सर्वोपरि राख्दै यस्तो… पुरा पढौ

सिद्धबाबा सुरुङमार्गको ५७ प्रतिशत भौतिक प्रगति

पोखरा, असार ३१ राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्गको काम तीव्र गतिमा अगाडि बढेको छ। सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको दोभानमा निर्माण भइरहेको सुरुङमार्गको हालसम्म ५७.५१ प्रतिशत भौतिक प्रगति र ५१.१ प्रतिशत वित्तीय प्रगति भएको आयोजनाले जनाएको छ। मुख्य टनेलको १,०८९ मिटर इन्भर्ट र ८३४ मिटर लाइनिङ सकिएको छ। सुरुङभित्र अहिले २९२ मिटरमा लाइनिङ कार्य चलिरहेको छ। तीनवटा बाइपासमध्ये अधिकांश काम सम्पन्न भइसकेको छ। सुरुङमार्ग दुई लेनको हुनेछ, जसको लम्बाइ १,१२६ मिटर, चौडाइ १०.५ मिटर र उचाइ करिब सात मिटर हुनेछ। मुख्य सुरुङको… पुरा पढौ

मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइनेछ ः प्रधानमन्त्री ओली

काठमाडौँ, असार ३१ — प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्ताङको कोराला नाका आवश्यक पूर्वाधारसहित पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको बताएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा मुस्ताङबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसदहरू तथा स्थानीय तहका जनप्रतिनिधिहरूसँगको भेटमा प्रधानमन्त्री ओलीले यस्तो जानकारी दिएका हुन् । गत असार २४ गते गोसाइँकुण्ड गाउँपालिका–२ मा आएको आकस्मिक बाढीले रसुवागढी स्थित भोटेकोशी नदीको मितेरी पुल बगाएपछि आवागमन अवरुद्ध भएको दिन नै प्रधानमन्त्री ओलीले स्थलगत भ्रमण गरेका थिए। सो भ्रमणका क्रममा उनले वैकल्पिक मार्गको पहिचान गर्दै नाका… पुरा पढौ

टिआइएलाई व्यवस्थित र प्रभावकारी बनाउन लागिपरेका छौँः पर्यटनमन्त्री पाण्डे ।

२०८२ असार २२ काठमाडौँ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टिआइए) लाई व्यवस्थित र प्रभावकारी बनाउन लागिपरेको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सिंहदरबारमा आज भएको बैठकमा मन्त्री पाण्डेले विमानस्थलको सेवा सुधारका लागि कार्ययोजनाका साथ अघि बढेको विश्वास व्यक्त गरे । उनले भने, “टिआइएलाई व्यवस्थित बनाउन धेरै प्रयास गरिरहेका छौँ, विमानस्थलको साजसज्जा तथा सेवालाई चुस्त र प्रभावकारी बनाउन योजनाबद्ध कार्यक्रम अगाडि सारिएको छ, विमानस्थलमा अध्यागमन, भन्सार, सुरक्षा निकाय, एयरलाइन्स आदि अन्तरसरोकारवाला निकाय… पुरा पढौ

वायुसेवा निगम ६७ वर्षमा, ऋण दायित्व ५० अर्ब पुग्यो

असार १७ गते काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ६७ वर्षे यात्रा सुरु गरेको छ । सन् १९५८ जुलाई १ मा स्थापना भएको निगमले २८ सिट क्षमतायुक्त डोग्लस डिसी ३ डाकोटाबाट सेवा प्रारम्भ गरी ६७ वर्षे दौरानमा पछिल्लो पटक वाइडबडी ए ३३०–२०० सिरिजको विमान भित्र्याएर सेवा दिइरहेको छ । निगमले हाल अन्तरराष्ट्रियतर्फ भारतको नयाँदिल्ली, बेङ्लोर र मुम्बई तथा हङ्कङ, मलेसिया, थाइल्याण्ड, जापानको नारिता, कतारको दोहा, युनाइटेड अरब इमिरेटसको दुबई र साउदी अरबको रियादमा उडान भर्दै आएको… पुरा पढौ

प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८२ पारित

असार १४ काठमाडौँ, प्रतिनिसभाबाट आर्थिक विधेयक, २०८२ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । उक्त विधेयक बहुमतले पारित भएको हो । आजको बैठकमा आर्थिक विधेयक, २०८२ माथि प्राप्त संशोधनहरु माथि छलफल भएको थियो । संशोधन प्रस्तावमाथिको छलफलका क्रममा छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले कर नीतिमा स्थिरता कायम गरी लगानीको वातावरण बनोस् भन्ने उद्देश्यसहित धेरै हेरफेर नभएको बताए । करको दायरा विस्तार गर्ने, राजस्व… पुरा पढौ

अत्यधिक गर्मीले अण्डा उत्पादन घट्यो, मूल्य बढ्यो

चितवन, असार ११ चितवनमा पछिल्ला दिनमा अत्यधिक गर्मी बढेसँगै अण्डाको उत्पादनमा उल्लेख्य गिरावट आएको छ, जसका कारण बजारमा अण्डाको मूल्य वृद्धि भएको छ । विगतको तुलनामा करिब २५ प्रतिशत उत्पादन घटेपछि माग उच्च भएको र त्यसले मूल्य बढाएको व्यवसायीहरू बताउँछन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले जनाए अनुसार उत्पादन घट्दा बजारमा माग धान्न कठिन भइरहेको छ । सङ्घले आज (असार ११) बाट लागू हुने गरी समर्थन मूल्य निर्धारण गरेको छ । नयाँ समर्थन मूल्यअनुसार चितवनमा फार्म स्तरमा ठूलो साइजको अण्डाको प्रतिकरेट… पुरा पढौ

भिजिट भिसाबारे गठित उच्चस्तरी छानविन समितिको कार्यादेशबारे सदनलाई जानकारी

असार १० गते,काठमाडौँ, गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे गठित उच्च स्तरी छानविन समितिको कार्यादेशबारे सदनलाई जानकारी गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै उनले सो समिति गठन र कार्यादेशका बारेमा जानकारी गराएका हुन । उनले भने, “अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट हाल भइरहेको अनुसन्धानकार्यमा असर नपर्ने गरी अध्यागमन व्यवस्थापन, भिजीट भिसालगायत अन्य भिसा र सोबाट सृजित समस्याका सम्बन्धमा अध्ययन एवं छानबिन गरी देहायका क्षेत्रमा केन्द्रीत रही सुझावसहितको प्रतिवेदन पेश गर्ने समितिको कार्यक्षेत्र रहेको छ । ”अध्यागमन व्यवस्थापन, भिजिट… पुरा पढौ

नेपालले बंगलादेशलाई विद्युत् निर्यात गर्यो ।

२०८२ असार १ गते काठमाडौं,। नेपालले शनिबारबाट पहिलोपटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात सुरु गरेको छ । अहिले उत्पादित विद्युत्ले स्वदेशमा माग पूरा गरी तेस्रो देश बंगलादेशमा निर्यात सुरु गरिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालले शनिबारबाट विद्युत् बंगलादेशलाई निर्यात गर्नुले देश समृद्धिको दिशामा बढेको बताए । उनले नेपाल तेस्रो मुलुक विद्युत् निर्यात गर्ने दक्षिण एसियाकै पहिलो देश बनेको भन्दै यो ऐतिहासिक क्षण भएको बताए । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको पहलमा नेपाल, भारत र बंगलादेशबीच २०८१ असोज… पुरा पढौ

कास्कीमा ढुंगा, गिट्टी र बालुवा उत्खननमा रोक लगाउने निर्णय, अवज्ञा गर्नेलाइ कडा कारबाही गरिने

२९ जेष्ठ,पोखरा, यहि असार महिनाबाट कास्की जिल्ला भित्र नदिजन्य तथा खानीजन्य पदार्थको उत्खनन तथा संकलन कार्यमा रोक लगाइने भएको छ । नदिजन्य तथा खानीजन्य पदार्थको जिल्ला अनुगमन समितिको बिहिबार बसेको बैठकले उक्त निर्णय गरेको बुझिएको छ । ढुङ्गा, गिटि , बालुवा उत्खनन, बिक्री तथा ब्यबस्थापन सम्बन्धि मापदण्ड २०७७ को कानुनी ब्यबस्था बमोजिम उक्त निर्णय गरिएको कास्की जिल्ल्ला समन्वय समितिले जनाएको छ। असार ,साउन र भदौ महिनामा उत्खनन तथा संकलन कार्य गर्न नपाइने कुरा ढुङ्गा, गिटि, बालुवा उत्खनन, बिक्री तथा ब्यबस्थापन… पुरा पढौ