अर्थतन्त्र

पोखराको पल टासी छयोलिङ गुम्बा बिद्यालयलाई स्टेसनरी सामाग्री हस्तान्तरण ।

पोखरा २३ जेठ २०८२ पोखराको पल टासी छयोलिङ गुम्बा विद्यालयमा अध्ययनरत बिद्यार्थीहरूलाई पोखरा महानगरपालिका वडा नम्बर १० द्वारा स्टेशनरी सामग्री हस्तान्तरण गरिएको छ । एक विशेष कार्यक्रमका बीच हस्तान्तरण गरिएको सो सहयोगले गुम्बामा अध्ययनरत दुर्गम क्षेत्रका एक सय बिद्यार्थीहरूलाई प्रत्यक्ष फाइदा पुर्याउने अपेक्षा गरिएको छ । पोखरा महानगरपालिका वडा नम्बर १० ले रु. ५० हजार बराबरको स्टेशनरी सामग्री पोखरा १० रामघाटमा अवस्थित पलटासी छयोलिङ गुम्बा द्धारा सञ्चालित पलटासी छयोलिङ गुम्बा विद्यालयमा अध्ययनरत बिद्यार्थीहरूलाई हस्तान्तरण गरेको हो । गुम्बाले दुर्गम क्षेत्रबाट… पुरा पढौ

यातायात व्यवसायीहरूको आन्दोलन फिर्ता

जेष्ठ २० पोखरा गण्डकी प्रदेश सरकारले सार्वजनिक गरेको “राइड सेयरिङ (नियमन तथा व्यवस्थापन) नियमावली २०८२” लाई एक महिनाका लागि रोक्ने निर्णय गरेको छ। यस निर्णयसँगै यातायात व्यवसायीहरूको आन्दोलन पनि हाललाई स्थगित भएको छ। गण्डकी प्रदेश सरकारले नियमावली कार्यान्वयन एक महिनाका लागि रोक्ने निर्णय गरेपछि आफूहरूले आन्दोलन फिर्ता लिएको सार्वजनिक यातायात संरक्षणका लागि गठित संयुक्त संघर्ष समितिका सचिव योगेन्द्र केसीले जानकारी दिए । प्रदेश सरकारका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जनजीवन सहज बनाउन र सार्वजनिक यातायात सञ्चालनमा ल्याउन नियमावली कार्यान्वयन हाललाई… पुरा पढौ

सोमबारदेखि मुलुकभर सार्वजनिक यातायात ठप्प हुने

जेठ १८, पोखरा गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’सम्बन्धी नियमावलीविरुद्ध सार्वजनिक यातायात व्यवसायी तथा मजदुर संगठनहरू आन्दोलित भएका छन्। ती संगठनहरूले आगामी सोमबार, जेठ १९ गतेदेखि मुलुकभर सार्वजनिक सवारी साधन सञ्चालन पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेका छन्। ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति २०८२’ नामक साझा प्लेटफर्ममार्फत आठवटा यातायात व्यवसायी महासंघ र मजदुर संगठनहरूले आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनको घोषणा गरेका हुन्। विज्ञप्तिमा गण्डकी प्रदेश सरकारले ल्याएको नियमावली नेपालको संविधान र सवारी तथा यातायात व्यवस्था ऐन २०४९… पुरा पढौ

“तक्सेरा चिनारी फोटो प्रतियोगिता“ को पुरस्कार वितरण सम्पन्न ।

१६ जेठ पोखरा, आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा फोटोग्राफर संघ पोखराको आयोजनामा सम्पन्न ‘तक्सेरा चिनारी फोटो प्रतियोगिता’ को पुरस्कार वितरण समारोह पोखरामा भव्यताका साथ सम्पन्न भएको छ । प्रतियोगितामा कुल २७ जना फोटो पत्रकार तथा फोटोग्राफरहरूले सहभागिता जनाएका थिए। प्रतियोगितामा दुर्गासिंह थापा प्रथम स्थान हासिल गर्न सफल भए भने, दोस्रो स्थान सन्देश उदासले र तेस्रो स्थान लक्ष्मीपती पौडेलले प्राप्त गरे। साथै, उत्कृष्ट ६ जना फोटोग्राफरलाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो। सान्त्वना प्राप्त गर्नेहरूमा भोलानाथ सुबेदी, नन्दकला पौडेल, देवानन्द पोख्रेल,… पुरा पढौ

तरबुजा खेतीमा आइपिएम कृषक पाठशाला प्रभावकारी

पोखरा, ९ जेठ पोखरा महानगरपालिकाको सहयोगमा पोखरा महानगरपालिका वडा नं १३ र १४ का कृषकलाई लक्षित गरी कुँडहरमा तरबुजा खेतीमा गरिएको एकिकृत शत्रुजीव व्यवस्थापन(आपिएम) कृषक पाठशाला प्रभावकारी बनेको छ । बिउदेखि उत्पादनको बजारीकरणसम्म सहयोग पु¥याउने गरी कृषि प्राविधिकको प्रत्यक्ष निगरानी एवम् स्थलगत प्रशिक्षणका कारण पाठशालामार्फत तरबुजा खेती सम्बन्धमा धेरै कुराहरू प्रत्यक्ष जान्ने र सिक्ने अवसर मिलेको सूर्यचन्द्र कृषक समूहका सहसचिव मिलन अधिकारीले जानकारी दिनुुभयो । उहाँका अनुसार यहाँका कृषकहरूले समूहगत रुपमा करिब १४ रोपनी क्षेत्रफलमा सामुहिक तरबुजा खेती गरेका छन्… पुरा पढौ

गण्डकी प्रदेश सरकारको ३३ अर्ब बढीको बजेटमा २२ अर्ब मात्र खर्च, प्रदेश नीति तथा योजना आयोगको अध्ययन निरर्थक

जेठ ६ पोखरा, गण्डकी प्रदेश सरकार अन्तर्गत नीति तथा योजना आयोगले एक वर्षमा ५० लाख ७० हजार रुपैयाँ खर्चेर ४ वटा विषयमा अध्ययन गरे पनि त्यसको प्रत्यक्ष उपयोगिता भने देखिएको छैन । महालेखा परीक्षकको सातौँ वार्षिक प्रतिवेदन २०८२ अनुसार आयोगले गरेका अध्ययनहरू न त कार्यान्वयनमै गएका छन्, न त स्पष्ट प्रतिवेदन, लागत अनुमान वा स्रोत व्यवस्थापनको योजना नै देखिएको छ । नीति आयोगको गठन तथा कार्य सञ्चालन आदेश, २०७८ को दफा ८ अनुसार आयोगले अध्ययन, अनुसन्धान र अन्वेषण गर्ने जिम्मेवारी… पुरा पढौ

पोखराबाट देशका अन्य सहरमा सिधा हवाई सेवा सञ्चालनको सम्भावना बारे छलफल

पोखरा, २६ वैशाख । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट देशका अन्य विभिन्न सहरहरूमा सिधा हवाई सेवा सञ्चालनको सम्भावना बारे छलफल सम्पन्न भयो । पोखरा महानगरपालिकाको पहलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इ.प्रदीप अधिकारी र निजी क्षेत्रका हवाई सेवा प्रदायक आन्तरिक उडान कम्पनीका अधिकारीहरू बिच छलफल भएको हो । छलफलमा मन्त्री पाण्डेले पर्यटन राजधानी पोखरामा सञ्चालनमा रहेको सुविधा सम्पन्न विमानस्थलबाट सम्भाव्य आन्तरिक गन्तव्यहरूमा नियमित उडान सञ्चालन गर्न सेवा प्रदायकहरूलाई आग्रह… पुरा पढौ

नागढुङ्गा नौबिसे सडक विस्तारः वैशाख २२ देखि ३१ गतेसम्म रातिमा पाँच घण्टा बन्द गरिने

२०८२ बैशाख २१ गते धादिङ नौबिसे–नागढुङ्गा सडक १० दिनका लागि रातका समयमा बन्द गरिने भएको छ । सङ्घीय राजधानी काठमाडौँ आवतजावत गर्ने मुख्य मार्ग मानिने सो सडक यही वैशाख २२ देखि वैशाख ३१ गतेसम्म राति ११ः०० देखि बिहान ३ः०० बजेसम्म सवारीसाधन आवतजावत रोकेर सडक निर्माणको काम गर्न लागिएको हो । त्रिभुवन राजपथको नागढुङ्गा–पिप्लामोड क्षेत्रमा सडक निर्माण भइरहेकाले सम्भावित जोखिमबाट बच्न र तीव्रगतिमा काम अघि बढाउन रातिको समयमा सडक बन्द गरेर काम गर्न लागिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी… पुरा पढौ

माछापुच्छ्रे बैंक र अल मुजैनी एक्सचेन्ज बीच रेमिट्यान्स सेवा सम्झौता

२०८२ बैशाख काठमाडौं, विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्धेश्यका साथ माछापुच्छ्रे बैंकले कुवेत स्थित अल मुजैनी एक्सचेन्जसंग औपचारिक सम्झौता गरेको छ । माछापुच्छ्रे बैंकले कुवेतमा रहेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ कुबेत स्थित अल मुजैनी एक्सचेन्जसंग सहकार्य गरि विधिवत रुपमा रेमिटेन्स सेवा शुरुवात गरेको हो । बैंकले वैशाख ११ गते विहिबारका दिन कुवेत स्थित होटल मिलेनियम साल्मियामा एक औपचारिक कार्यक्रमको आयोजना गरि अल मुजैनी एक्सचेन्जसंग औपचारिक रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरेको… पुरा पढौ

तातोपानी नाकालाई थप व्यवस्थित गर्न परराष्ट्रमन्त्री राणाको निर्देशन

बैशाख ६ गते काठमाडौँ, परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हिजो सिन्धुपाल्चोकको तातोपानी नाका तथा यहाँस्थित भन्सार कार्यालयको निरीक्षण गरी नाकालाई थप व्यवस्थित गर्न निर्देशन दिएकी छिन् । वार्षिक २० अर्बभन्दा बढी राजस्व उठ्ने नेपाल चीन व्यापारिक नाकाका रुपमा रहेको यस नाका तथा भन्सार कार्यालयको निरीक्षण गरी आज उनले सो निर्देशन दिएकी हुन्। यसका लागि नेपाल सरकारले पनि आवश्यक पहल गर्ने मन्त्री डा राणाले सो अवसरमा बताएकी थिइन् । पर्यटन प्रवद्र्धनका हिसाबले पनि सो नाका महत्त्वपूर्ण रहेको र यहाँबाट चीनको धार्मिक… पुरा पढौ