पर्यटन

पाँचौं अन्नपूर्ण म्याराथन सम्पन्न, नेपाली सेनाका तिलक सुनुवार र सुनमाया बुढा च्याम्पियन

२० जेठ,कास्की अन्नपूर्ण गाउँपालिका–१०÷११ मा अन्नपूर्ण आरोहण दिवसको अवसरमा आयोजित पाँचौं अन्नपूर्ण म्याराथन सम्पन्न भएको छ । अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिद्वारा आयोजित यो म्याराथन समुद्री सतहबाट ४,१३० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविर बाट सुरु भई पर्यटकीय गाउँ घान्द्रुकमा समापन भएको हो। पुरुषतर्फ नेपाली सेनाका तिलक बहादुर सुनुवारले ४ घण्टा २४ मिनेट ४ सेकेन्डमा म्याराथन दूरी पार गर्दै च्याम्पियन बने र नगद १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। सेनाकै होमलाल श्रेष्ठ दोस्रो स्थानमा रहे, उनले ४ घण्टा ३०… पुरा पढौ

फेवाताल संरक्षण मापदण्डले लेकसाइड संकटमा, पर्यटन परिषद्को गहिरो चिन्ता

पोखरा, जेठ १९ फेवाताल संरक्षणका लागि लागू गरिएको ६५ मिटर मापदण्डले पोखराको लेकसाइड क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको भन्दै पोखरा पर्यटन परिषद्ले गहिरो चिन्ता व्यक्त गरेको छ । परिषद्ले सोमबार पत्रकार सम्मेलन गरी सो मापदण्डका कारण पर्यटन व्यवसाय, स्थानीय सम्पत्ति र जनजीवनमा प्रत्यक्ष असर परेको जनाएको छ । परिषद्ले तीनै तहका सरकारहरूसँग मापदण्डको पुनरावलोकन गर्न मागसमेत गरेको छ। पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले सिमाना निर्धारण गर्दा नापी, नक्सा र पुर्जाको आधारमा यकिन नगरिई एकतर्फीरूपमा मापदण्ड जबरजस्ती लागू गरिएकोमा आपत्ति… पुरा पढौ

सोमबारदेखि मुलुकभर सार्वजनिक यातायात ठप्प हुने

जेठ १८, पोखरा गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’सम्बन्धी नियमावलीविरुद्ध सार्वजनिक यातायात व्यवसायी तथा मजदुर संगठनहरू आन्दोलित भएका छन्। ती संगठनहरूले आगामी सोमबार, जेठ १९ गतेदेखि मुलुकभर सार्वजनिक सवारी साधन सञ्चालन पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेका छन्। ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति २०८२’ नामक साझा प्लेटफर्ममार्फत आठवटा यातायात व्यवसायी महासंघ र मजदुर संगठनहरूले आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनको घोषणा गरेका हुन्। विज्ञप्तिमा गण्डकी प्रदेश सरकारले ल्याएको नियमावली नेपालको संविधान र सवारी तथा यातायात व्यवस्था ऐन २०४९… पुरा पढौ

फेवातालको सीमाङ्कन सुरु, पहिलो पिलर गाडेर अभियानको थालनी

१७ जेठ, पोखरा गण्डकी प्रदेश सरकारले पोखराको प्रमुख पर्यटकीय आकर्षण फेवातालको संरक्षणको लागि सीमाङ्कन अभियान सुरु गरेको छ। प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हाई फ्लड लेबल (एचएफएल) मा पहिलो पिलर गाड्दै अभियानको औपचारिक शुभारम्भ गरे। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पनि छुट्टाछुट्टै पिलर गाडेर अभियानमा सहभागिता जनाए। मुख्यमन्त्री पाण्डेले भने, “फेवाताल जोगाउने कामको सुरुवात भएको छ,“ भन्दै अत्याधुनिक डीजीपीएस प्रविधि र ड्रोन सर्भे मार्फत तालको सीमाङ्कन गरिएको जानकारी दिए। सिँचाइ डिभिजन कार्यालय कास्कीको १०… पुरा पढौ

“तक्सेरा चिनारी फोटो प्रतियोगिता“ को पुरस्कार वितरण सम्पन्न ।

१६ जेठ पोखरा, आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा फोटोग्राफर संघ पोखराको आयोजनामा सम्पन्न ‘तक्सेरा चिनारी फोटो प्रतियोगिता’ को पुरस्कार वितरण समारोह पोखरामा भव्यताका साथ सम्पन्न भएको छ । प्रतियोगितामा कुल २७ जना फोटो पत्रकार तथा फोटोग्राफरहरूले सहभागिता जनाएका थिए। प्रतियोगितामा दुर्गासिंह थापा प्रथम स्थान हासिल गर्न सफल भए भने, दोस्रो स्थान सन्देश उदासले र तेस्रो स्थान लक्ष्मीपती पौडेलले प्राप्त गरे। साथै, उत्कृष्ट ६ जना फोटोग्राफरलाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो। सान्त्वना प्राप्त गर्नेहरूमा भोलानाथ सुबेदी, नन्दकला पौडेल, देवानन्द पोख्रेल,… पुरा पढौ

एउटै चट्टानको ढुङ्गाबाट मालिका मन्दिरको पुनःनिर्माण

२०८२ जेठ १४ पोखरा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बागलुङको प्रसिद्ध मालिका मन्दिरको पुनःनिर्माण गरेको छ । अहिले मन्दिरको पुनःनिर्माण सकिएर तामाको छानो राख्ने तयारी गरिएको छ । एउटै ठूलो चट्टानलाई काटेर निकालिएको ढुङ्गा कुँदेर बागलुङको प्रसिद्ध मालिका भगवती मन्दिर पुनःनिर्माण गरिएको हो । जीर्ण अवस्थामा रहेको पुरानो मन्दिरलाई कलात्मक ढङ्गले ढुङ्गा र काठको मात्रै प्रयोग गरेर मन्दिर पुनःनिर्माण गरिएको बताइएको छ । तीन तलाको प्यागोडा शैलीमा निर्माणको अन्तिम चरणमा रहेको मन्दिरमा प्रयोग भएका सबै कच्चा पदार्थ एउटै ढुङ्गा… पुरा पढौ

अन्नपूर्ण म्याराथन–२०८२ को पाँचौं संस्करण जेठ २० मा आयोजना हुँदै

तुलसी राम सुबेदि , २ जेठ , पोखरा । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण आरोहण दिवस (जुन ३) को अवसरमा आयोजना गर्ने ‘अन्नपूर्ण म्याराथन–२०८२’ को पाँचौं संस्करण आगामी जेठ २० गते मंगलबार हुने भएको छ। अन्नपूर्ण आधारशिविर (४,१३० मिटर) बाट सुरु भई घान्द्रुक (श्री मेश्रम बराह मा.वि.को खेल मैदान) सम्म ४२.१९५ किलोमिटरको दूरीमा हुने यो म्याराथनले पर्यटन प्रवद्र्धन र पदयात्रा मार्गको पूर्वाधार विकासमा योगदान पु¥याउने लक्ष्य राखेको छ। सन् १९५० मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमाल (८,०९१… पुरा पढौ

पोखराबाट देशका अन्य सहरमा सिधा हवाई सेवा सञ्चालनको सम्भावना बारे छलफल

पोखरा, २६ वैशाख । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट देशका अन्य विभिन्न सहरहरूमा सिधा हवाई सेवा सञ्चालनको सम्भावना बारे छलफल सम्पन्न भयो । पोखरा महानगरपालिकाको पहलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इ.प्रदीप अधिकारी र निजी क्षेत्रका हवाई सेवा प्रदायक आन्तरिक उडान कम्पनीका अधिकारीहरू बिच छलफल भएको हो । छलफलमा मन्त्री पाण्डेले पर्यटन राजधानी पोखरामा सञ्चालनमा रहेको सुविधा सम्पन्न विमानस्थलबाट सम्भाव्य आन्तरिक गन्तव्यहरूमा नियमित उडान सञ्चालन गर्न सेवा प्रदायकहरूलाई आग्रह… पुरा पढौ

महाकाली चार लेन पुलसँगै बनेको दोधारा चाँदनी, सडक ‘भाइरल रोड’ बन्दै

२०८२ बैशाख १४ गते दोधारा चाँदनी, महेन्द्रनगरस्थित महाकाली नदीमा बनेको चार लेनको पक्की पुल पर्यटकको रोजाइमा परेको छ । महाकालीपारिको बस्ती दोधारा चाँदनी जोड्ने यो पुलसँगै महाकाली नदी किनारमा बनेको आठ किलोमिटर सडक पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । पुलसँगै बनेको सडक ‘भाइरल रोड’ले परिचित छ । अहिले महेन्द्रनगर पुग्ने आगन्तुकहरू तस्बिर खिच्न र भिडियो बनाउन महाकाली चार लेन पुल पुग्ने गरेका छन् । पुल अवलोकनका लागि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । पुल… पुरा पढौ

तातोपानी नाकालाई थप व्यवस्थित गर्न परराष्ट्रमन्त्री राणाको निर्देशन

बैशाख ६ गते काठमाडौँ, परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हिजो सिन्धुपाल्चोकको तातोपानी नाका तथा यहाँस्थित भन्सार कार्यालयको निरीक्षण गरी नाकालाई थप व्यवस्थित गर्न निर्देशन दिएकी छिन् । वार्षिक २० अर्बभन्दा बढी राजस्व उठ्ने नेपाल चीन व्यापारिक नाकाका रुपमा रहेको यस नाका तथा भन्सार कार्यालयको निरीक्षण गरी आज उनले सो निर्देशन दिएकी हुन्। यसका लागि नेपाल सरकारले पनि आवश्यक पहल गर्ने मन्त्री डा राणाले सो अवसरमा बताएकी थिइन् । पर्यटन प्रवद्र्धनका हिसाबले पनि सो नाका महत्त्वपूर्ण रहेको र यहाँबाट चीनको धार्मिक… पुरा पढौ