पर्यटन

अन्नपूर्ण म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई

जेठ २२ गते पोखरा चौथो संस्करणको अन्नपूर्ण म्याराथनको उपाधि नेपाल आर्मीका होमलाल श्रेष्ठले जितेका छन् । गत वर्षका उपविजेता श्रेष्ठले निर्धारित ४२.१९५ किलोमिटरको दुरी ४ घण्टा १६ मिनेट २४ सेकेण्डमा पुरा गर्दै नगद १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । यद्यपि सो दूरी गत वर्ष उनले ४ घण्टा १२ मिनेट ५१ सेकेन्डमा पार गरेका थिए । त्यसैगरी सोलुखुम्बुका अर्जुङ कुलुङ दोस्रो भए । उनले निर्धारित दुरीलाई ४ घण्टा ३५ मिनेट १५ सेकेण्डमा पूरा गरेका थिए । उनले ५… पुरा पढौ

एमसिसी उपाध्यक्ष बरुक्सद्वारा अर्थमन्त्री पुनसँग भेट

काठमाडौँ, २२ जेठनेपालको भ्रमणमा रहनुभएका मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) उपाध्यक्ष जोनाथन बरुक्सले अर्थमन्त्री वर्षमान पुनसँग भेटवार्ता गरेका छन् । उपाध्यक्ष बरुक्स नेतृत्वको टोलीले मन्त्री पुनसँग आज सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट गरेका हुन । भेटमा मन्त्री पुनले एमसिसी परियोजनाको काम पूर्वनिर्धारित मितिमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले आयोजना समयमै सम्पन्न गर्न मन्त्रालयबाट सम्पादन हुनुपर्ने काममा सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे । “एमसिसी कम्प्याक्टका आयोजना समयमा नै पूरा गर्न सरकार प्रतिबद्ध छ ,” अर्थमन्त्री पुनले भने ।… पुरा पढौ

बजेट वक्तव्यः भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज योजना सञ्चालन गरिने

काठमाडौँ, १५ जेठः सरकारले भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज परियोजना सञ्चालन गर्ने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनद्वारा सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) मा एकीकृत विकासको अवधारणाअनुसार नमुना विकास अभियान सञ्चालन गर्न भरतपुर-बुटवल-पोखरा-भरतपुरलाई तीनवटा कोणमा राखी गण्डकी आर्थिक त्रिभूज परियोजना सञ्चालन गरिने उल्लेख छ । यस परियोजनाअन्तर्गत निजी क्षेत्रसँगको साझेदारीमा औद्योगिक ‘इकोसिस्टम’ निर्माण गरी औद्योगिक पुनरुत्थान र गुणस्तरीय रोजगारी सिर्जना गरिने छ । गण्डकी… पुरा पढौ

फोटोग्राफर संघ गन्डकीको अन्तरप्रादेशिक फोटोग्राफी अन्तरक्रिया सम्म्पन्न !

१३ जेष्ठ, पोखरा फोटोग्राफर संघ गन्डकीको आयोजनामा अन्तरप्रादेशिक फोटोग्राफी अन्तरक्रिया सम्पन्न भयो ।कार्यक्रम यहि जेस्ठ १०’११ र १२ तिन दिन सम्म सन्चालन भएको थियो । स्याङजाको पुतलीबजार, वालिङ, पाल्पा , रुपन्देही , कपिलबस्तु , नवलपरासी , नवलपुर र चितवनका फोटोग्राफर संघहरु बिच अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रम फोटोग्राफर मञ्च स्याङजा पुतलीबजार ईकाई , स्याङजा फोटोग्राफर मञ्च वालिङ , लुम्बिनी फोटोग्राफर संघ रुपन्देही र कपिल्वस्तु फोटोग्राफर संघ कपिलवस्तु को वुटवलमा , नवलपरासी फोटोग्राफर संघ नवलपरासी भुमही , नवलपुर फोटोग्राफर संघ… पुरा पढौ

भङ्गहा–जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालन

८ जेठ महोत्तरीभङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आज बिहानदेखि पुनः सञ्चालन भएको छ । भारतमा जारी लोकसभा निर्वाचनका सन्दर्भमा उक्त सेवा बन्द भएको थियो । महोत्तरी र धनुषासँग सीमा जोडिएका भारतका मधुबनी र सीतामढीमा सोमबार निर्वाचन सम्पन्न भएपछि रेलसेवा प्रारम्भ भएको हो । नेपाल रेल्वे कम्पनी लिमिटेडले जेठ ५ देखि ७ गते सम्म रेलसेवा बन्द हुने जानकारी सार्वजनिक सूचना प्रकाशन गरेर दिएको थियो । सूचनमा रेल्वे सेवा पुनः साविकबमोजिम जेठ ८ गतेदेखि नियमित सञ्चालनमा आउने जानकारी दिइएबमोजिम आज बिहानदेखि सञ्चालन भएको हो… पुरा पढौ

स्वास्थ्य सचेतना सगै पर्यटन प्रवद्र्धन गर्दै ल्वाड.घलेलमा कैलास ।

५ जेष्ठ,पोखरापोखराका फोटो ब्यवसायीहरु द्धारा संचालीत कैलाश बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्ना शेर सदस्यरुलाई स्वास्थ्य सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ ।आन्तरिक पर्यटन पर्वद्र्धनका साथै मानिसमा देखिएका दिर्घकालिन सुगर,ब्लडप्रेसर तथा थाईराईड रोगहरु कसरी लाग्छ र रोकथाप तथा औषधी उपचारका बारेमा के गर्नेर आफु कसरी स्वस्थ्य हुन सकिन्छ भन्ने कुराका बारेमा अन्तरक्रिया सम्पन्न भएको हो । कास्की माछापुच्छ्रे्र गाउपालिका ८ स्थित ल्वाङ्ग सामुदायीक होमस्टेमा संचालित कार्यक्रममा पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानका वरिष्ठ मधुमेह,थाईराईड तथा हर्मोन रोग बिशेषज्ञ डा अमृत… पुरा पढौ

एक लाख ७७ हजार पर्यटकले गरेर अन्नपूर्ण क्षेत्रको भ्रमण

३ जेष्ठपदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा विगत १० महिनामा एक लाख ७७ हजार एक सय ८२ विदेशी पर्यटक भित्रिएका छन् । गत चैतमा सबैभन्दा धेरै ३५ हजार दुई सय ६५ पर्यटकले सो क्षेत्रको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । उक्त अवधिमा दक्षिण एसियाली मुलुकका ७९ हजार दुई सय ३२ र अन्य मुलुकका ९७ हजार नौ सय ५० पर्यटकले सो क्षेत्र घुमेका आयोजना प्रमुख डा रविन कडरियाले जानकारी दिए । यो भेगमा असोज–कात्तिक र चैत–वैशाख पदयात्राका लागि… पुरा पढौ

सरकार व्यवसायका लागि खुलापन सुनिश्चित गर्न प्रतिबद्ध छ ः प्रधानमन्त्री प्रचण्ड ।

काठमाडौँ, २ जेठप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सरकार व्यवसायका लागि खुलापन सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताए । नेपाल–युरोपेली सङ्घबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित ‘नेपाल–इयु व्यापार मञ्च’को उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले लगानी प्रक्रियालाई सरलीकृत गर्दै नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्ने नीति सरकारले लिएको बताएका छन् । “सरकारले नवप्रवर्तन र उद्यमशीलताको संस्कृतिलाई बढवा दिने नीति लिएको छ”, प्रधानमन्त्रीले भने, “बलियो आर्थिक संरचना सिर्जना गर्ने नेपालको नीतिले अन्तर्राष्ट्रिय साझेदारी बढाउँछ, आर्थिक विस्तारमा सहयोग गर्छ ।”गत महिना… पुरा पढौ

बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने

काठमाडौँ, २ जेठसरकारले बैंक, वित्तीय संस्था, लघुवित्त तथा सहकारीका क्षेत्रमा देखिएका समस्या समाधानका आवश्यक पहल गर्ने बताएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकमा पेस गर्नुभएको सरकारको आगामी आर्थिक वर्ष २०८१÷८२ को वार्षिक नीति तथा कार्यक्रममा बैंक, वित्तीय संस्था, लघुवित्त तथा सहकारीका क्षेत्रमा देखिएका समस्या समाधानका आवश्यक पहल गर्ने उल्लेख गरेको छ । बैंक तथा वित्तीय संस्थाका समस्या समाधानका लागि कानुनी तथा नीतिगत प्रबन्ध र केही नयाँ व्यवस्थासमेत कार्यन्वयन गर्ने नीति सरकारले लिन लागेको हो… पुरा पढौ

बर्षा लागे संगै फेवाताल सरसफाइ अभियानको बर्षा लागे संगै फेवाताल सरसफाइ अभियान शुरु ।

बैशाख ३१ पोखराबर्षादको समय सुरु हुनलागे संगै फेवातालमा बढ्दै गएको जलकुम्भी झारका नियन्त्रणका लागि सरसफाइ अभियान शुरु गरिएको छ ।आईतवार वातावरण संरक्षणका लागि महाअभियान कास्कीको आयोजनामा ‘वातावरण एवं सम्पदा संरक्षणमा नागरिक खबरदारी’ को नारासहित अभियान सुरु गरिएको हो ।पोखरा महानगरपालिका–१८ खपौदी ढल्केबरबाट डुङ्गा तथा अन्य साधनको मद्दतमा ताललाई ढाकेको जलकुम्भी झार बाहिर निकाल्न सुरु गरिएको छ ।वातावरण संरक्षणका लागि महाअभियान कास्कीका संयोजक एवं नागरिक अभियन्ता रामबहादुर पौडेलले अभियान कम्तीमा दुई साता निरन्तर चल्ने जनाए ।सरसफाई अभियानमा नेपाली सेना, सशस्त्र प्रहरीबल,… पुरा पढौ