
१३ जेष्ठ, पोखरा
फोटोग्राफर संघ गन्डकीको आयोजनामा अन्तरप्रादेशिक फोटोग्राफी अन्तरक्रिया सम्पन्न भयो ।
कार्यक्रम यहि जेस्ठ १०’११ र १२ तिन दिन सम्म सन्चालन भएको थियो । स्याङजाको पुतलीबजार, वालिङ, पाल्पा , रुपन्देही , कपिलबस्तु , नवलपरासी , नवलपुर र चितवनका फोटोग्राफर संघहरु बिच अन्तरक्रिया सम्पन्न भएको छ ।

कार्यक्रम फोटोग्राफर मञ्च स्याङजा पुतलीबजार ईकाई , स्याङजा फोटोग्राफर मञ्च वालिङ , लुम्बिनी फोटोग्राफर संघ रुपन्देही र कपिल्वस्तु फोटोग्राफर संघ कपिलवस्तु को वुटवलमा , नवलपरासी फोटोग्राफर संघ नवलपरासी भुमही , नवलपुर फोटोग्राफर संघ नवलपुरको कावासोती साथै चितवन फोटोग्राफी संघ चितवनको सौराहामा अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरिएको थियो ।

यस कार्यक्रम को नेतृत्व फोटोग्राफर संघ गन्डकीका अध्यक्ष दुर्गा प्रसाद पौडेलले गरेका थिए भने कार्यक्रमको सवन्मय र सहजीकरण सस्था का सचिब तुलसी राम सुबेदी ले गरेका थिए । कार्यक्राम मा उठेका बिषय हरुको टिर्पाेट सहितको समिक्षा शिक्षा तथा तालिम संयोजक घनश्याम पौडेल ले गरेका थिए । फोटोग्राफर हरुको आर्थिक बिकास र ब्यबसायिक गतिशिलताका बारेमा सस्थाका कोषाध्यक्ष जीबन ढुङगाना ले स्पष्ट पारेका थिए ।
अन्तरक्रियामा फोटोका दर रेट , साईज , संस्थागत संरचना , प्राबिधिक कठिनाई , सम्भावना, समस्या र चुनौति साथै खुल्ला सिमानाले फोटोग्राफी क्षेत्रमा पारेको प्रभाब लगायतका बिषयमा छलफल भएको थियो ! नेपाल फोटोग्राफर महासंघ नेपालका केन्द्रीय अध्यक्ष महेन्द्र प्रसाद उपाध्याय , बरिष्ठ उपाध्यक्ष श्रीराम कर्डेल लगायत को जिल्लागत उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

साथै सो कार्यक्रममा नेपाल उधोग बाणिज्य महासंघ नेपालका जिल्लागत पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा फोटोग्राफर संघ गन्डकीको आयोजनामा बिगत तिन बर्ष देखि संचालीत मिराज राष्ट्रिय बैबाहिक फोटोग्राफी प्रतियोगिता तथा प्राकृतीक तथा बातावरण अनलाईन फोटो प्रतियोगिता साथै पोखरा फोटोग्राफर संघले संचालन गर्नलागेको चौथो पोखरा फोटोग्राफी अर्वाडका बारेमा समेत जानाकारी गराईएको थियो ।
सो अन्तरक्रियात्मक टोलीमा संस्थाका अध्यक्ष दुर्गा प्रसाद पौडेल , उपाध्यक्ष नारायण बहादुर क.ेसी, सचिब तुलसी राम सुबेदी , कोषाध्यक्ष जीबन ढुङगाना, कास्की संयोजक रामचन्द्र पोख्रेल , कार्यसमिति सदस्य बलभद्र श्रेस्ठ , तालिम तथा शिक्षा उपसमिति संयोजक घनश्याम पौडेल , तालिम तथा शिक्षा उपसमिति सदस्य जनकराज तिवारी , कार्यसमिति सदस्य सुरेस राज रेग्मी र प्रदेश सदस्य बिजय शर्माको सहभागीता रहेको थियो ।

साथै सो कार्यक्रम चितवन एड्भान्स प्रीन्टिङ प्रालि,चितवन फोटोग्राफी संघ,नवलपुर फोटोगाफर संघ,नवलपरासी फोटोग्राफर संघ, लुम्बिनी फोटोग्राफर संघ , कपील्वस्तु फोटोग्राफर संघ र स्याङजा फोटोग्राफर मञ्च लगायतकोे स्थानिय प्रायोजनमा सम्पन्न भएको थियो ।
साथै नया बर्ष २०८१ सालको भित्ते पात्रो समेत सोही कार्यक्रम को दौरान बुद्ध जयन्तिको अबसर मा रुपन्देहि मा सर्बजनिक गरिएको थियो ।





