पर्यटन

पुम्दीकोटको शिव मूर्ति गण्डकी क्षेत्रकै आकर्षणः प्रदेश प्रमुख भट्ट

पोखरा, ३१ वैशाख ।गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले पोखराको पुम्दीकोट स्थित शिव मूर्ति गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको बताए ।यहाँको प्रमुख पर्यटकीय आकर्षण बनिरहेको पुम्दीकोटमा आइतबार अवलोकन गर्दै प्रदेश प्रमुख भट्टले विशाल शिव मूर्ति आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दा पर्यटनलाई टेवा पुगेको बताउदै सरकारले पोखरालाई पर्यटनको राजधानी घोषणा गरिसकेको सन्दर्भमा यस्ता पर्यटकीय गन्तव्यले अझ महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए । ‘विशाल मूर्तिले यहाँ पर्यटकको बसाइ लम्ब्याउनुका साथै धार्मिक पर्यटकका लागि उत्कृष्ट गन्तव्य बनाउन सहयोगी समेत बनेकोमा खुशी… पुरा पढौ

गृहसचिव अर्याल यात्रु बनेर विमानस्थल छिरी अध्यागमन कार्यालयको आकस्मिक निरीक्षण ।

२७ बैशाख काठमाडौँगृह सचिव एकनारायण अर्यालले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको आकस्मिक निरीक्षण गरेका छन् । उनले प्रस्थान र आवागमनका दुवै कक्षसँगै कार्यालयको समेत निरीक्षण गरेका हुन् । यात्रु प्रस्थान गर्ने तर्फबाटै यात्रु भएर विमानस्थल छिरेका गृह सचिव अर्यालले वायुसेवाका काउन्टर, लबी, अध्यागमन, प्रहरी सुरक्षा र सहजीकरणसँगै ब्यागेज कसरी लोड हुन्छ भन्नेसम्मको निरीक्षण गरेका थिए । यात्रुको जाँच हुने क्षेत्रको निरीक्षण गरेका उनले अध्यागमनमा डेक्स थप्नेलगायत भिभिआइपी कक्ष, सिसी क्यामेरा, कर्मचारीको कार्यकक्षसँगै अध्यागमन र सुरक्षा अवस्थाबारेसमेत निरीक्षण गरेका त्रिभुवन… पुरा पढौ

रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छुः प्रधानमन्त्री

२०८१ बैशाख २५ गतेकाठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा आबद्ध नेपालीलाई स्वदेश फिर्ता ल्याउन आफूले उच्चस्तरमा कूटनीतिक पहल गर्नेे बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षार्थ अभियानका सदस्यहरुले गरेको भेटमा प्रधानमन्त्री दाहालले रुसी सेनामा कार्यरत नेपालीको उद्धारका लागि सरकारले उच्चस्तरको पहल गर्ने बताए । “तपाईँहरूको माग सम्बोधन गर्न प्रधानमन्त्री कार्यालय प्रतिबद्ध छ,” प्रधानमन्त्री दाहालले भने “सरकारले लगातार कूटनीतिक पहल गरिरहेको छ, कूटनीतिक नोटमार्फत पहल लिइएको छ ।”नेपाली नागरिकको जीवन रक्षाका लागि सरकार… पुरा पढौ

जापानी विदेशमन्त्री खामिखावा नेपालमा

बैशाख २३ गते काठमाडौँ, जापानका विदेश मन्त्री खामिखावा योको नेपालको औपचारिक भ्रमणका लागि आज दिउँसो यहाँ आइपुगेकी छिन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरेका थिए । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा विदेश मन्त्री खामिखावा नेपाल भ्रमणमा आएकी हुन् । जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो । भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेशमन्त्री खामिखावाले आजै उपप्रधानमन्त्री… पुरा पढौ

एक सय ५१ परियोजना प्रस्तुतीका साथ तेस्रो लगानी सम्मेलन आज सुरु हुँदै

१६बैशाख ,काठमाडौँमुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आज यहाँ तेस्रो लगानी सम्मेलन हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने सम्मेलनमा लगानीका निम्ति रु नौ खर्ब बराबरका एक सय ५१ परियोजना प्रस्तुत गरिँदै छन् । नेपाल लगानी बोर्डका अनुसार सम्मेलनमा ५५ भन्दा बढी देशका एक हजार छ सय लगानीकर्ताले भाग लिने छन् । लगानीका निम्ति प्रस्तुत गरिने परियोजनासम्बन्धी विस्तृत विवरणसहितका २३ वटा प्रदर्शनी कक्ष सम्मेलनस्थलमा राखिने छन्भने १९ वटा परियोजनाका लागि… पुरा पढौ

मैत्रिपूर्ण फुटवल खेलमा बङ्गलादेशको नारायणगंज क्लब विजयी ।

पोखरा १६, वैशाखफोटो पत्रकारिता दिवसको अवसरमा पोखरामा आयोजित मैत्रिपूर्ण फुटवल खेलमा बङ्गलादेशको नारायणगंज क्लब बिजयी बनेको छ । शनिबार पोखरामा भएको मैत्रिपूर्ण फुटवल फुटवल खेलमा नेपाल फोटो पत्रकार संघ कास्की संग पोखरा रंगशालामा भएको मैत्रिपुर्ण फुटवल खेलमा ५–१ को अन्तर नारायणगंज क्लब बिजयी बनेको हो ।नारायणगंज क्लबको जितमा मेदी हसन ९तोपु० ले ४ गोल र जाकीर हुसेनले १ गोल गरेका थिए भने आयोजक नेपाल फोटो पत्रकार संघ कास्कीको तर्फबाट शिवजंग क्षत्रीले शान्त्वना गोल गरेका थिए । पहिलो हापमा दुबै तर्फ… पुरा पढौ

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुने ः प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ, ४ वैशाखप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई गतिशील बनाउन सकिने बताएका छन् । नेपाल उद्योग परिसङ्घको २१ औँ वार्षिकोत्सव समारोहका अवसरमा उनले निजी क्षेत्रको मनोबल बढाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे । अर्थतन्त्रको सुधारका लागि सरकार गम्भीर रहेको बताउदै प्रधानमन्त्री दाहालले निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई गतिशील बनाउन सकिन्छ भन्नेमा आफु स्पष्ट रहेको बताए ।उनले निजी क्षेत्रको मनोबल बढाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने र परिणाममुखी कामका लागि प्रोत्साहित गर्ने काममा सरकार जिम्मेवार भएर लागिरहेको स्पष्ट पारे । चालु… पुरा पढौ

पोखरालाई हरित सहर का रूपमा विकास गरिदै ।

४ बैशाख पोखरापोखरा महानगरपालिकालाई ‘स्वच्छ सहर ः हरित सहर’ का रूपमा विकास गर्न सम्भावित वृक्षरोपण क्षेत्र पहिचान तथा रणनीति तय गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसका उपप्राध्यापक डा शेषकान्त भण्डारीको संयोजकत्वमा गठन गरिएको कार्यदलले सो कार्य अन्तिम चरणमा पुगेको जनाएको हो ।पोखरा महानगरको सहरी वन कार्यक्रमलाई सुदृढ गर्न र स्वच्छ सहर हरित सहरको लक्ष्य हासिल गर्न सम्भावित वृक्षरोपणस्थल पहिचान गर्ने, सहरी वन कार्यक्रम प्रवर्द्धन गर्न उपयुक्त वनस्पति प्रजाति पहिचान गर्ने र महानगर क्षेत्रमा… पुरा पढौ

मुलुकको विकास र सुशासनका लागि सबैको एउटै मूलमन्त्र हुनुपर्छ ः राष्ट्रपति पौडेल

धरान (सुनसरी), २७ चैतराष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिमा जो जसले गठबन्धन बनाए पनि मुलुकको विकास र सुशासन प्रवद्र्धनका लागि सबैको एउटै मूलमन्त्र र गठबन्धन हुनुपर्नेमा जोड दिए । आजदेखि यहाँ सुरु भएको १२ वर्षे कुम्भमेलाको उद्घाटन तथा उनको सम्मानमा गरिएको नागरिक अभिनन्दन ग्रहण गर्दै राष्ट्रपति पौडेलले निमुखा जनताको निर्बाध स्वतन्त्रता उपयोग गर्न पाउनुपर्ने सङ्घीय लोकतान्त्रिक गणतन्त्रको दर्शनलाई सबैले आत्मसात् गर्न आग्रह पनि गरे । “जनता आफैँले बनाएको संविधानमा व्यवस्था भएका सबै अधिकारले निमुखा जनतालाई निर्बाध स्वतन्त्रता उपयोग गर्ने विषयलाई नै सङ्घीय… पुरा पढौ

नेपाललाई लगानी गन्तव्यका रूपमा स्थापित गर्न सहयोग गर्नुहोस ः प्रधानमन्त्री प्रचण्ड ।

काठमाडौँ, २७ चैतप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुन लागेको लगानी सम्मेलन सफल बनाउन नेपालस्थित कूटनीतिक नियोग र विकास साझेदार समक्ष आग्रह गरेका छन् । सिंहदरबारमा आज आयोजित नेपालस्थित कूटनीतिक नियोग एवं विकास साझेदारहरूको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाललाई लगानी गन्तव्यको रूपमा स्थापित गर्न विकास साझेदारहरू र नेपालमा रहेका सबै देशका कूटनीतिक नियोगहरूको महत्वपूर्ण भूमिका रहने बताए ।“लगानी सम्मेलनमा सक्रिय रूपमा संलग्न हुन र अधिकतम क्षमता बढाउन विकास साझेदारहरू, द्विपक्षीय र बहुपक्षीय विकास साझेदार संस्थाहरू र नेपालमा रहेका कूटनीतिक… पुरा पढौ