
पोखरा १६, वैशाख
फोटो पत्रकारिता दिवसको अवसरमा पोखरामा आयोजित मैत्रिपूर्ण फुटवल खेलमा बङ्गलादेशको नारायणगंज क्लब बिजयी बनेको छ । शनिबार पोखरामा भएको मैत्रिपूर्ण फुटवल फुटवल खेलमा नेपाल फोटो पत्रकार संघ कास्की संग पोखरा रंगशालामा भएको मैत्रिपुर्ण फुटवल खेलमा ५–१ को अन्तर नारायणगंज क्लब बिजयी बनेको हो ।
नारायणगंज क्लबको जितमा मेदी हसन ९तोपु० ले ४ गोल र जाकीर हुसेनले १ गोल गरेका थिए भने आयोजक नेपाल फोटो पत्रकार संघ कास्कीको तर्फबाट शिवजंग क्षत्रीले शान्त्वना गोल गरेका थिए । पहिलो हापमा दुबै तर्फ गोल रहित खेल बराबरीमा टुंगिए पनि दोश्रो हापमा संघको राम्रो तालमेल मिल्न नसक्दा ५ गोलको सामाना गर्नु पर्यो ।

प्रतियोगितामा सहभागिहरुलाई पोखराका मेयर धनराज आचार्य, संघ कास्कीका अध्यक्ष दुर्गा प्रसाद पौडेल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले मेडल सहित मायाको चिनो हस्तान्तरण गरेका थिए ।
यस अघि, राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङले रेफ्रि शुसिल केसीलाई वल हस्तान्तरण गरी उक्त खेलको उद्घाटन गरेका थिए ।
फोटो पत्रकारिता दिवसको अवसरमा खेलकुदको माध्यमबाट छिमेकी राष्ट्रहरूसँगको आपसी सम्बन्ध बलियो बनाउँदै लैजाने उद्देश्यले मैत्रीपूर्ण फुटबल आयोजना गरिएको नेपाल फोटो पत्रकार संघ कास्कीका अध्यक्ष दुर्गा प्रसाद पौडेलले बताए ।




