पर्यटन

नेपाल भित्रने विदेशी पर्यटकको संख्यामा वृद्धि ।

चैत १९ गते काठमाडौगत वर्षको मार्च महिनाको तुलनामा यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटकको संख्या बृद्धि भएको नेपाल पर्यटक बोर्डले जनाएको छ । गत बर्षको तुलनामा यस बर्ष २८ हजार सात सय ४१ ले वृद्धि भएको बताईएको छ । गत वर्षको मार्चमा कुल ९९ हजार ४ सय २६ विदेशी पर्यटक नेपाल भित्रिएकोमा यस वर्षको सोही अवधिमा १ लाख २८ हजार १ सय ६७ पर्यटक नेपाल आएका छन् । मार्चमा सबैभन्दा बढी भारतीय पर्यटक आएको जनाईएको छ । भारतबाट सो… पुरा पढौ

चीन भ्रमणले दुई मुलुकबीचको आपसी विश्वास थप सुदृढ : उपप्रधानमन्त्री श्रेष्ठ

१९ चैत,उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो चीन भ्रमणले दुई मुलुकबीचको आपसी सद्भाव, सम्मान र विश्वासलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको विश्वास व्यक्त गरेका छन् । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भ्रमणबाट दुई देशको विद्यमान ऐतिहासिक मित्रवत् सम्बन्धलाई अझ उचाइमा पु¥याएको उल्लेख गरे । चिनियाँ कम्युनिष्ट पार्टीका राजनीतिक ब्यूरोका केन्द्रीय कमिटी सदस्य तथा चीनका परराष्ट्रमन्त्री वाङ यीको निमन्त्रणामा यही चैत ११ देखि १९ गतेसम्म नेपाली प्रतिनिधिमण्डलको नेतृत्व… पुरा पढौ

जापानमा फस्टाउँदै नेपाली भान्छाघर ।

टोकियो (जापान), १७ चैतजापानमा नेपाली मौलिक खानाको परिकार सहित सञ्चालनमा आएका नेपाली भान्छाघर रेष्टुरेन्ट व्यवसाय फस्टाउँदै गएको छ । राजधानी टोकियो ,ओसाका लगायतका स्थानका अधिकांश रेल स्टेशन संगै सञ्चालित नेपाली भन्छाघरहरुमा दाल, भात, गुन्द्रुकको अचारसहितको खानाको स्वाद लिन पाइन्छ । जापानमा हाल करिब आठ हजारको हाराहारीमा नेपाली रेष्टुरेन्टहरु सञ्चालनमा रहेको जनाईएको छ । वैदेशिक रोजगारीका सिलसिलामा सुरुवाती दिनमा भारतीय द्वारा सञ्चालित रेष्टुरेन्टमा कुकका रुपमा पुगेका नेपालीहरु पछिल्लो समय आफैँ व्यवसाय सञ्चालन गर्दैआएका छन् ।नेपालीले जापानका विभिन्न ठाउँमा कम्पनीका रुपमा समेत… पुरा पढौ

प्रथम राष्ट्रिय ड्रागन बोट रेसको उपाधि वाटर स्पोर्ट्स नेपाललाई ।

१२ चैत्र पोखरा ।यहि चैत्र ११ र १२ गते लेखनाथको बेगनासतालमा सञ्चालित प्रथम राष्ट्रिय ड्रागन बोट रेसको उपाधी वाटर स्पोर्ट्स नेपालले हात पारेको छ । ५ सय मिटर तर्फको प्रतिष्प्रर्धामा १ मिनेट ५७ सेकेण्डमा निर्धारित दुरी पार गर्दै वाटर स्पोर्ट्स नेपालले प्रथम स्थान हासिल गर्न सफल भएको हो । प्रतियोगितामा नेपाल र्याफ्टिङ एजेन्सी एसोसिएसन (नारा) द्वित्तीय, विभागीय टिम नेपाली सेना तृतीय र बेगनासताल डुंगा व्यवसायी समितिको समूह सान्त्वना भएको छ । त्यसैगरि २ सय मिटरतर्फको ड्रागन बोट रेसको उपाधी नेपाल… पुरा पढौ

घोडा दौड प्रतियोगिताको उपाधि कास्की घान्द्रुकका दिपेन्द्र श्रीपालीको हात ।

चैत १२ म्याग्दी ।म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय स्थल घोडेपानीमा आइतबार भएको चौथो घोडा दौड प्रतियोगितामा कास्कीको समरुङका दीपेन्द्र गुरुङ प्रथम भए ।अन्नपूर्ण गाउँपालिका–६ खिवाङ देखि घोडेपानी सम्मको ६ दशमलब ५ किलोमिटर दुरी २८ मिनेट ४१ सेकेण्डमा पार गरेर गुरुङको घोडा पहिलो भएको हो । बिजेता र उपबिजेताको समयान्तर ५ सेकेण्ड रहेको छ । २८ मिनेट ४६ सेकेण्डमा दुरी पार गरेका घान्द्रुकका कृष्ण मगर दोस्रो र कास्कीको घान्द्रुक कै दिपेन्द्र श्रीपालीले २९ मिनेट ५० सेकेण्डमा निर्धारित दुरी पार गरेर तेस्रो… पुरा पढौ

पोखरा अल्ट्रालाइटको १५ प्रतिशतसम्म छुट

चैत्र १२ पोखरा ।पर्यटनको राजधानी पोखरा अवस्थित पोखरा अल्ट्रालाइट कम्पनी प्रालिले आफ्नो अल्ट्रालाइट उडान सेवा लिने पर्यटकका लागि अधिकतम् १५ प्रतिशतसम्म छुटको योजना सार्वजनिक गरेको छ । कम्पनीले सार्वजानिक गरेको फागुपूर्णिमा लक्षित योजना मंगलबारसम्म लागू हुने जनाइएको छ ।योजनाअनुसार कम्पनीले ३०, ६० र ९० मिनेटको उडान सेवामा लागू हुँदै आएको शुल्कमा क्रमशः १०, १३ र १५ प्रतिशत छुट दिने भएको हो ।अल्ट्रालाइटअन्तर्गत सामान्यतया नेपाली पर्यटकका लागि १५, ३०, ६० र ९० मिनेटको प्याकेज दर क्रमशः १७ हजार छ सय, २५ हजार छ सय,… पुरा पढौ

तराई–मधेश क्षेत्रमा आज होली मनाइँदै ।

चैत १२ गते ,पोखरातराई–मधेश क्षेत्रमा आज फागु पुर्णिमा (होली) मनाइँदै छ । पहाडी क्षेत्रमा हिजो फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाउने गरिन्छ भने त्यस्कोे भोलिपल्ट तराई–मधेशमा फागुपर्व मनाउने चलन छ । काठमाडौं र पोखरा उपत्यका लगायत पहाडी भेगमा फाल्गुण शुक्ल पूर्णिमाका दिन फागुपर्व धुमधामका साथ मनाइएको छ । अष्टमीका दिन गाडिएको चिर पूर्णिमाको राति ढलाई दहन गरेपछि यो पर्व सम्पन्न हुन्छ । तराई–मधेशमा भने पूर्णिमाको राति ‘होलिका दहन’ गरेपछि भोलिपल्ट होली मनाउने चलन छ ।तराईमा विभिन्न रंग तथा अबिर दलेर, पिचकारीले… पुरा पढौ

बेगनासतालमा राष्ट्रिय ड्रागन बोट रेस शुरु ।

लेखनाथ , ११ चैत्र ।बेगनासतालमा आज देखि राष्ट्रिय ड्रागन बोट रेस शुरु भएको छ ।पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्डको आयोजना र होटल तथा रेष्टुरेण्ट एशोसियसन लेखनाथ र ड्रागन बोर्ड एशोसियसन गण्डकी प्रदेशको सह आयोजनामा बाट सुरु भएको प्रथम राष्ट्रिय ड्रागन बोट रेसको उद्घाटन युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले गरे । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रि श्रेष्ठले खेललाई सांस्कृति, प्राकृतिकको महत्व दिएर झाँकी रयाली सहितको उपस्थितिमा हुने खेलले बेगनासताललाई अन्तराष्ट्रिय क्षेत्रमा चिनाउने विश्वास व्यक्त गरे । साथै मन्त्री श्रेष्ठले खेलकुदको… पुरा पढौ

लुम्बिनीबाट समृद्धि र शान्तिको लागि योगदान गर्न आह्वान ।

लुम्बिनी चैत १० गते विश्वका १९ मुलुकका राजदूत र नेपालका लागि ४५ देशका अवैतनिक वाणिज्यदूतले गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट समृद्धि र शान्तिको लागि योगदान गर्न आह्वान गरेका छन् ।परराष्ट्र मन्त्रालय र अवैतनिक वाणिज्यदूतहरुको संस्था अनररी कन्सुलर कप्र्स नेपाल (एचसिसीएन)द्वारा संयुक्त रुपमा यहाँ आयोजित सम्मेलनमा शान्ति बिना समृद्धि सम्भव नहुने भन्दै विश्वका सबैलाई समाजमा शान्ति कायम गर्नेतर्फ केन्द्रित हुन राजदूत र अवैतनिक वाणिज्यदूतले आह्वान गरेका हुन् । ‘समृद्धिका लागि विश्व शान्ति’ नाम दिइएको सो सम्मेलनका सहभागीले मायादेवी मन्दिर परिसरमा विश्व शान्तिका लागि… पुरा पढौ

पोखरा पर्यटकीय राजधानी घोषणा ।

४ चैत्र , पोखराप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरे । प्रधानमन्त्री ‘प्रचण्ड’ले सभालाई सम्बोधन गर्नु पुर्व पर्यटन राजधानीको लोगो सार्वजनिक तथा स्मृती स्तम्भको अनावरण गरेका थिए ।पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न पोखरामा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले पोखरालाई अझ सुन्दर, सुरक्षित, हरियाली, व्यवस्थित र समुन्नत सहरको रूपमा विकास गर्न सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।साथै पर्यटकीय राजधानी पोखराको विकासका लागि सरकारले प्राथमिकता पूर्वक आवश्यक सहयोग, र सहकार्य गर्ने समेत उनले आश्वासन दिए ।‘पोखराको विकास निर्माणमा विद्यमान… पुरा पढौ